“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयएकचलीसौंमा हामी पुगेका छौं।
लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
मिति:- २०८२/०७/०६
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १४१{एकसयएकचालिसौंऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
सोमनाथ लुइटेल “रवि पाल्पाली
गुणनिधि घिमिरे
सुशीला पाैडेल
चित्र संकलन

सुशीला पौडेल
संकलन
सुशीला पौडेल
दुर्गा रिजाल आचार्य
शुद्धीकरण
भवानी घिमिरे
पशपती राई
संरचना
अनुप्रास :- आफू खुसी
स्थायी :- आफू खुसी
अक्षर :- बराबरी
समायोजक
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]~~~~~
पञ्चाङ्ग:
०१
तिहारमा दाजुभाइसँग रमाउने हो।
भैली खेलेर दक्षिणा पैसा कमाउने हो
वर्षको पर्व रमाइलो गरि मान्नु पर्छ,
माइती र चेलीकाे सम्बन्ध जमाउने हो
आफ्नाे आफ्नाे संस्कृतिकाे डाेर समाउने हाे।
०२
फूल र मालाले रंगीन बनाउने हो
दाजुभाइसँग तिहार मनाउने हो
वर्ष दिनको पर्वमा रमाउने हामी,
वर्षमा भए नि एकता जनाउने हो
दाजुभाइ सबैमा फूल खनाउने हो।
-सुशीला पौडेल
पञ्चाङ्ग:०३
निधारमा सातै रङ्गी लगाईदेऊ दिदी
राक्षसीपना मबाटै भगाईदेऊ दिदी
यो तिहारको शुभमुहुर्तको मौका पारी,
मभित्रको अल्छीपना जगाईदेऊ दिदी
निरोगी र सुखी दिन मगाईदेऊ दिदी।
-घनश्याम पौडेल,पोखरा
पञ्चाङ्ग-०४
आहा नि! कति रमाइलो पर्व आयो तिहार
हेर फूल फुलेर जताततै छायो तिहार
फूलको माला जस्तै छ मिलन दिदी भाइको,
घरघर लक्ष्मी भित्र्याउदै रमायो तिहार
देउसी भैलो भन्दै घरघर गायो तिहार।
-पशपती राई खोटाङ ।

