“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसय उन्नसाठीऔ अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ।
अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१५९————-
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
मिति:- २०८२/०४/१२
पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
……………………………………….
प्रशिक्षक:-
……………
सोमनाथ लुइटेल
गुणनिधि घिमिरे
सुशीला पौडेल
………………………
भाषा शुद्धीकरण:-
———–
भवानी घिमिरे
पशपती राई
सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य
संयोजक:-
पञ्चाङ्ग साहित्य समाज नेपाल ======================
अक्षर सङ्ख्या:- [बराबरी]
अनुप्रास :- आफुखुसी
स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१
जिन्दगी अन्तै मोडेर जाउँ
अहंकारीता छोडेर जाउँ
दिनहुँ झगडा कहिलेसम्म,
दुष्टको दिल फोडेर जाउँ
सत्य वचन जोडेर जाउँ।
-सुशीला पौडेल
पञ्चाङ्ग:०२
नागको माला लगाउने उनै शिव हुन्
मनमा उर्जा जगाउने उनै शिव हुन्
भगवान् सम्झिने त आ-आफ्नो विधि हुन्छ
भुत र प्रेत भगाउने उनै शिव हुन्
कैलाश कुटी जगाउने उनै शिव हुन् ।
धनमाया चौधरी कैलाली
पञ्चाङ्ग:०३
व्यस्त सहरमा कसरी चलाउने जिन्दगी यो
अक्सिजन छैन कसरी पलाउने जिन्दगी यो
एक घरका अर्को घरकासँग चिनजान छैन,
छैन खाना,पानी कसरी जलाउने जिन्दगी यो
जग्गा नत खेती कसरी फलाउने जिन्दगी यो ?
-दुर्गा आचार्य
मोरङ
पञ्चाङ्ग:०४
नागको स्थान झरियो आज
बिहानै पूजा गरियो आज
श्रावण नागे पञ्चमी पारी,
पण्डित जस्तै परियो आज
फलले पेट भरियो आज।
घनश्याम पौडेल,पोखरा।
पञ्चाङ्ग:०५
नाग पुजा गरेर गयौ
दुध लावा छरेर गयौ
आज हरेकको घर,
बेँशीतिर झरेर गयौ
खिर मकै भरेर गयौ।
-सुमित्रा पोखरेल काठमाडौं।
ॐ
पञ्चाङ्ग:०६
प्रकृतिमा रहेका बिषाक्त साेस्ने नाग रक्षक देशकाे साथी
सुशासन प्रत्याभूति दिने नेता बाग भक्षक देशकाे साथी
जतासुकै असन्तुष्टि छाएको कता हरायो मानवता भन्छन् ,
मूल्यमान्यता र सिद्धान्तको खाेल ओड्ने तक्षक देशकाे
साथी
स्वाधीनता पैसामा साट्न पछि नपर्ने अक्षक देशको साथी ।
-प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे ।
पञ्चाङ्ग-०७
सनातन हाम्रो धर्मलाई धान्दछौं हामी
आफूलाई प्रकृतिको अंस ठान्दछौं हामी
जीवन र जगतसित सम्बन्ध गाँसी,
यो प्रकृतिलाई पुजा गर्न जान्दछौं हामी
नागलाई पनि देवता नै मान्दछौं हामी ।
-पशपती राई खोटाङ ।

