“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसयपैतालीसौं अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुनअनुरोध छ।
अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१४५—————-
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
मिति:- २०८२/०१/१५
पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
……………………………………….
प्रशिक्षक:-
……………
सोमनाथ लुइटेल
गुणनिधि घिमिरे
सुशीला पौडेल
………………………
भाषा शुद्धीकरण:-
———–
भवानी घिमिरे
पशपती राई
सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य
संयोजक:-
पञ्चाङ्ग साहित्य समाज नेपाल ======================
अक्षर सङ्ख्या:- [बराबरी]
अनुप्रास :- आफुखुसी
स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१
तिमी मेरो आँखाको नानी हौ प्रिय
प्यास लाग्दा पिउने पानी हौ प्रिय
तिमी छौ र त म बाँचेकी छु यहाँ,
प्रेमील संसारको खानी हौ प्रिय
आपत विपतमा ज्ञानी हौ प्रिय।
-सुशीला पौडेल
ॐ
पञ्चाङ्ग:०२
उसलाई हिजोआज भात लागेकाे छ राजै
सम्पन्नता आभासले मात लागेकाे छ राजै
शून्यताबाट कस्ले उठायाे याद गर साथी
भ्रष्टाचारकाे स्पष्टता बात लागकाे छ राजै
गजबको सम्पत्ति खातै खात लाग्काे छ राजै ।
-प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे ।
पञ्चाङ्ग:०३
शरीरमा पसिना बगेर खलखल हुन्छु
नदीमा डुङ्गामाथि चढ्दा म ढलपल हुन्छु
आजभोलिका जमाना यस्तै यस्तै आएका छन्
सभा कचरी सधैँ उखान छलफल हुन्छु
देश देखेर आँखामा आँसु पलपल हुन्छु
✍️ वेदु न्यौपाने 🌹🌹
पञ्चाङ्ग:०४
सियोमा धागो हाल्न नसक्ने अल्छि ऊ
माछा मार्न नसकी लाउँछे बल्छि ऊ
बुझेर बुझ पचाउने बानी उसको ,
अरुको प्रगति देखेर ठहरै ढल्छी ऊ
भित्र भित्रै त आगोले पोलेर जल्छी ऊ ।
-धनमाया चौधरी कैलाली
पञ्चाङ्ग:०५
देश डुब्न लागेको कसैले छेकेनन् आज
सहि अनि सत्य कागजमा टेकेनन् आज
अत्यचार,अन्याय जनताले कति सहने,
झण्डै त्यो झुत्रो कपडा सरी फेँकेनन् आज
बलेको आगोमा सिद्रा जस्तै सेकेनन् आज।
-दुर्गा आचार्य
मोरङ
पञ्चाङ्ग:०६
अनगिन्ती सपना बोकेर यहाँ।
माया प्रेम दिलमा तोकेर यहाँ।
प्रेमील संसार सजाउनु पर्छ,
आफ्नाे प्याराे मायालु रोकेर यहाँ।
बनाउनुछ छाती ठाेकेर यहाँ।
-ह्यारिस
पञ्चाङ्ग-६
हामी सबै एकै हौं भन्ने मान्छे त हजुर जातमा अल्झियो
सधैं पारिवारिक झमेला र साना-साना बातमा अल्झियो
सर्वश्रेष्ठ हुँ भन्ने धाक छ ठुलो बुद्धि चाहिँ गयो सुकेर ,
विश्वास जति गुमाएर अन्धविश्वासको खातमा अल्झियो
समाधि सम्म नि पुग्नै सकेन सधैं दालभातमा अल्झियो।
-पशपती राई खोटाङ ।

