साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १९७ सम्पन्न

  • २४ फाल्गुन २०८१, शनिबार २०:०७ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १९७ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५४ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १९७ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-

    [१]
    मान्छे
    मरेको मानवता
    समाज जाँदैछ कता ?

    • वसन्त अनुभव
      [२]
      प्रवृत्ति
      समस्यामा पर्दा
      तमासा मानेर रमाउँछन् !
    • संगीता खरेल, काठमाडौँ
      [३]
      मान्छे
      जिउँदै मानवता
      मरेको देखाउँछ जतातता !
    • वेदु न्यौपाने
      [४]
      कठै
      मेरो देश
      मानवता हराएको परिवेश !
    • रमा पन्त, नियुजिलैन्ड
      [५]
      स्वार्थ
      मानवतामा खडेरी
      राक्षसकाे दयालु मन !
    • भवानी घिमिरे, सर्लाही
      [६]
      खाएको
      प्रविधिले मानवता
      बढ्दैछ विज्ञानकाे दासता !
    • ताराप्रसाद चापागाईँ
      [७]
      मानवता
      छैन रत्ति
      रमिता हेर्छन् भएजति !
    • सरिता सेढाई, धादिङ
      [८]
      मानवता
      दयाको अभाव
      बस्छ हेरी रमिता !
    • बिबा तामाङ, दार्जिलिङ
      [९]
      मानवता
      आपत पर्दा
      सारा हरायो अब !
    • सन्तु खत्री
      [१०]
      आर्त
      पिरको पोखरी
      मानिस हेर्दै वरिपरि !
    • आर्त अकुलीन
      [११]
      जानेको
      छैन मान्छेले
      अरूको जीवन मूल्य !
    • नन्दलाल आचार्य
      बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर
      [१२]
      मानिस
      अनौठो पारा
      मानवता खोज्दै सारा !
    • कविता आचार्य, कैलाली
      [१३]
      मानवता
      मर्दैछ आज
      जस्तै निरोको बाँसुरी !
    • गोपेन्द्र रिजाल, पाँचथर
      [१४]
      मान्छेकाे
      मानवता आज
      मात्र भयाे देखावटी !
    • निरज कोइराला, इटहरी
      [१५]
      सोच
      भाइरल हुने
      पुकार खै सुने !
    • दीपा गुरुङ समभाव
      दुबेकोल, खोटाङ
      [१६]
      मानव
      मरेको लासमा
      राजनीति खेल्छ दानव !
    • एवाइ प्रभात
      खाल्स छेन्ताङ, सहिदभूमि, धनकुटा
      [१७]
      हराउँदै
      प्रविधिले मानवता
      जाँदैछौँ हामी कता ?
    • राज बहादुर बडुवाल
      कनकासुन्दरी-५, जुम्ला
      [१८]
      मानव
      स्वार्थकाे भाँडाे
      मानवकाे लागि घाँडाे !
    • नवराज भट्ट, कञ्चनपुर
      [१९]
      कलियुग
      मानवता हरायो
      विकृतिले जरा गडायो !
    • रिता खराल, रूपन्देही
      [२०]
      मानवता
      जिन्दगीको सार,
      तस्बिर खिच्न हतार !
    • भुपेन्द्र राना मगर, धादिङ
      [२१]
      मानवता
      भन्ने हरायो
      यो मन डरायो !
    • कला ढकाल, झापा
      [२२]
      मानिस
      मानवता हराएको
      चर्चित हुने बहानामा !
    • धनमाया चौधरी, कैलाली
      [२३]
      मानव
      आपतमा छ
      फोटोलाई लडाइ देखिन्छ !
    • चूडामणि देवकोटा
      पुरानो नैकाप, काठमाण्डौ
      [२४]
      मानव
      पर्दा रमाउने
      मानवता हराएको दानव !
    • दुर्गा भट्टराई, मोरङ
      [२५]
      मान्छे
      बढ्दै भाैतिकता
      दिनानुदिन हराउँदै मानवता !
    • प्रमोद नेपाल
      वीरगञ्ज हाल: काठमाडौँ -५
      [२६]
      मानिस
      मर्म एकातिर
      असहयोगको कर्म अर्कातिर !
