
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको २३६ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६९ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- २३६ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-
[१]
विकास
दुर्गम क्षेत्रको
कहिले पाउला निकास ?
- वसन्त अनुभव
[२]
विकास
खोज्दै गाउँघर
भाषणको राज देशभर ! - नारायण कोइराला
तानसेन, पाल्पा हाल- कुवेत
[३]
विकास
खोजेको जनताले
देशैभर होस् निकास ! - वेदु न्यौपाने
[४]
बिकास
जनताले बिकास
हुने कैले निकास ! - बिबा तामाङ, दार्जिलिङ
[५]
विकास
आफ्नो गोजीमा
गोजेङ्ग्रो भ्रष्टाचारको खोजीमा ! - अच्युत घिमिरे
सर्पाङ, भुटान
[६]
समस्या
समाधानको खोजी
भर्दैछ अरुको गोजी - गोपेन्द्र रिजाल, सेतोपुल
[७]
विकास
जोखिमपुर्ण यात्रा
सधैँ ज्यान धराप ! - रमा पन्त, पाल्पा
[८]
विकास
भ्रष्टाचारको माध्यम
जनताको समस्या यथावत् ! - मोती योन्जन सुब्बा, दार्जिलिङ
[९]
विकास
समृद्धिको आधार
पारौं सपना साकार ! - पदमराज न्यौपाने
रामारोशन-४, अछाम
[१०]
कथा
जोखिमको कहानी
भेटिन्छ समाचार जहानी ! - सविता के.सी.
[११]
विकास
भ्रष्टाचार रहित
देशलाई दिईयोस् निकास ! - बिपी लामिछाने, दमक, झापा
[१२]
विकास
शहरमा हुन्छ
दुर्गम क्षेत्र रुन्छ ! - हरिप्रसाद तिमल्सिना
त्रिपुरासुन्दरी-४, धादिङ्
[१३]
भ्रष्टाचार
बढ्यो अति
जनताको जीवन खती ! - भुपेन्द्र राना मगर, धादिङ
[१४]
विकास
नगरौँ कुरा
भए गाउँ सहर अधुरा ! - सुरेशकुमार पाण्डे
[१५]
नदी
काठे पुल
सपना बगेको विकास ! - आर्त अकुलीन
[१६]
विकास
जनताकाे चाहना
खुलाेस् जताततै निकास ! - काेपिला अधिकारी
[१७]
आश
खोजेको विकास
कहिले पाउने निकास ! - हिमाल अम्मै, घोडाघोडी, कैलाली
[१८]
विकास
एक सपना
लाग्छ वर्ष पचास ! - नवराज भट्ट, कञ्चनपुर
[१९]
नदिमाथि
पुरानो शैलीको
याद दिलायो पहिलेको !
-:चूडामणि देबकोटा
सिन्धुली, मरिणखोला, जखनी
[२०]
विकास
काठको पूल
सहरमा भ्यु टावर ! - राजाराम चौधरी, अमौरा, कैलाली
[२१]
यात्रा
बाध्यताको भित्र
निकासको खोजी तिब्र ! - समुन्द्रा शर्मा, सुनसरी
[२२]
विकास
गाउँगाउँमा गरे
देश हुन्छ झकास ! - विके माकजु , भक्तपुर
[२३]
विकृति
कङ्क्रिट बगैँचाकाे
उग्र आधुनिक संस्कृति ! - केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
[२४]
विकास
कुन तथ्य
बोलीमा नभएको भर ! - प्रेम थापा ‘मन’, बागलुङ
[२५]
कच्चीपुल
नदी तर्ने
बजेट खल्ती भर्ने ! - धनमाया चौधरी, कैलाली
[२६]
विकास
हुनुपर्छ आकार
सबैको सपना साकार ! - दिलीप कुमार शर्मा कट्टेल
भद्रपुर, झापा हाल- अस्ट्रेलिया
[२७]
बिकास
गरौं देशमा
लिएर काम खास ! - रमा गुरुङ्ग
सालुगडा, सिलीगुडी
[२८]
विकास
दुर्गम पाटाे
सुगम बन्दैन बाटो ! - केसर बाेहरा ‘सङ्घर्ष’
अछाम हाल- भारत
[२९]
विकास
नारा सस्तो
भ्रष्टाचारीलाई हेर्नु मस्तो ! - कला ढकाल
[३०]
विकास
खोलासगै बगेको
देश भ्रष्टाचारले ठगेको ! - मिलन के. सी. थापा, पोखरा-१७
[३१]
अवश्था
कहिल्यै सुध्रिएन
हाम्रो देशको व्यवस्था ! - सरस्वती वली
[३२]
यात्रा
कष्टकर कति
न्यून विकासको गति ! - देवीश्री राधा (रिता खराल)
गैडहवा गा पा, रूपन्देही
[३३]
बिकास
कसको भुल?
