“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयअठतीसौंमा हामी पुगेका छौं।
लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
मिति:- २०८२/०६/१६
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १३८{एकसयअठतीसौंऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
सोमनाथ लुइटेल “रवि पाल्पाली
गुणनिधि घिमिरे
सुशीला पाैडेल
चित्र संकलन

सुशीला पौडेल
संकलन
सुशीला पौडेल
दुर्गा रिजाल आचार्य
शुद्धीकरण
भवानी घिमिरे
पशपती राई
संरचना
अनुप्रास :- आफू खुसी
स्थायी :- आफू खुसी
अक्षर :- बराबरी
समायोजक
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]~~~~~
पञ्चाङ्ग:०१
दसैं आएको छ कतिको घरमा
ज्यान खाएको छ कतिको घरमा
दसैंको शुभकामना जे भएनि,
खुसी छाएको छ कतिको घरमा
दुःख पाएको छ कतिको घरमा।
-सुशीला पौडेल
पञ्चाङ्ग:०२
दसैं पछि भेल बाढी पर्यो खतरामा
बाटोघाटो चारैतिर झर्यो खतरामा
असोजको महिना हो भनेर के गर्नु,
जागिर निमित्त खोला तर्यो खतरामा
अब भने राजधानी टर्यो खतरामा।
-घनश्याम पौडेल,पोखरा।
पञ्चाङ्ग-०३
दसैं भन्दा अघि अघि दशा पोआयो यसपालि
रोइन् प्रकृति पनि शोक मात्रै छायो यसपालि
दशालाई नै भयो यसपालिको दसैं के गर्नु
एकोहोरो शंख बजाएर उही गायो यसपालि
हर्ष र उल्लास जति यसैले खायो यसपालि ।
-पशपती राई खोटाङ ।

