पञ्चाङ्ग लेखन शृङ्खला- १६१

  • १७ आश्विन २०८२, शुक्रबार ०७:२६ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसय एकसाठीऔ अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ।
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१६१————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८२/०४/२६
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    भवानी घिमिरे
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    पञ्चाङ्ग साहित्य समाज नेपाल ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    मानव चोला मरेर जान्छ
    खै कस्तो कर्म गरेर जान्छ
    सधैं अपमान गर्छौ किन?
    कति दुष्टता छरेर जान्छ
    कतिले दुःख हरेर जान्छ।
    -सुशीला पौडेल

    पञ्चाङ्ग::०२
    सरल र मिठास गर न बात साथी
    अन्यथा आफैँलाई नै हुन्छ घात साथी
    विधाताले बताएको सबै बराबरी ,
    मानव बीच हुँदैन हेर जात साथी
    सुन्दर रुख कति मिलेको पात साथी ।
    -प्रधुम्न चालिसे

    पञ्चाङ्ग:०३
    आखिर चुक्नु रहेछ किन खै कसरी जुट्यो मन?
    मायाको टुसा उम्रन पाएकै थिएन टुट्यो मन
    बाचा र कसम खाएका सबैकुरा तोडिए पछि,
    दोबाटोमा पुग्न नपाउदै गोरेटो मै कुट्यो मन
    खुसीका मिठा सपनाहरू सिसा सरि फुट्यो मन।

    -दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०४
    बल्ल हिजोदेखि झरी पर्यो यहाँ
    त्यतिन्जेलसम्म गर्नु गर्यो यहाँ
    पोहोर परार यस्तो हुँदैनथ्यो,
    बेकारमा पसिना पो झर्यो यहाँ
    अन्तिममा बल्ल थान सर्यो यहाँ।
    -घनश्याम पौडेल,पोखरा

    पञ्चाङ्ग-०५
    लौ तैयारी नै छ छिटो खाइहाल्नुस् खाना आयो हजुर
    बजारमा जताततै च्यात्तिएको नाना आयो हजुर
    ख्याल् छैन आफू नाङ्गै पो छु भन्ने बस् भिउज बढ्नु पर्यो,
    कसैले सुन्नै नमिल्ने यहाँ कस्तो गाना आयो हजुर
    भदौको खहरे झैं भाइरले जमाना आयो हजुर।
    -पशपती राई खोटाङ ।