साप्ताहिक पञ्चाङ्ग भाग: १७०

  • १९ मंसिर २०८२, बिहीबार ०९:३२ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसयसतरीऔ अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ।
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१७०———-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८२/०७/०३
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    भवानी घिमिरे
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    पञ्चाङ्ग साहित्य समाज नेपाल ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    धन धान्यकी देवी लक्ष्मीको बास होस्
    सबैको घरमा दीपावली खास होस्
    शुभकामना दीपावलीको सबैमा,
    आजदेखि अदृश्य बाधाको नाश होस्
    सम्पूर्णमा धन,दौलतको रास होस्।
    -सुशीला पौडेल


    पञ्चाङ्ग:०२
    “””””””””
    थाहा भएन खै धर्म हजुर
    बुझ्न सकिएन मर्म हाजुर
    विशाल पाे थियो नि हाम्रो देश,
    टाउको उठ्न भाे सर्म हजुर
    विदेशीसँग रे पर्म हजुर।
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    पञ्चाङ्ग-:०३
    आफ्नैपनमा रमाऔं तब आफ्नो लाग्न सक्छ
    मौलिकतामा रमाए संस्कार नि जाग्न सक्छ
    मन उज्यालो पारौ लक्ष्मी तआफैं आउनेछिन्,
    उज्यालो मनले नै अँध्यारोलाई नाग्न सक्छ
    नगरौं फजुल खर्च लक्ष्मी उतै भाग्न सक्छ।
    -पशपती राई खोटाङ ।