
जेद्दा, साउदी अरब ! साउदी अरबको जेद्दा स्थित सनैयामा रहेको इस्लामिक दावा सेन्टरको नेपाली बिभागद्वारा गत २१ नोभेम्बर शुक्रबारका दिन नेपाली श्रमिकहरू बीच एक आपसी भेटघाट तथा परिचयत्मक कार्यक्रम सम्पन्न गरेको छ।
नेपाली महावाणिज्य दूतावास जेद्दाका महावाणिज्य दूत पारस पण्डितको प्रमुख अतिथ्यमा दावा सेन्टरका नेपाली विभागका प्रमुख मन्जुर अलि मियाँको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो। सनैया स्थित श्रमिक नेपाली दाजुभाईहरूको उपस्थितिमा एकआपसी भेटघाट तथा परिचय गराउने उद्देश्यका साथ गरिएको उक्त कार्यक्रममा अतिथिहरूमा एनआरएनए साउदी अरबका उपाध्यक्ष राजगिरी, एनआरएनए आरसीसी जेद्दाका कार्यवाहक अध्यक्ष चिरञ्जीवी बस्नेत, साझा मञ्च साउदी अरबका उपाध्यक्ष तेजबहादुर सिन्दुली, सेन्टरका इन्चार्ज इब्राहिम अबु खालिद रहेका थिए !

रमजान दिन मियाँद्वारा संचालित उक्त कार्यक्रम अलि अख्तरले कुरानिक आयत पढेर सुरु गरिएको थियो ! सेन्टरका इन्चार्ज अबु खालिदले स्वागत गरेका थिए ! छोटो छोटो मन्तव्य दिने क्रममा आफ्नो सेन्टरको उद्देश्य, सेन्टरले गर्ने कामहरु र नेपालीहरुका लागि सेन्टरले गर्ने साथ सहयोग तथा ईस्लाम प्रतिको आस्था संबन्धी सेन्टरका नेपाली बिभागका प्रमुख मन्जुर अलि मियाँले जानकारी गराएका थिए ! अतिथिहरु सबैले आ आफ्नो परिचय दिदैं सेन्टरले समय समयमा नेपाली दाजुभाइहरुसँगको भेटघाट तथा परिचयात्मक कार्यक्रमका साथै खेलकुद कार्यक्रम गर्दै नेपालीहरुलाइ एकजुट गराउन सहयोग गरेकोमा खुशी व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेकाथिए ।

प्रमुख अतिथी महाबाणिज्यदूत पारस पन्डितद्वारा कार्यक्रममा उठेका केही श्रमिक समस्याहरुको जवाफ दिदै यस्तो श्रमिकमुखी कार्यक्रम गरिएकोमा सेन्टरलाइ धन्यवाद दिएका थिए ! श्रमिकहरुलाइ कुनैपनि समस्या परेमा दूतावासको नम्बरमा कल गर्न र म्यासेज गर्न अनुरोध गर्दै श्रमिक समस्या समधानमा महाबाणिज्यदूताबास जेद्दाले कुनै कसर बाकी नराख्ने पनि जानकारी गराए ।
कार्यक्रममा सेन्टरद्वारा प्रमुख अतिथिलाइ मायाको चिनो दिदैं कार्यक्रम समापन गरिएको थियो ।



