“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयबाइसऔमा हामी पुगेका छौं।
लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
मिति:- २०८१/१२/०७गते
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १२२[एकसयबाइसऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
सोमनाथ लुइटेल “रवि पाल्पाली
गुणनिधि घिमिरे
सुशीला पाैडेल
चित्र संकलन

सुशीला पाैडेल
संकलन
सुशीला पौडेल
दुर्गा रिजाल आचार्य
शुद्धीकरण
भवानी घिमिरे
पशपती राई
संरचना
अनुप्रास :- आफू खुसी
स्थायी :- आफू खुसी
अक्षर :- बराबरी
समायोजक
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]~~~~~
पञ्चाङ्ग:०१
बसाई शहरको भो।
दुःखले कहरको भो।
जसोतसो जिन्दगी छ,
खानामा जहर भो।
कत्तिको रहर भो।
-सुशीला पौडेल
पञ्चाङ्ग:०२
ओहो ! सहर सबैलाई बस्न लाग्यो रहर
छेउमा सहि, घर बनाउने जाग्यो रहर,
जङ्गल पनि पुरै ढाकछोप भयो बस्तीले
अचेल जनसंख्याको चापले भाग्यो रहर,
सुख सुविधा खोज्दै विदेशीने माग्यो रहर।
-शोभा आचार्य गौतम
काठमाडौँ
पञ्चाङ्ग:०३
पाेहाेर आको ऋतुराज आज घरमा आयाे
फूलै फूलको डाली बाेकी आफ्नो भरमा आयाे
हात खुट्टा उस्तै देख्छु चाल पनि उस्तै हुँदा ,,
बिर्सेकाे रहेनछ आफ्नो कुल थरमा आयाे
महँगीलाई नछाेइ ऊ आफ्नो दरमा आयाे।
भवानी घिमिरे
सर्लाही ।
पञ्चाङ्ग:०४
व्यस्त सहरमा कसरी चलाउने जिन्दगी यो,
अक्सिजन छैन कसरी पलाउने जिन्दगी यो।
एक घरका अर्को घरका सँग चिनजान छैन्,
छैन खाना,पानी कसरी जलाउने जिन्दगी यो,
जग्गा नत खेती कसरी फलाउने जिन्दगी यो ।
-दुर्गा आचार्य
मोरङ
पञ्चाङ्ग-५
यहाँ शुद्ध हावा अनि शुद्ध पानी कहाँ पाउनु अचेल
सबैले गाउछन् पप लोकभाका कहाँ आउनु अचेल
गाउँघर आज शहर भो देउसीरे भन्न रहर भो
आगन नै छैन घरको देउसे कहाँ धाउनु अचेल
बनजङ्गल त मासियो कोइली कहाँ गाउनु अचेल।
-पशपती राई खोटाङ ।