“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयएकचौंतीसौंमा हामी पुगेका छौं।
लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
मिति:- २०८२/०५/१२
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १३४{एकसयचौतीसौंऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
सोमनाथ लुइटेल “रवि पाल्पाली”
गुणनिधि घिमिरे
सुशीला पाैडेल
चित्र संकलन

सुशीला पौडेल
संकलन
सुशीला पौडेल
दुर्गा रिजाल आचार्य
शुद्धीकरण
भवानी घिमिरे
पशपती राई
संरचना
अनुप्रास :- आफूखुसी
स्थायी :- आफू खुसी
अक्षर :- बराबरी
समायोजक
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]~~~~~
पञ्चाङ्ग:०१
फूलमा हाँस बस्यो
सधैंको बास बस्यो
कति आनन्दित छन्,
त्यसैमा आस बस्यो
दिलको खास बस्यो।
-सुशीला पौडेल
पञ्चाङ्ग:०२
फूल्यो डालीमा
झुल्यो डालीमा
हाँस बसेको,
डुल्यो डालीमा
खुल्यो डालीमा ।
गुणनिधि घिमिरे
पाँचथर खान्द्रोङ्ग
हालः- अमेरिका
पञ्चाङ्ग :०३
यहाँ सुन्दर फूल फुले वनैमा
वरिपरि भमरा डुले वनैमा
अहाे ! प्राकृतिक दृश्य देख्दा नै झन्
धानका बाला सरि झुले वनैमा
यत्रतत्र काेपिला खुले वनैमा ।
-केसर बाेहरा ( सङ्घर्ष )
सुदूरपश्चिम अछाम ,हाल भारत ।
पञ्चाङ्ग:०४
साैन्दर्यले मनुष्य लाेभ्याउने फूल हजुर
जीव वारीपारि गराउने हाे पुल हजुर
सृष्टिको रचना ईश्वरकाे शक्ति छ अपार,
वासना लठ्ठ बन्ने भ्रमराकाे हुल हजुर
चराचर सञ्चालन नै हुन मूल हजुर ।
-प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे ।
पञ्चाङ्ग-०५
कल्पना जे पनि गर्न सकिन्छ फूल हेरेपछि
निस्कर्षमा त बल्ल पो पुगिन्छ मुल हेरेपछि
भावलाई बुद्धिले काबु राख्नुपर्दछ जहिल्यै,
अनि सुध्रिनु पर्छ विगतको
भुल हेरेपछि
सधैं लाग्नुपर्छ आफ्नै बाटोमा हुल हेरेपछि।
-पशपती राई खोटाङ ।
पञ्चाङ्ग-०६
अक्षर-१२
चरा र फूलको मेल हेर राम्रो
सुन्दर देख्दा शव्दमा के र राम्रो
कति मिल्दै बसेका हेर्दै आनन्द,
बाद इन्द्रेणी सहित घेर राम्रो
आनन्द लिई मनले बेर राम्रो ।
-दुर्गा आचार्य
मोरङ।

