
२६ असार, काठमाडाैँ
टुक्का साहित्य समाजकाे आयाेजनामा मिति २०८२ साल असार २६ गते सुनौलाे पाइला बालगृहमा ताराप्रसाद चापागाईंकाे गद्य कविता सङ्ग्रह “निर्द्वन्द्व यात्रा” काे लोकार्पण भएकाे छ ।
टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईँकाे अध्यक्षतामा सम्पन्न भएकाे उक्त कार्यक्रममा प्रमुख अतिथी अग्रज साहित्यकार कलानिधि दहाल तथा विशिष्ट अतिथिकाे रूपमा कल्पतरू प्रज्ञा प्रतिष्ठानका कुलपति नवराज पुडासैनीकाे हुनुहन्थ्याे ।
प्रमुख अतिथि दहालले पानसमा दियाे बालेर उदघााटन गर्नु भएकाे कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिगणकाे बाहुलीबाट पुस्तककाे लाेकार्पण भएकाे थियाे । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि दाहालले टुक्का कविताका प्रवर्तक ताराप्रसाद चापागाईंका गद्य कविताहरू निकै उच्च स्तरकाे रहेकाे भन्दै बालगृहमा पुस्तक लाेकार्पण गरेर साहित्य सिर्जनाकाे साथमा समाज सेवाकाे कार्य गर्ने सर्जक ताराप्रसाद चापागाईँ तथा बालगृह सञ्चालकलाई बधाई ज्ञापन गर्नु भयाे ।
लोकार्पित पुस्तक “निर्द्वन्द्व यात्रा”को समीक्षा विशिष्ट अतिथि नवराज पुडासैनीले गर्नु भएकाे थियाे । टुक्का साहित्य समाजका सल्लाहकार राजेशराज गडताैलाले स्वागत मन्तव्य राख्नु भएकाे थियाे भने ।
सभाध्यक्ष ताराप्रसाद चापागाईंले आफ्नो नव कृति “निर्द्वन्द्व यात्रा” को लेखन कार्यको सन्दर्भ जानकारी गराउँदै गद्य कविता लेखनकाे गुरु कलानिधी दाहाललाई दोसल्ला ओढाएर सम्मान गर्दै त्यस बालगृहमा आश्रय लिई रहेका अनाथ तथा हिंसा पिडित बालबालिकालाई शैक्षिक सामाग्रीहरू वितरण गरेर कार्यक्रमको समापन गर्नुभएकाे थियाे ।
कार्यक्रममा प्रमाेद नेपाल, सुशील आचार्य, मन्दिरा सेढाई, दीपा समभाव, लता गुरुङ लगायतका साहित्यकारहरू तथा सुनाैलाे पाइलामा आश्रय लिएर बसेका नाै जना बालकालिकाहरूकाे सहभागिता थियाे । समाजसेवी उमा गाैतमले कार्यक्रम संयाेजककाे भूमिका निभाउनु भएकाे थियाे ।
सुनौले पाइला बालगृहका संस्थापक रोजिना बिष्टले सञ्चालन गर्नु भएकाे उक्त कार्यक्रममा बालगृह सञ्चालनकाे अाैचित्य माथि प्रकाश पार्नुकाे साथै यसरी बालगृहमा अग्रज साहित्यकारहरूकाे उपस्थिति सहितकाे कार्यक्रमले बाल मस्तिष्कमा सकारात्मक छाप पर्ने कुरा व्यक्त गर्दै आयाेजक संस्था टुक्का सहित्य समाज, निर्द्वन्द्व यात्राका सर्जक ताराप्रसाद चापागाईँ तथा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नु भयाे ।

