साप्ताहिक पञ्चाङ्ग भाग- १३३

  • ७ फाल्गुन २०८१, बुधबार ०६:२५ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसयतेतीसौंअभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा आज विद्याकी खानी र आस्थाकी देवी सरस्वती पूजा भएकोले सोही अनुरूप पञ्चाङ्ग लेख्नु हुन अनुरोध छ।
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१३३—————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८१/१०/२१
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    भवानी घिमिरे
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग: ०१
    सरस्वतीको बास होस् ।
    दुःख सबैको नाश होस् ।
    ज्ञानको प्रकाश छरुन् ,
    सुख शान्तिको रास होस् ।
    आजको दिन खास होस्।
    -सुशीला पौडेल

    पन्चाङ्ग:०२

    बिद्याकी देवी हौ सरस्वती आज जन्म दिनमा
    हामी सन्तती गर्छौँ पुजाको काज जन्म दिनमा
    वसन्त श्रवण सुन्दर छ कोकिल कुहु कुहु
    प्राणी,बोट,बिरुवा नमानी लाज जन्म दिनमा
    प्रकृति लोकमा लुकाउँछिन् लाज जन्म दिनमा ।

    कमला देवकोटा , पाल्पा

    पञ्चाङ्ग:०३
    सरस्वतीको पूजा गर्छु म।
    यिनैको चरणमा पर्छु म।
    ज्ञान दिनु माता सधैंभरि,
    तिम्रै पाउँ नजिक सर्छु म।
    तिम्रो साथ समुद्र तर्छु म।
    -ह्यारिस

    पञ्चाङ्ग:०४

    बिन्ति गर्छु माता
    पाउ पर्छु माता
    विद्या देऊ धेरै ,
    ज्ञान भर्छु माता
    पार तर्छु माता ।

    -भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०५
    अज्ञानीलाई ज्ञानी बनाऊ
    अत्यन्त भाग्यमानी बनाऊ
    तिमी नै हौ सर्वव्यापी माता
    मलाई विद्या खानी बनाऊ
    नमाने पनि तानी बनाऊ।।
    -घनश्याम पौडेल,पोखरा

    पञ्चाङ्ग:०६
    अज्ञान सखाप पार्ने देवी तिमी
    ज्ञान र विवेक सार्ने देवी तिमी
    नामै छ काफी तिम्रो सरस्वती है,
    मुर्खको मुर्खता झार्ने देवी तिमी
    विणा र पुस्तक नार्ने देवी तिमी ।।
    -धनमाया चौधरी कैलाली

    पञ्चाङ्ग-०७
    विद्या आर्जन गर्ने हो भने पूजा मात्रै गरेर हुँदैन
    पूजा गरी प्रसादले टन्न घ्याम्पे भुँडी भरेर हुँदैन
    खासमा पुस्तकको अध्ययन नै सरस्वतीको पूजा हो
    नपढी किताब सरस्वतीकै भरमा परेर हुँदैन
    सड्ढल्प लिनु ज्ञानको मनमै भ्रम छरेर हुँदैन।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०८
    सरस्वती माता पाउ पर्छु तिम्रो ,
    सधैंभरि कोमल मन भर्छु तिम्रो ।
    शरणमा परेर बिन्ती चढाउँछु।
    म छेउ छेउमा अगाडि सर्छु तिम्रो
    मत दिनै पिच्छे पुजन गर्छु तिम्रो ।

    -दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०९
    माता तिम्रै शरणमा पर्छु म।
    दुई हात जोडी बिन्ती गर्छु म
    पुजकी तिमी ज्ञानकी बिधाता,
    तिम्रै चरणमा मन भर्छु म।
    हुँदा मुर्खतामा भोकै मर्छु म।
    -टिकाराम पुन टिपु।

    पञ्चाङ्ग:१०

    माता शारदा तिम्रै शरण पर्छु म
    तिम्रै महिमा नित्य जगमा छर्छु म।
    देऊ आशिष धेरै मलाई माताजी
    नित्य आमाकै आज्ञा पालन गर्छु म
    तिम्रै पुस्तक यही काँधमा धर्छु म ।।
    -तीर्थराज जोशी कैलाली
    पञ्चाङ्ग:११


    तिमी ! सरस्वती माता भारती
    हाम्राे नि ध्वनीकि दाता भारती
    शब्द सँगै भाव जन्म्याै तिमीले
    विश्व भाषाकाे हाै छाता भारती
    जीवजगत् बन्याै गाता भारती ।
    -प्रद्युम्न चालिसे