
रमजान दिन मियाँ ! साउदी अरबको जेद्दामा अवस्थित ईस्लामिक दावाह सेन्टर सनैयाद्वारा गत २७ मार्च बिहिवारका दिन आयोजित इफ्तारी तथा भलिबल प्रतियोगिता भब्यताका साथ सु-सम्पन्न भएको छ ।
नेपाली दाजुभाइ दिदिबहिनीहरुलाइ एक्जुट गराउने र एक आपसी भेटघाट गर्ने उद्देश्यका साथ मुस्लिमहरुको पवित्र महिना रमदानको अन्तिम समय र इदको सुरुवातसँगै आयोजित उक्त कार्यक्रम महाबाणिज्यदुताबास जेद्दाका कार्यवाहक महाबाणिज्यदुत श्रृजना अधिकारीको प्रमुख अतिथ्यमा, नेपाली बिभागका प्रमुख मन्जुर अलि मियाँको सभापतित्वमा, रम्जानदिन मियाँद्वारा संचालन गरिएको थियो ।

बिशिस्ट अतिथिमा महाबाणिज्यदुताबास जेद्दाका श्रम सहचारी जीवन घिमिरे, अतिथिहरुमा एनआरएनए उपाध्यक्ष राजकुमार गिरि, तमुधी जेद्दाका भिम गुरुङ, र आरसिसि जेद्दाका कार्यवाहक अध्यक्ष चिरञ्जीवी बस्नेत, तथा नेपाली युवा क्लबका प्रतिनिधि रहेका थिए ।
कार्यक्रममा अतिथिहरुद्वारा रमादान तथा इदको शुभकामना दिदै यस्ता कार्यक्रमले नेपाली दाजुभाइ दिदिबहिनी हरुलाइ एकजुट गर्ने, एक आपसी भाइचारा बढाउन मद्दत गर्ने र श्रमिकहरुको समस्या समाधानमा समेत सहयोग पुर्याउने कुरा अबगत गराउदै आयोजक टिम लाई धन्यवाद दिनुभएको थियो !

कार्यक्रममा बिशिस्ट तथा प्रमुख अतिथि महाबाणिज्यदुताबास जेद्दाका कार्यवाहक महाबाणिज्यदुत श्रृजना अधिकारीले रमदान तथा इदको शुभकामना दिदै कार्यक्रम आयोजकलाइ धन्यवाद दिनु भएको थियो । साथै श्रमिकहरुलाइ कुनैपनी सहयोग चाहिएमा दूतावासमा सम्पर्क गर्न र आफुहरु श्रमिक हकहितको सहयोगको लागी तयार रहेको बताउँदै भलिबल प्रतियोगिताका लागि आएका खेलाडीहरुलाइ शुभकामना दिनु भएको थियो ।
उक्त कार्यक्रममा करिब १०० देखि १५० जनालाइ इफ्तारीको खानेकुरा, जुस, पानी खाना, तथा फलफुल खुवाइएको थियो ।
इफ्तारी कार्यक्रम सकिए लगत्तै भलिबल प्रतियोगिता सुरु भएको थियो यान्बु राबिक र जेद्दा वरिपरि रहेका भलिबल खेल प्रेमी खेलाडीहरुको १२ टिमले सहभागी जनाएर खेल खेलेका थिए । उत्कृष्ट खेल खेल्दै लुलु अमिर फवाजले टिम प्रथम स्थान, आयोजक टिम नेपाली युवा क्लबले द्दितिय स्थान र राबिग टिमले तृतीय स्थान हासिल गर्दै क्रमश पहिलो लाई २००० साउदी रियल, द्दितिय हुनेलाइ १५०० र तृतीय हुने टिमलाइ ७०० रियल पुरस्कार प्रदान गरिएको थियो ! बिजेता टिमहरुलाइ आयोजक टिमका इस्लामीक सेन्टरका प्रमुख मन्जुर अलि मियाँले मेटल, लगाइ प्रमाणपत्र प्रदान गरेका थिए । भलिबल खेलको संयोजन युवा क्लबका सन्तोष बि.क ले गरेका थिए !।

प्रतियोगिता बिहीवार बेलुकी ९ बजे देखि सुरु भएर बिहान ९ बजे समापन भएको थियो ।

