“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयएकतीसौंमा हामी पुगेका छौं।
लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
मिति:- २०८२/०२/०९
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १३१[एकसयएकतीसौऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
सोमनाथ लुइटेल “रवि पाल्पालि
गुणनिधि घिमिरे
सुशीला पाैडेल
चित्र संकलन

सुशीला पाैडेल
संकलन
सुशीला पौडेल
दुर्गा रिजाल आचार्य
शुद्धीकरण
भवानी घिमिरे
पशपती राई
संरचना
अनुप्रास :- आफू खुसी
स्थायी :- आफू खुसी
अक्षर :- बराबरी
समायोजक
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]~~~~~
पञ्चाङ्ग:०१
पुरानो चलन हराउँदै छ।
नयाँ प्रविधिले कराउँदै छ।
विज्ञानको चमत्कारले गर्दा,
त्यति मान्छे मन पराउँदै छ।
परिवार एक्लै गराउँदै छ।
सुशीला पौडेल
पञ्चाङ्ग:०२
लोप भएका ढिकी र जातोहरु कहाँ पाइन्छ अचेल,
आधुनिक प्रबिधिका अनेक सामान चाइन्छ अचेल।
असल र सुरक्षित त पहिलेका सामानहरु हुन्थ्यो ,
बिषालु र पोलिसवाला मीठो मानेर खाइन्छ अचेल,
पुराना संस्कार छोडि आधुनिक तिर जाइन्छ अचेल।
दुर्गा आचार्य
मोरङ
पञ्चाङ्ग:०३
भात मीठो ढिकीले कुटेको छुन्छ
मुसल र ओखल जुटेको हुन्छ
लोप हुन नदिउँ हाम्रो ढिकीलाई,
सुरक्षित पाराले चुटेको हुन्छ
भुस निकाली दाना फुटेको हुन्छ ।
घनमाया चौधरी कैलाली
पञ्चाङ्ग-०४
उहिले उहिले पनि होइन मात्रै हिजो अस्ति हो
लाएको गुन चटक्कै बिर्सी जाने यिनी खै कस्ति हो
आफ्नै खेतमा फलाएर धान कुटिन्थ्यो ढिकीमा
के गाउँ के सहर हरेक ठाउँ बस्ती-बस्ती हो
आधुनिकता भित्र आज मान्छे अहो!कति मस्ति हो।
-पशपती राई खोटाङ ।
ॐ
पञ्चाङ्ग:०५
मायालुले चट्ट निधारमा लगाएर टिकी हेर
भेट्ने सबैले भन्छन् उनलाई त!सारै निकी हेर
परम्परागत साधन हाम्रो ढिकी जाँताे र घट्ट
धनसारबाट सुकाइ राखेकाे धान झिकी हेर
नाङ्ग्लाे र नाम्लेकाठ झिकेर थालिन् कुट्न ढिकी हेर ।
पञ्चाङ्ग:०६
नयाँ प्रविधिको भर हुँदैन।
पुरानो ढिकीको डर हुँदैन।
नयाँ जमानामा के के हुन्छ खै,
पहिलेको जस्तो कर हुँदैन।
जो कोहीको स्वस्थ हर हुँदैन।
ह्यारिस
पञ्चाङ्ग:०७
मकै पिस्छ धान कुट्छ यसले।
राखेमा ओखर फुट्छ यसले।
परम्परागत मेशिन हो यो,
नजान्दा हात नै टुट्छ यसले
बयाॅ र कनिका छुट्छ यसले।।
घनश्याम पौडेल,पोखरा

