एनआरएनए साउदीद्वारा श्रमिक समस्या समाधान सम्बन्धी अन्तरक्रिया गर्दै

  • २८ फाल्गुन २०८१, बुधबार २२:५७ मा प्रकाशित
  • गैरावासी नेपाली सङ्घ साउदी अरबको सहकार्यमा श्रमिक समस्या समाधान नेपाली राजदूतावास र नेपाली सामुदायिक संस्थाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम हुने भएको छ।
    गैरावासी नेपाली सङ्घ साउदी अरबद्वारा विभिन्न संघसंस्थाहरूलाई पत्रमार्फत जानकारी गराउँदै कार्यक्रममा सहभागीता जनाइदिनुहुन अनुरोध गरिएको छ।

    उक्त कार्यक्रम दमाम सीको गार्डेन स्थित होलिडेज रेस्टुरेन्टको सभाहलमा बिहिबार साँझ ७:३० देखि १० बजेसम्म हुने भएको छ भने कार्यक्रमका मुख्य अतिथिका रूपमा साउदी अरबियाका लागि नेपाली राजदूत नरेश ढकाल लगायत श्रम काउन्सुलर कविराज उप्रेतिको उपस्थिति रहने बताईएको छ।