“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयसएक्कसीऔमा हामी पुगेका छौं।
लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
मिति:- २०८१/११/२९ गते
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १२१[एकसयएक्काइसऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
सोमनाथ लुइटेल “रवि पाल्पाली
गुणनिधि घिमिरे
सुशीला पाैडेल
चित्र संकलन
सुशीला पाैडेल

संकलन
सुशीला पौडेल
दुर्गा रिजाल आचार्य
शुद्धीकरण
भवानी घिमिरे
पशपती राई
संरचना
अनुप्रास :- आफू खुसी
स्थायी :- आफू खुसी
अक्षर :- बराबरी
समायोजक
सोमनाथ लुइटेल “रवि पाल्पाली”
तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]~~~~~
होली विशेष पञ्चाङ्ग
पञ्चाङ्ग:०१
पवित्र मन लिएर खेलाैं हाेली।
खुशीकाे रस पिएर खेलाैं हाेली।
मनकाे तुस हटाइ, सबैसँग,
प्रेमिल रङ्ग दिएर खेलाैं हाेली ।
मीठो सम्बन्ध जिएर खेलाैं हाेली।
-सुशीला पौडेल
पञ्चाङ्ग:०२
साथीसङ्गीहरू माझ मिठाे बाेलेर हाेली मनाउनु
रङ्गहरूकाे पर्व हाे रङ्ग घाेलेर हाेली मनाउनु
एक अर्कामा आक्षेप नहुनेगरी नियमपूर्वक
र हाँसीहाँसी त्यो भित्री दिल खाेलेर हाेली मनाउनु
गाजा,भाङ ,धतुराे मज्जाले माेलेर हाेली मनाउनु
-नाम केसर बाेहरा ( सङ्घर्ष )
सुदूरपश्चिम अछाम ।
हाल भारतबाट ।
पञ्चाङ्ग:०३
वर्ष दिनको पर्व आयो रमाउदै होली,
हातमा रङ्गहरु छान्दै समाउदै होली।
संस्कार अनि संस्कृति जोगाउनु कर्तव्य ,
ताल तालको धुन सँग जमाउदै होली,
खेल्नु पर्छ आफ्नो इज्जत कमाउदै होली।
दुर्गा आचार्य
मोरङ
ॐ
पञ्चाङ्ग०४
सबैकाे मिठाे बाेली आहा राम्राे।
संस्कृति पर्व हाेली आहा राम्रो।
संस्कार हाम्रो मुख्य पहिचान ,
झरनापछि खाेली आहा राम्रो।
प्रेमिका प्रेम झाेली आहा राम्राे।
-प्रधुम्न चालिसे
पञ्चाङ्ग:०५
सबैको हात हातमा रङ्ग देख्छु आज
आलस्य नै नभएको चङ्ग देख्छु आज
प्रेमभाव आपसमा घाेलियाे हाेलीमा ,
साथी सँगै हाँसखेल दङ्ग देख्छु आज
सानाठूला जतासुकै जङ्ग देख्छु आज ।
भवानी घिमिरे
सर्लाही
पञ्चाङ्ग-०६
दलिएका रङहरु खेर नजाओस् होली
यहाँ रङैरङले जीवन सजाओस् होली
दर्शन बनी डोर्याओस् समाजलाई सधैं
असत्यलाई सधैं सत्यले कजाओस् होली
विकृति र विसंगति त्यसै लजाओस् होली।
-पशपती राई खोटाङ