“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसयउन्नाचालीसौंअभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् अनुरोध छ।
अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१३९—————-
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
मिति:- २०८१/१२/०४
पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
……………………………………….
प्रशिक्षक:-
……………
सोमनाथ लुइटेल
गुणनिधि घिमिरे
सुशीला पौडेल
………………………
भाषा शुद्धीकरण:-
———–
भवानी घिमिरे
पशपती राई
सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य
संयोजक:-
सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================
अक्षर सङ्ख्या:- [बराबरी]
अनुप्रास :- आफुखुसी
स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१
यो रात किन? पर्छ होला
दिनको खुसी हर्छ होला।
अजीव लाग्छ जिन्दगी देखि,
सुखीकाे सुख टर्छ होला।
दुखीमा दुःख सर्छ होला।
-सुशीला पौडेल
पञ्चाङ्गः०२
खुसी के हाे थाहै छैन , दुःख घेर्न थाल्याे
हृदयकाे , कुन्तरमा , पीर बेर्न थाल्याे ।
नियतिकाे घात सहि , बाँचिरेछु आज,
लेखिएका भाग्य रेखा, कस्ले केर्न थाल्याे ?
मित्रहरु हराएछन् , दुष्ट हेर्न थाल्याे ।
-तीर्थराज जोशी
पञ्चाङ्ग:०३
जीवनमा कहिले खुसी त कहिले डर हुन्छ,
कतिखेर के हुन्छ हुन्छ के गरेर भर हुन्छ।
डिग्रीको प्रमाण-पत्र हातमा लिइ भौतारिदा,
घरमा व्यवहार धान्न गाह्रो हुँदा कर हुन्छ,
बाधा पुग्छ एउटै दलित कोटाको थर हुन्छ।
-दुर्गा आचार्य
मोरङ
पञ्चाङ्ग:०४
आधारभु्त आवस्यकता पुरा गर्नुपर्छ
जनताका इच्छा पुरा गर्न लागी पर्नुपर्छ
छिमेकीले मिचेको देख्दा देख्दै आँखा
नचिम्ल
यी नेपाली बारे सरकार अघि सर्नुपर्छ
राष्ट्रियता जोगाउन हामी सबै मर्नुपर्छ।
कमला देवकोटा, पाल्पा
ॐ
पञ्चाङ्ग:०५
राजनीति गर्न सबैलाई चाहिने सत्ताकाे ताउलाे आश्चर्य
निम्छरो जनता सन्ततिकाे आँत भर्न छैन जाउलाे आश्चर्य
सत्ताधारी नथाकी भन्छ सधैँ सधैँ शासन व्यवस्था उत्तम
निरन्तर झगडा गर्छन् खास के भनाै सद्दे बाउलाे आश्चर्य
अनावश्यक देश जनलाई ऋणको भारी काउलाे आश्चर्य ।
-प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे ।
पञ्चाङ्ग:०६
आजको दिन कस्तो झुर भयो
तिम्रै नाम सुनेर चुर भयो
पाउन सम्म दुख पाइयो नि,
एकै डाको दिंदैमा थुर भयो
खुस्केर हो कि एकै सुर भयो ।
-धनमाया चौधरी कैलाली
पञ्चाङ्ग:०८
जिन्दगीमा सुख भन्दा बढी अभर हुन्छ
कहिलेकाँही धेरै कुराको असर हुन्छ
चाहानाहरु सबैको सुख पाउने नै हो,
या व्यवहार चलाउन केही कर हुन्छ
परिवारमा मेलमिलाप हुँदा निडर हुन्छ ।
-दुर्गा भट्टराई
मोरङ
पञ्चाङ्ग:०९
देशको लागि भनेर केही दिउँला भनेको थियो
चरणबद्ध रूपमा बाटो पनि त खनेको थियो
आन्दोलनको हुरीले सारा सपना उडाए पनि
अझै जोस जाँगर र उमङ्गहरू गनेको थियो
गन्दा गन्दै सुबिधाहरू कठिनाई बनेको थियो ।
✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
पञ्चाङ्ग:१०
मेरी भनि साेच्यौ तिमीले ऊ उसको घर की थी ।
आफ्नो काखमा राख्यौं तिमीले परको कि थी ।
प्रेमको डुङ्गा चढी कल्पनामा सयर नगर ,
आफ्नै दुनियाँमा रमाउने महिला थरकी थी ।
आफन्तलाई धाेका नदिने अत्यन्तै भरकी थी ।
-भवानी घिमिरे
सर्लाही ।