लघुकथा विशिष्ट प्रतियोगिता- २०८१ को सञ्चालन

  • २२ फाल्गुन २०८१, बिहीबार १९:१४ मा प्रकाशित
  • नमस्ते आधुनिक लघुकथा मञ्चले लघुकथा विशिष्ट प्रतियोगिता- २०८१ को आयोजना गर्ने भएको छ । मञ्चले एक सूचना जारी गर्दै सो जानकारी दिएको हो ।

    मञ्चका संस्थापक अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’का अनुसार उक्त प्रतियोगिता २ चरणमा सञ्चालन हुनेछ । पहिलो चरणमा नेपालभित्रका सातै प्रदेशमा प्रदेशगत र मुलुकबाहिर परदेशगत गरी ८ उपचरणमा सञ्चालन हुने र प्रतियोगिताको दोस्रो चरणमा प्रथमचरणबाट प्राप्त नतिजाबाट निर्णायक मण्डलले मूल्याङ्कन गरी अन्तिम नतिजा निकालिने अध्यक्ष शर्माले बताउनुभयो ।

    प्रतियोगिताको सुरुआत सुदुरपश्चिम प्रदेशबाट गर्न लागेको नमस्ते आधुनिक लघुकथा मञ्चले प्रतियोगिता सुरु हुनु अगावै प्रतियोगिता सम्बन्धी सूचना जारी गरिसकेको छ । जस अनुरुप सुदुरपश्चिम प्रदेश अन्तर्गतका लघुकथाकारहरूले २०८१ साल फागुन २५ गते राति १२ बजेदेखि २०८१ चैत २ गते राति १२ बजेसम्म आफ्ना प्रतियोगी लघुकथा मञ्चको इमेल ठेगानामा पठाउन सक्नेछन् ।