साप्ताहिक पञ्चाङ्ग भाग- १५७

  • १९ श्रावण २०८२, आईतवार २२:०७ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसयसन्ताउन्नौं अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ।
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१५७————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८२/०३/३०
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    भवानी घिमिरे
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    पञ्चाङ्ग साहित्य समाज नेपाल ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    सदाको लागि दुष्टकाे शिर तल पारेर झार्ने हतियार मसँग छ
    जिउँदो भएकाे शरीरलाई मरेतुल्य पार्ने हतियार मसँग छ
    सोचिरहेका छाै हाैला तिमी, आफू जस्तो विद्धान र जान्ने कोही छैन् यहाँ
    त्यस्ताे ठूलो घमण्डको झाडीलाई बेराले बार्ने हतियार मसँग छ
    खराब नियत लिइ आउनेलाई पर सार्ने हतियार मसँग छ।
    -सुशीला पौडेल

    पञ्चाङ्ग-२.
    भानुको शिरमा बिर्के टोपी चटक्क देखियो
    निधारबीच त्यो रातो टीका झलक्क देखियो
    भानु देखेॅ अझै राम्रो दौरा र सुरुवालमा,
    रामायण छ साथैमा र पो गमक्क देखियो
    रघु नन्दनको गाथा सुन्दा मसक्क देखियो।
    घनश्याम पौडेल

    पञ्चाङ्ग -३

    दुई शब्दहरू मिठा बाेली देउन माया
    तिम्रो जवानीकाे रङ्ग घाेली देउन माया
    दुई दिनकाे जीवनमा मरिलानु के छ?
    ती भित्री मनका कुरा खाेली देउन माया
    मलाई माया,प्रेमकाे गाेली देउन माया ।
    नाम केसर बाेहरा ( आदर्श )
    सुदूरपश्चिम अछाम ।
    हाल भारतबाट ।

    पञ्चाङ्ग -४
    मङ्गल ध्वनिले मन हुन्छ पवित्र यहाँ
    यहाँ प्रभु निराकार छैनन् सचित्र यहाँ
    मन तरंगित हुँदा निर्णय ठिक नहुने
    दुःखमा पहिचान हुने सच्चा मित्र यहाँ
    मात्र सुख साथ दिने हुन्छन् विचित्र यहाँ।

    कार्की डिबी माकुम सुनवल-४ न.प.

    पञ्चाङ्ग-५
    मुटुको भावलाई शब्दमा सार्न सक्ने भए
    नयनको भाषा परस्पर पार्न सक्ने भए
    कहिल्यै कसैलाई चोट पुग्ने थिएन होला,
    तरहको तुल्य जितसँग हार्न सक्ने भए
    मनभित्रको आँधीहरू नै टार्न सक्ने भए ।

    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    पञ्चाङ्ग-६

    देशमा शान्ति आओस् अब खुसियाली छाओस् सधैँ,
    प्रकृतिले पनि खुसी हुँदै चोखो माया लाओस् सधैैँ
    अशान्तिका पर्खालहरू भत्किएर नै जाउन् अब
    कोइलीले मधुरो स्वरमा मीठो गीत गाओस् सधैँ,
    पन्छी पनि स्वतन्त्रमा वनमा नाच्न पाओस् सधैँ।

    -दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग-७
    हातमा पुस्तक शिरमा टोपी छ गुरु हजुरको
    घाँसीबाट उत्प्रेरित भो जीवन शुरु हजुरको
    नेपालीको आदिकवि भनी चिनिने भानु तिमी हौ,
    पछ्याउन मन लाग्छ बाटो खुरुखुरु हजुरको
    चाहाना छ नेपाली शब्दमालामा जुरु हजुरको !!
    धनमाया चौधरी कैलाली

    पञ्चाङ्ग-८
    भ्रष्टाचार विरोधी हुँ भन्छ भ्रष्टाचार नै गर्छ बाबै
    खेती राजनीतिको गरेर बिउ भ्रमको छर्छ बाबै
    कृषिप्रधान देश अरे एक गेडो चामल नि छैन
    नुन देखि सबै कुरा पारीबाटै ल्याउनु पर्छ बाबै
    जनता भने तुइन चुडेर सधैं सधैं मर्छ बाबै।
    पशपती राई खोटाङ ।