
रियाद, अन्तर्राष्ट्रिय पत्रकार महासंघ, अमेरिका (FIJA) को साउदी अरेबिया शाखा गठन गरिएको छ। भेलाबाट अन्नपूर्ण पोस्टका गल्फ मुलुक इडिटर बिष्णु घिमिरे सर्वसम्मत अध्यक्ष चयन भएका छन्।

१२ सदस्यीय कार्यसमितिमा अमर सापकोटा प्रमुख सल्लाहकार, सुन्जित तामाङ उपाध्यक्ष, राजु खनाल महासचिव, अन्जान गुभाजु कोषाध्यक्ष, राज चेम्जोङ लिम्बु सूचना संयोजक, लोकेन्द्र खड्का प्रवक्ता र राज चाम्लिङ (सञ्चार तथा अनुशासन संयोजक) रहेका छन्। त्यस्तै सदस्यमा रमजान दिन मियाँ, एल पी शेर्पाली, नेत्र न्यौपाने, देवीबहादुर कार्की र तुलसीराम आचार्य चयन भएका छन्।

FIJA का अध्यक्ष राम प्रसाद खनाल र महासचिव टंक दाहालले नयाँ नेतृत्वलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन्। उनीहरूले साउदी शाखाले नेपाली पत्रकारहरूको हक–हित संरक्षण, पत्रकारिता गतिविधिको सशक्तीकरण तथा महासंघका लक्ष्य र उद्देश्यलाई प्रभावकारी ढंगले अघि बढाउने विश्वास व्यक्त गरेका छन्।

