
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १९६ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६५ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १९६ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-
[१]
चक्र
जिन्दगीको बाटो
कठिन एवम् वक्र !
- वसन्त अनुभव
[२]
जीवनचक्र
रेखा वक्र
गर्भवस्था जन्म मृत्यु ! - रमा पन्त
[३]
नियम
सृष्टिसँगै अन्त्य
अनौठो रहेछ गन्तव्य ! - संगीता खरेल, काठमाडौँ
[४]
यस्तै
दस चरण
हामी सबैको जीवन ! - संगमानंद पत्रकार
चूरु-राजस्थान, भारत
[५]
जीवन
बालकदेखि वृद्ध
आखिरी समयको चक्र ! - आर्त अकुलीन
[६]
देह
जीवनचक्र घुम्दै
माटाेमै हुन्छ अन्त्य ! - ताराप्रसाद चापागाईँ
[७]
जीवन
निरन्तर बन्धन
चक्रपथमा घुम्छ सज्जन ! - भगवती दवाडी
[८]
जिन्दगी
समयको खेल
झाँगिदै जान्छन् जालझेल ! - सुरेशकुमार पाण्डे
दाङ, घोराही-१८
[९]
बाँचुन्जेल
तेरो मेरो
जीवन यस्तै घेरो ! - चक्र शाही, लम्की, कैलाली
[१०]
जीवनचक्र
बेकार घमण्ड
आखिरीमा नाङ्गै जानुपर्ने ! - चूडामणि देवकोटा
पुरानो नैकाप, काठमाण्डौ
[११]
प्रशिक्षक
प्रवर्तक दुबै
ठूला मान्छे उत्खनन् ! - फेसबुक कवि
[१२]
जीवन
कुमालेकाे चक्र
ओइली झर्ने फूल ! - भवानी घिमिरे, सर्लाही
[१३]
सेल
प्राणी जीवन
उदाउने अस्ताउने खेल ! - दुर्गा अधिकारी भमरकोटे
हाल- कपन
[१४]
जीवन
समयको खेल
प्रथम अन्तिम उस्तै ! - धनमाया चौधरी, कैलाली
[१५]
परमेश्वर
लीला अनौठो
संरचना अलौकिक ईश्वर ! - घनश्याम पन्त, हरिवन, सर्लाही
[१६]
तख्ता
कम्जोर हुँदा
भत्किन सक्छ छुँदा ! - डा। देवी पन्थी
[१७]
जीवन
कर्कलाको पानी
पोखेर एकदिन जानी ! - दीप गोले, रौतहट
[१८]
चक्र
जीवन लीला
मुटुमा लाग्ने किला ! - सविता के.सी.
[१९]
जिन्दगी
मायाको जाल
अन्तत: साथी काल ! - कविता आचार्य, कैलाली
[२०]
जीवनचक्र
घुम्दै फिर्दै
देह माटोमा मिल्ने ! - राज कुमार राजभण्डारी खाेटाङ्गे
ऐसेलुखर्क-३, खाेटाङ, हाल- भक्तपुर
[२१]
प्रारम्भ
अन्त्यमा त्यस्तै
गर्नु बेकारमा दम्भ ! - कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
[२२]
जीवन
जन्म मृत्यु
यहीँ चक्रमा समापन ! - रिता खराल, रूपन्देही
[२३]
जीवनचक्र
वृद्धदेखि बालकसम्म
छैन सोझो बक्रैबक्र ! - केन्द्रप्रकाश बराल, इलाम
[२४]
चक्र
सानो बालक
पछि हुनेछ चालक ! - घनश्याम पौडेल, पोखरा
[२५]
जीवन
कुमालेको चक्र
बालक युवा बृद्ध ! - कमला देवकोटा, पाल्पा
[२६]
चक्र
घुमाउरो बाटो
सुरु अन्तको बक्र ! - टिकाराम पुन टिपु, सल्यान
[२७]
चक्र
सबैको उस्तै
केलाई गर्ने तितोपिरो ? - प्रेम थापा ‘मन’, बागलुङ
[२८]
जिन्दगी
कुमालेको चक्र
मर्नु पक्कै पर्ने ! - बुद्धिप्रसाद लामिछाने
घोाघोडी नपा-८, कैलाली
[२९]
जीवन
मानवीय चक्र
अनौठो छ प्रबन्ध ! - नेत्रबहादुर श्रेष्ठ
ठुलो सिरुवारी, सिन्धुपाल्चोक -१३
[३०]
मानव
जीवनको चक्र
बाँच्दासम्म अनेक बक्र ! - सरस्वती श्रेष्ठ, रुपन्देही, बुटवल
[३१]
जीवन
बनेर चक्र
छाएको सजीवमा सर्वत्र ! - सुस्मिता अधिकारी, काठमाडौँ
[३३]
जीवन
चक्रमा फस्ने
