महामहिम राजदूत नरेशविक्रम ढकालको इस्लामिक सेन्टर बुराइदाले गर्यो भव्य स्वागत

  • १९ भाद्र २०८२, बिहीबार ११:३७ मा प्रकाशित
  • ‎‎समर्पण रम्जान दिन मियाँ

    नेपाली राजदूतावास रियादका महामहिम राजदूत नरेश विक्रम ढकालको अल कासिम भ्रमणका क्रममा इस्लामिक सेन्टर बुराइदाले भव्यताका साथ स्वागत गरेको छ ।

    ‎गत २ सेप्टेम्बर मङ्गलबारका दिन इस्लामिक सेन्टर बुराइदरका प्रमुखहरु अबु फिरास अबु उमर, अबु अब्दुल्लाह सोहेम,अबु फहद तुवैजरी‌को उपस्थितिमा नेपाली विभागका सचेतक अलि हुसेनको समन्वय र संयोजकत्वमा सञ्चालित उक्त स्वागत कार्यक्रममा महामहिम नरेशविक्रम ढकाल प्रमुख अतिथिको रुपमा रहनुभएको थियो। कार्यक्रमको अतिथिहरूमा एनआरएनए आइसिसीका सदस्य समाजसेवी विशाल श्रेष्ठ, एनआरएनए साउदी अरबका उपाध्यक्ष मनिष कोइराला, सचिव ध्रुव कटुवाल, आरसीसी अल कासिम का अध्यक्ष बिनोद खड्का उनैजा इस्लामिक सेन्टरका मुजीबू रहमान लगायत इस्लामिक युनिभर्सिटीका विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

    ‎बुराइदा इस्लामिक सेन्टरका नेपाली विभागका सचेतक अलि हुसेनद्वारा सञ्चालित उक्त कार्यक्रममा सञ्चालक अलिद्वारा नै प्रमुख अतिथि महामहिम दम्पति तथा अतिथिज्यूहरूलाई स्वागत गर्नुभएको थियो। स्वागत मन्तव्यका क्रममा इस्लामी सेन्टरद्वारा विविध कारणले समस्यामा परेका नेपाली श्रमिक दाजुभाईहरू लाई खान बस्न तथा नेपाल फिर्तीका लागि समेत साथ सहयोग समर्थन गरिरहेको बताए।
    ‎ यसका साथै इस्लामिक सेन्टरबाट गरिने कार्यहरू दर्शाउँदै विभिन्न संघसंस्था स्थापना हुनु पूर्वदेखि नै नेपालीहरूका लागि यस सेन्टरले सहयोग गर्दै आएको र आगामी दिनहरूमा पनि श्रमिकहरूको हक हितका लागि कामहरू गर्ने प्रतिबद्धता पनि जनाए।
    ‎कार्यक्रममा मन्तव्य दिँदै अतिथि विशाल श्रेष्ठले इस्लामिक सेन्टर बुरैदाले विगतमा नेपाली हरूका लागि मनोरञ्जनात्मक खेल कार्यक्रमहरू गराउनुको साथै श्रमिकहरूको हक हितका लागि ठूलो योगदान दिएको बताउँदै इस्लामिक सेन्टर र संघसंस्था बीच एक आपसमा नङ र मासुको जस्तो सम्बन्ध रहेको बताए।

    ‎इस्लामिक सेन्टर बुरैदाको सामाजिक कल्याण तथा सचेतता बिभागका मुदिर अबु फेरासले हामिले पछिल्लो समयमा नेपाली समुदायलाई विशेष प्राथमिकता दिएका छौ नेपाली हरुलाई हरेक कार्यक्रममा केही सहयोग गरेका छौं हामिले मुस्लिम तथा गैर मुस्लिमलाई कुनै पक्षपात फरक गरेका छैनौं पासपोर्ट बितरण गर्दा हलको व्यवस्था गरेका छौं आगामी दिन हरुमा अझ ब्यवस्थित तरिकाले गर्ने छौ अकामा नबनेका, यात्रा गर्न समय लाग्ने नेपाली लाई रोडमा सुत्न बाध्य बनाउने छैनौ तीन दिन सम्म बस्ने खाने सुत्ने अलग्गै रुम दिएर ब्यवस्थापन गर्ने छौँ भासा अनुवाद तथा कुनै पनि प्रकारको सरकारी सहयोगको लागि हाम्रो सचेतक (दाइया) तयार रहने छ ।अगामी दिन हरुमा हरेक सामाजिक काममा अझै सहयोग गर्ने कुरा इस्लामी सेन्टरका अबु फेरासले प्रतिबद्धता जनाउनु भएको थियो ।
    ‎यसैगरी कार्यक्रम मा आफ्नो मन्तव्य दिँदै महामहिम राजदूत नरेशविक्रम ढकालज्यूले हामी सबै मानव हौँ। हामी सबै मानवतामा एकआपसमा सहयोगी भावनामा बाँच्नेछौं। एक आपसमा सहयोगको भावना राख्नेछौ। दूतावासको तर्फबाट हुने सहयोग सदैव जारी रहनेछ। विगतका दिनहरूमा इस्लामिक सेन्टरद्वारा श्रमिक हक हितका लागि गरिएका कार्यप्रति सम्मान दर्शाउँदै इस्लामिक सेन्टरका नेपाली सचेतक अलि हुसेनलाई धन्यवाद व्यक्त गर्नु भएको थिए। मन्तब्यकै क्रममा नेपालको सौन्दर्यताको बर्णन गर्दै नेपालमा भ्रमण गर्नकालागि अनुरोध गर्नुका साथै भ्रमणका क्रममा कुनै पनि कुराको आवस्यकमा दूताबासले सहयोग गर्ने पनि जनाउऩु भयो । साथसाथै आगामी दिनहरूमा इस्लामिक सेन्टरसित समन्वय गर्दै अगाडि बढ्ने कुरा पनि जनाउनु भएको थियो।


    ‎महामहिम राजदूतज्यू को मन्तव्यलाई भाषा अनुवादक साजित अन्सारीले अरबिकमा अनुवादन गरेका थिए।
    ‎कार्यक्रममा महामहिम राजदूतज्यूलाई इस्लामिक सेन्टरको तर्फबाट मायाको चिनो प्रदान गर्दै एक आपसी समन्वय अझै प्रगाढ बनाएर अगाडि बढ्नका लागि नेपाली विभागका सचेतक अलि हुसेनद्वारा महामहिम राजदूत समक्ष आफ्नो कुरा राख्नुभएको थियो।
    ‎यसैगरी उक्त स्वागत कार्यक्रममा अतिथि मनिष कोइरालाले अल कसिममा क्षेत्रमा एउटा सेल्टरको व्यवस्थापनको लागि समेत अनुरोध गरेका थिए ।
    ‎कार्यक्रममा उपस्थित हुनुहुने सम्पूर्ण महानुभावहरूलाई इस्लामिक सेन्टरको तर्फबाट gift पनि प्रदान गरिएको थियो।

    ‎गत आठ महिना अगाडि नेपाली महामहिम राजदूत नरेशविक्रम ढकाल राजदूतावास रियादमा आउनुभए तापनि उहाँको ‌ यो अल कसिममा पहिलो भ्रमण गर्दै गर्दा इस्लामिक सेन्टरको यो स्वागत कार्यक्रम प्रति महामहिम राजदूत निकै खुसी हुनुभएको थियो।