साप्ताहिक पञ्चाङ्ग भाग-१४९

  • ३२ जेष्ठ २०८२, शनिबार ११:५१ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसयउन्नपचासौं अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन अनुरोध छ।
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१४९—————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८२/०२/१२
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    भवानी घिमिरे
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    पञ्चाङ्ग साहित्य समाज नेपाल ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य
    पञ्चाङ्ग:०१
    दुई आत्माको मिलन हुनुपर्छ मायामा।
    एक अर्को मुटुलाई छुनुपर्छ मायामा।
    देखाउने र गरिनेमा फरक छ धेरै,
    एक दुःखी हुँदा दुवै रुनुपर्छ मायामा।
    बगेको आँसुले मुख धुनुपर्छ मायामा।
    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२

    खेतालकाे भर हुँदैन मित्र
    गजडीकाे घर हुँदैन मित्र
    स्वार्थमा मान्छे डुबेर हजुर
    विवेकहीन ङर हुँदैन मित्र
    मूर्खताकाे सर हुँदैन मित्र ।
    प्रधुम्न चालिसे

    पञ्चाङ्ग::०३
    दीप जस्तै जलेर उज्यालो छर्नु छ।
    दुःख र पीडा जति सबैको हर्नु छ।
    भनिन्छ मानिसको जुनी एकबार,
    खुसी बनाउन आफ्नै भर पर्नु छ।
    सबैको कल्याण हुने काम गर्नु छ।
    -ह्यारिस

    पञ्चाङ्ग:०४
    उकालेर कुराहरू तिमीले
    उरालेर भुराहरु तिमीले
    के गर्न खाेज्यौ भन त,
    जुधाएर जुराहरु तिमीले
    पक्कै खा छौ पूराहरु तिमीले ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०५

    पर्देश गएका युवाले आफ्नो देश भुल्न आँटे के गर्नु ?
    भएको जोस जाँगर पनि परदेशमै साटे के गर्नु ?
    चार जात छत्तीस वर्णको सिङ्गो फूलबारी हाम्रो देश ,
    हिमाल र पहाड अनि तराई द्वन्दले फाँटे के गर्नु?
    त्यसैले त बलियो मित्रताको तार पनि काटे के गर्नु?

    दुर्गा आचार्य
    मोरङ
    पञ्चाङ्ग-०६

    हिउँद र बर्खा गरिबले कसरी झेलेका छन्
    फेरि जसले पनि गरिबलाई नै पेलेका छन्
    कति गर्नु स्वतन्त्रताको कुरा भोको पेटले
    नेता भने गणतन्त्रको भ्रम छर्दै रेलेका छन्
    शहिदको रगतमा बेस्सरी होली खेलेका छन् ।
    -पशपती राई खोटाङ ।