साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- १२०

  • २९ फाल्गुन २०८१, बिहीबार १४:२१ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयसबिसौऔमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८१/११/२२गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १२०[एकसयबिसौऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पाली
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    पशपती राई

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    पञ्चाङ्ग:०१
    आकाशकाे शीतल जून छुन मन छ।
    यी बगेका आँसुकाे साथी हुन मन छ।
    विश्वासघात गर्नेहरू धेरै छन् यहाँ,
    एकान्तमा बसेर एक्लै रुन मन छ।
    हृदयकाे पीडा हाँसाेले धुन मन छ।
    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    आज तिमी टाउको समाएको छौ
    बिदेशी धन धेरै कमाएको छौ
    धनले शान्ति नमिल्दो रहेछ है ,
    त्यो मुटु अर्कालाई थमाएको छौ
    कसरी घरबार जमाएको छौ ??
    -धनमाया चौधरी कैलाली
    पञ्चाङ्ग-:०३
    चिन्ताग्रस्त छ मन शान्ति पो कहाँ होला नि
    शान्ति खोज्ने मन आफैं भाग्छ खोलैखोला नि
    स्थिर राख्न सके शान्ति आफैं आउँथी भेट्न
    भागिरहने मनलाई कस्ले पो छोला नि
    आफ्नो मन आफैंले नछोइ गयो चोला नि।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०४

    सबै जान्नेछन् नजान्ने कमै हाेलान्
    सबै मान्नेछन् नमान्ने कमै हाेलान्
    आफ्नो दुनो साेझ्याउन अर्कालाई ,
    तान्ने रित्याएर नतान्ने कमै हाेलान्
    आफू जस्तै च्यापु नठान्ने कमै हाेलान् ।

    भवानी घिमिरे
    सर्लाही ।