गाउँमा बाँसको पुल ! - अन्मोल मुस्कान
तकदाह छाउनी, दार्जिलिङ
[३४]
नेपाल
देशको विकास
काठे मुलको निकास ! - बि के विरही, टीकापुर
[३५]
विकास
चौतर्फी निकास
अपु्र्ण अर्थ झकास ! - कमला देवकोटा, पाल्पा
[३६]
विकास
समयको माग
सबैमा हुनुपर्छ त्याग ! - सरिता काफ्ले
कोहलपुर-८, पिपिरी, बाँके
[३७]
फड्के
नहुँदा मान्छे
त्यताको त्यतै अड्के ! - घनश्याम पौडेल, पोखरा
[३८]
विकास
दुर्गमका जनताले
कहिलेसम्म गर्ने आस ! - दीप गोले तामाङ, रौतहट
[३९]
विकास
कुर्सी तानातान्
मारपिट दङ्गाफसाद हानाहान् ! - विवश पारदर्शी
झापा
[४०]
चुनाव
विकाशका कुरा
कहिल्यै भएन पूरा ! - चक्र शाही ,लम्की,कैलाली ।।
[४१]
दिक्क
विकासका नाममा
भुँडी भर्दै ठीक्क ! - दुर्गा अधिकारी भमरकोटे
[४२]
यातायात
मनको पिरलो
आखिर पानीसँग डर ! - कविता आचार्य
[४३]
विकास
समानुपातिक वितरण
पाउला अर्थपूर्ण निकास
वासुदेव ज्ञवाली
पाल्पा ,तानपा १ ध्रुवघाट
[४४]
उदक विकास
निर्वाचनसम्म मिजास
पल्केर सत्ताको मिठास ।- रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
[४५]
उदक
- रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
१,
विकास
नेताको भरमा
जनता भेंडा मात्र
२,
रहर
सहरमा बस्ने
गाउँको चेली बेचिन्छ।
एवाइ प्रभात
धनकुटा
[४६]
गति
छैन विकासको
कहिले सुध्रिन्छ मति ?
- डा. टीकाराम पोखरेल
काठमाडौँ
[४७]
विकास
देश नेपालको
भर्ने भुँडी आफ्नो ! - नेत्रबहादुर श्रेष्ठ
ठुलो सिरुवारी, सिन्धुपाल्चोक -१३
[४८]
विकास
एकैचोटि हुँदैन
बन्दैछ कृषि सडक ! - सुरेश चन्द्र घिमिरे
[४९]
नाेट
तान्ने भाेट
विकास फुस्रा ओठ ! - प्रद्युम्न चालिसे
भक्तपुर, कटुञ्जे
[५०]
विकास
अलपत्र जताततै
निकास छैन कतै ! - शोभा आचार्य गौतम
काठमाडौँ
[५१]
विकास
भाषणका कुरा
मुटुमा राेपेर छुरा ! - रवि पाैडेल
दक्षिण भारत, पाण्डेचरी
[५२]
मुखले
विकास सुखले
उपभोग हदै दु:खले ! - केन्द्रप्रकाश बराल, इलाम
[५३]
सुस्त
विकासको गति
भइरहेछ रुपैयाँको क्षति ! - होमप्रसाद नेउपाने
धरान, सुनसरी
[५४]
सकस
दुर्गम क्षेत्रमा
कहिले हुने झकास ! - धर्मी शाक्य, बुटवल, रुपन्देही
[५५]
लेखान्त
काेर्ने आफै
निकास गर्ने मपाई ! - राेशन पराजुली, धरान
[५६]
विकाश
भएन गाउँघर
कहिले फेरिने मुहार ! - भोलामान बर्देवा ‘बैरागी माईलो’
बुढानिलकण्ठ-५, काठमाण्डौँ
[५७]
भावना
सुन्दर परिकल्पना
सबै नेपालीको चाहना ! - पवनकुमार बुढाथेाकी
काठमाडौँ
[५८]
विकास
असारमा निकास
भरिने नेता खल्ती ! - बुद्धिप्रसाद लामिछाने, घोडाघोडी-८, कैलाली
[५९]
विकास
बजेट निकास
काम बिलमा पास ! - पशपती राई, खोटाङ
[६०]
विकास
नेताले खल्ती
भर्ने एउटा माध्यम ! - अमोघ सिद्धि, तनहुँ
[६१]
विकास
नामको मात्र
गर्ने भेटिएन् पात्र ! - रुना कर्माचार्य दाहाल
चितवन
[६२]
धन
मात्रैले हुँदैन
सरकारको मन छुँदैन ! - नन्दलाल आचार्य
बेलका-२, सिद्धार्थटोल, उदयपुर
[६३]
विकास
गोजीको गर्दै
बाटोघाटो अलपत्र पार्दै ! - देव स्याङ्देन, कालेबुङ
[६४]
विकास
अशान्त देशमा
नयाँ नयाँ भेषमा ! - भगवती दवाडी
[६५]
भाेट
मासुभातमा बिक्ने
जनता आफै नाङ्गिदै ! - हेम प्रसाद रिजाल
अर्जुनधारा-२, झापा
[६६]
दुर्गम
विकासको अभाव
कहिले बन्छ सुगम ! - सरस्वती श्रेष्ठ, रुपन्देही, बुटवल
[६७]
यातायात
मनको पिरलो
आखिर पानीसँग डर ! - कविता आचार्य
[६८]
विकास
यातायातको सुविधा
हुँदैन कसैलाई द्विविधा! - पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’
पनौती न.पा.-३, काभ्रे
[६९]
विकास
तिरियाे झारा
एउटाको जीवन निकास ! - भवानी घिमिरे

