“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसयचौतीसौंअभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा आज सरस्वती पूजा विद्याकी खानी देवी भएको हुनाले सोही अनुरूप पञ्चाङ्ग लेख्नु हुन अनुरोध छ।
अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१३४—————-

विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
मिति:- २०८१/१०/२८
पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
……………………………………….
प्रशिक्षक:-
……………
सोमनाथ लुइटेल
गुणनिधि घिमिरे
सुशीला पौडेल
………………………
भाषा शुद्धीकरण:-
———–
भवानी घिमिरे
पशपती राई
सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य
संयोजक:-
सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================
अक्षर सङ्ख्या:- [बराबरी]
अनुप्रास :- आफुखुसी
स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१
मुर्कुट्टाहरू आउँछन् आफ्नै बनेर सुन्दर भेषमा।
बालुवाकाे महलमा खाल्टाे खनेर सुन्दर भेषमा ।
आफैले गरिरहेकाे त्याे सुुकर्मकाे प्रतापले हाे कि,
कहिलेकाहीँ आउँछ सुख गनेर सुन्दर भेषमा।
सपनाहरू पनि साँचाे हाे भनेर सुन्दर भेषमा।
पञ्चाङ्ग:०२
राम्रो कामहरू गरेर देखाउनु छ।
धेरै खुशीहरू छरेर देखाउनु छ।
हुन्छ धेरै उतार चढाव जीवनमा
सबै दु:खहरू हरेर देखाउनु छ।
पछि हैन अघि सरेर देखाउनु छ।
-सुशीला पौडेल
पञ्चाङ:०३
चिन्ताले जीवनमा दु:ख मात्र दिएको देखिन्छ,
किन हो कुन्नि आँखा भरि आँसु लिएको देखिन्छ।
जमनालाई दिमागमा भण्डार गरेर आउँदा
मनमा पिर भएर उसले पिएको देखिन्छ ,
दिन प्रतिदिन आफ्नो स्वरुप खिएको देखिन्छ।
-दुर्गा आचार्य
मोरङ
ॐ
पञ्चाङ्ग:०४
लगाउदै छन् माला प्रभु
जनता काढ्दै छाला प्रभु
सत्ता हात पारेर ढुक्क
छैन , बाेलेकाे चाला प्रभु
याे देश कता जाला प्रभु ?
-प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे ।
पञ्चाङ्:०५
वसन्त ऋतुमा मुना पलाउने बेला
टुनामुनाले हृदय चलाउने बेला
प्राकृतिक सौन्दर्यमा मुना र मदन
प्रेमले ईर्ष्यालु भाव जलाउने बेला
के गर्दैछन् मनमुटु गलाउने बेला ।
✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
पञ्चाङ्ग-०६
यो जीवन त एकदिन मरेर गइहाल्छ
जे जति गर्न सक्यो त्यति गरेर गइहाल्छ
मर्नु अघि नै आफ्नो कहानी भन्छु भन्दाभन्दै
खुसुक्क ऊ भवसागर तरेर गइहाल्छ
फेरि आउँछु भन्दै भ्रम छरेर गइहाल्छ।
-पशपती राई खोटाङ ।
पञ्चाङ्ग :०७
मेरो मनमा चोट परेको छ।
अत्याचार दिनहुँ गरेको छ।
कसले बुझ्ने मनको भावना,
यी आँखाबाट आँसु झरेको छ।
दुखाइले बसाई सरेको छ।
-ह्यारिस
पञ्चाङ्ग:०८
मेरो लागि तिमी खास हौ
ढुकढुकी चल्ने सास हौ
तिमीलाई के थाह छ र,
सधैं वरिपरि रास हौ
साँझ पख बस्ने बास हौ ।।
धनमाया चौधरी कैलाली
पञ्चाङ्ग:०९
भक्तिमा शक्ति हुन्छ मानौँ प्रभुकै भर पक्कै
यो जगत बनाए प्रभुले रक्षा गर पक्कै
अन्तर्यामीले बुझ्ने सबथोक मनका कुरा
इच्छा भए पक्कै प्रभुले दिनेछन् वर पक्कै
शेषमा आत्माले शान्ति नपाउने डर पक्कै।
– कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
पञ्चाङ्ग १०
सम्पूर्णकाे मुखमा सरस्वतीकाे बास हाेस्
दुःख सबै हटेर जाओस् खुसीको सास हाेस्
देवी देउता दाइना हाेउन जीवनमा
सबैको घर ,घरमा नै अन्नको रास हाेस्
जीवनमा सुख,शान्ति र समृद्धि खास हाेस्
नाम केसर बाेहरा ( सङ्घर्ष )
सुदूरपश्चिम अछाम ।
हाल भारतबाट ।।