पालो सबैको आउने ! - पशपती राई, खोटाङ
[३४]
मानव
समयसँग चल्ने
एकदिन माटोमा ढल्ने ! - रुना कर्माचार्य, दाहाल
चितवन
[३४]
पालो
सबैको आउँछ
बुढेसकालमा दुःख पाउँछ ! - कला ढकाल, झापा
[३५]
प्रकृति
गर्छन् विकृति
अन्त्यमा माटाेकै स्वीकृति ! - रामप्रसाद पुरी, बादेल, खाेटाङ
[३७]
क्रन्दन
टुक्रिएको मन
भयो जीवन समापन ! - अन्मोल मुस्कान
तकदाह छाउनी, दार्जिलिङ
[३८]
जिन्दगी
सम्झेर ल्याउँदा
केही पनि छैन ! - गुणनिधि घिमिरे, अमेरिका
[३९]
फुला
जिनगी फुलाके
कुल्मुलैना इहे ढरटीमे ! - सागर कुस्मी, कैलाली
[४०]
रेखा
बक्र जीवनकाे
अमिट हुन्छ लेखा ! - प्रमोद नेपाल, काठमाडौँ-५
[४१]
जीवनचक्र
अकरको यात्रा
आखिर कष्टकर बक्र ! - विवश पारदर्शी, झापा
[४२]
जिन्दगी
यात्राको संगालो
अनगिन्ती चोटचोटको भङ्गालो ! - सरिता काफ्ले
कोहलपुर-८, पिपिरी, बाँके
[४३]
जिन्दगी
समयको अधिन
सबैको एउटै गन्तव्य ! - समुन्द्रा शर्मा, सुनसरी
[४४]
नियम
बालकदेखि वृद्धसम्म
एकदिन सबैले मर्नैपर्ने ! - केसर बाेहरा ‘सङ्घर्ष’
अछाम हाल- भारत
[४५]
जीवन
समयको गोठालो
आउँछ सबैको पालो ! - शान्ता पौडेल भट्टराई
टङ्कीसिनवारी, मोरङ
[४६]
जीवन
ईश्वरीय चक्रपथ
घुम्दै हुन्छ खुबै ! - वेदु न्यौपाने
[४७]
जीवन
मृत्यु स्विकारेर
अर्को जिवन जन्मने ! - ध्रुव श्रेष्ठ
[४८]
चक्र
घुमी घुमी
मरण चक्र सरी ! - भाेलामान बर्देवा ‘बैरागी माईलाे’
धरान-८, सुनसरी
[४९]
जीवन
माटोबाट उदायो
आखिर माटोमै अस्तायो ! - भुपेन्द्र राना मगर, धादिङ
[५०]
चल्छ
जीवनको चक्र
अन्त्यमा माटोमा मिल्छ ! - देव स्याङ्देन, कालेबुङ
[५१]
जीवन
समान रहन्न
निरन्तर परिवर्तित अन्त ! - मोती योन्जन सुब्बा, दार्जिलिङ
[५२]
जीवन
एक यात्रा
गन्तव्य पुग्दा शून्य ! - गोपेन्द्र रिजाल, पाँचथर
[५३]
चक्रघेरो
सारतत्व परिधी
प्राणीहरूको सत्यशील सेरोफेरो ! - अच्युत घिमिरे, सर्पाङ, भुटान
[५४]
जीवन
ईश्वरकाे वरदान
हुँदैन कसैको समान ! - प्रद्युम्न चालिसे
भक्तपुर, कटुञ्जे
[५५]
जगत्
मानवीय जीवनचक्र
जन्ममृत्यु र भोगाई ! - कण्ठराज गिरी, टीकापुर
[५६]
संसार
जन्म बुडोपासम्म
सङ्घर्ष अन्त माटोमा ! - बिबा तामाङ, दार्जिलिङ
[५७]
जीवन
कठिन यात्रा
नाप्न नसकिने मात्रा ! - सरिता सेढाई, धादिङ
[५८]
सृष्टि
जन्मनु फैलिनु
मैलिनु अनि सड्नु ! - ऋजु दिल्पाली
ईटहरी-१, सुनसरी
[५९]
जिन्दगी
रहेछ आधा
टुट्न नदिउँ आशा ! - सुरेश न्यौपाने, कैलाली
[६०]
गीता
दिन्छ ज्ञान
एकदिन पुग्नुपर्छ चिता ! - दीपा गुरुङ समभाव
दुबेकोल, खोटाङ
[६१]
जीवनचक्र
आदिदेखि अनन्तसम्म
ब्रह्माण्डको सुन्दर सृजना ! - श्रद्धा आचार्य, पोखरा
[६२]
परिवार
नाता रगतको
भलो जीवन जगतको ! - पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’
पनौती न.पा-३, काभ्रे
[६३]
जीवन
घुमिरहने चक्र
भेटिदैँन कहिल्यै वक्र ! - शोभा आचार्य गौतम, काठमाडौँ
[६४]
सफल
गरेमा हुन्छ
हरेक समस्याको हल ! - खडक आर सि मिलन
छेडागाड नपा-२, साल्मा, जाजरकोट
[६५]
जिन्दगी
पानीको थोपा
झरेर हुन्छ विलिन ! - त्रिलोक रामदामली