साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- १३२

  • ३२ जेष्ठ २०८२, शनिबार ११:५६ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयबतीसौंमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८२/०२/१५

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १३२[एकसयबतीसौऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पाली
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    पशपती राई

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    पञ्चाङ्ग:०१
    माया पिरती गाँसेका छन्।
    जोडी राम्ररी हाँसेका छन्।
    जोडी होस् त सबैको यस्तै,
    दुश्मन सारा मासेका छन्।
    एक अर्कोले टाँसेका छन्।
    सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    हेर्दा ठ्याक्कै सुहाउने पृथ्वीमा जोडी मिलेर बसुन्
    नहोस् कुनै छलकपट नै अनुराग खिलेर बसुन्
    च्यापै समाइ तान्ने तलतिर आधार छ संसारको
    राम्रो बाटो बनाइ पसिनाको कमाइ निलेर बसुन्
    आइ लागे जटिलता बरु उल्टै छाला छिलेर बसुन् ।

    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    पञ्चाङ्ग:०३
    तिम्रो आँखामा हेर्दा आफ्नो पन देख्छु
    जङ्गलको फूलपातीमा धन देख्छु
    छुट्टिएर बस्न पटक्कै मन छैन ,
    सपनीमा पनि त तिम्रै तन देख्छु
    तिम्रो ढुकढुकीमा आफ्नो मन देख्छु।
    -धनमाया चौधरी कैलाली

    पञ्चाङ्ग:०४
    आज सुन्दर जोडी कति मिलेर बसे हेर,
    उनीहरूको डाहाले घर भित्र पसे हेर
    यसैगरी दिन हाँसीखुसीअगाडि बढुन्,
    मायाको खेती गरेर हिड्ने कति फसे हेर
    आफैंले खनेको त्यो खाल्डामा आफैं खसे हेर।

    -दुर्गा आचार्य
    मोरङ
    पञ्चाङ्ग-०५
    सादा छ जीवन यहाँ मायाले रङ भर्नु परेको छ
    दुइ मुटु मिलि जिन्दगीको सागर तर्नु परेको छ
    मायामै जिउने माया नै पिउने दुइदिने चोलामा
    आखिर मर्दा पनि मायाकै काखमा मर्नु परेको छ
    एकजोडी भइ मिलेर यहाँ सृष्टि गर्नु परेको छ।
    -पशपती राई खोटाङ ।