    • प्रेम थापा ‘मन’, बागलुङ
      [२७]
      मान्छे
      सामन्ती सोच
      सबैलाई शोषण गर्नुपर्ने ?
    • दीप गोेले तामाङ, रौतहट
      [२८]
      रमिता
      देह मृत्युमा
      जाेगिन्न आखिर अस्मिता !
    • खुनराज काेइराला
      सिद्धलेक-३, धादिङ
      [२९]
      तमासा
      कोही डुब्दै
      कोही तस्बिर खिच्दै !
    • घनश्याम पौडेल, पोखरा
      [३०]
      खडेरी
      सत्य न्याय
      मानवता धर्मको वरिपरि !
    • केन्द्रप्रकाश बराल, इलाम
      [३१]
      हाय
      भएन उद्धार
      प्रविधिको दुरुपयोग अपार !
    • कमला देवकोटा, पाल्पा
      [३३]
      मानवता
      भएको बेपत्ता
      स्वार्थको पराकाष्ठा बर्बरता !
    • रामप्रसाद पुरी, बादेल, खाेटाङ
      [३४]
      सन्जाल
      सबैलाई छुदै
      मानवता लोप हुँदै !
    • अनिता भण्डारी, ताप्लेजुङ
      [३४]
      मानव
      छैन लाज
      संवेदनाहिन बन्दै समाज !
    • शान्ता पौडेल भट्टराई
      टङ्कीसिनवारी, मोरङ
      [३५]
      मानवता
      कहीँ भेटिँदैन
      अब खोज्ने कता ?
    • दुर्गा अधिकारी भमरकोटे
      [३७]
      मानवता
      भयो आज
      दानवरूपी क्रुर स्वार्थता !
    • नेत्रबहादुर श्रेष्ठ
      ठुलो सिरुवारी, सिन्धुपाल्चोक-१३
      [३८]
      मानवता
      भौतिक संसारमा
      हराउँदै बन्दैछ रमिता !
    • देव स्याङ्देन, कालेबुङ
      [३९]
      मानवता
      हराउँदै आज
      पतन हुँदै नियती !
    • डुकछिरिङ लेप्चा
      मिरिक, भारत
      [४०]
      मानवता
      छैन कसैमा
      हरायो खै कता ?
    • खडक आर सि मिलन
      छेडागाड-२, साल्मा, जाजरकोट
      [४१]
      बाहिर
      अति जानेका
      भेटेसम्म छुरा हानेका !
    • घनश्याम पन्त, हरिवन, सर्लाही
      [४२]
      सङ्कट
      फोटोमै व्यस्त
      विवेक नभएका मनुष्य !
    • सुरेश चन्द्र घिमिरे
      [४३]
      मान्छे
      कठिन परिस्थिति
      रमिता देखाई रहेका !
    • केसर बाेहरा ‘सङ्घर्ष’
      अछाम हाल- भारत
      [४४]
      मानवता
      हराउन थाल्यो
      शक्तिले आगो बाल्यो !
    • सुस्मिता अधिकारी, काठमाडैँ
      [४५]
      यात्रा
      गन्तव्यमा पुग्न
      अलाप बिलापमा डुब्न !
    • भाेलामान बर्देवा ‘बैरागी माईलाे’
      धरान-८, सुनसरी
      [४६]
      सम्प्रेषण
      पहिला नाम
      अनि पछि काम !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      [४७]
      मानवता
      मान्छे मान्छे
      बिचमा छैन एकता !
    • सुरेश बि.सी. डोटी
      [४८]
      मानव
      आफ्नै कुकर्मले
      बनेका यहाँ दानव !
    • कार्की डिबी माकुम
      सुनवल-४, नवलपरासी
      [४९]
      मानव
      उच्च प्राणि
      नहाेस् कहिले दानव !
    • रवि पाैडेल, दक्षिण भारत
      [५०]
      मानवता
      दिमाग हराउँदै
      विवेकहिन बन्यो बेपत्ता !
    • विवश पारदर्शी, झापा
      [५१]
      स्वार्थी
      डुबेको जिन्दगी
      मानवता मरेको मन !
    • मोती योन्जन सुब्बा, दार्जिलिङ
      [५२]
      मानव
      फरक प्रवृत्ति
      आजकाल भएका दानव !
    • भगवती दवाडी
      [५३]
      मान्छे
      दहमा छट्पटिदै
      प्राण रक्षाकाे गुहार !
    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे
      [५४]
      बचाउनु
      मानिसहरूलाई डुबाउन
      यो कस्तो मानवता !
    • संगमानंद पत्रकार
      चूरु-राजस्थान, भारत