“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एकसय एकतीसौंअभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ:
अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१३१——————-
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
मिति:- २०८१/१०/०७
पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
……………………………………….
प्रशिक्षक:-
……………
सोमनाथ लुइटेल
गुणनिधि घिमिरे
सुशीला पौडेल
………………………
भाषा शुद्धीकरण:-
———–
भवानी घिमिरे
पशपती राई
सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य
संयोजक:-
सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================
अक्षर सङ्ख्या:- [बराबरी]
अनुप्रास :- आफुखुसी
स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१
कर्म गर फलको आश नगर।
प्यास लाग्दा जलको आश नगर।
हाँसो खुसीमा हजारौं हुन्छन् यहाँ,
दुःख पर्दा दलको आश नगर।
बलियाको बलको आश नगर।
सुशीला पौडेल
पञ्चाङ्ग:०२
देशमा शान्ति छैन कहर छ
मुखबाट निस्कने जहर छ
कति सम्म अर्काको आस गर्नु
खेतमा पानी छैन नहर छ
प्रत्येक नहरमा पहर छ ।।
धनमाया चौधरी कैलाली
पञ्चाङ्ग:०३
आफू मनपरि गर्छ समय उल्टो चल्यो भन्छ
दोष मात्रै हेरेर आँखाको नानी नै गल्यो भन्छ
हल्लामा रमाउने बानी छ राम्रो कुरा देख्दैन
देहमा गरेर श्रृङ्गार सुन्दरता फल्यो भन्छ
बाहिरी सुन्दरता हेरेर दुनिया जल्यो भन्छ।
-पशपती राई खोटाङ ।
पञ्चाङ:०४
चिन्ताले जीवनमा दु ख मात्र दिएको देखिन्छ,
किनहो कुन्नि आँखा भरि आँसु लिएको देखिन्छ।
जमनालाई दिमागमा भण्डार गरेर आउदा
मनमा पिर भएर उसले पिएको देखिन्छ ,
दिन प्रतिदिन आफ्नो स्वरुप खिएको देखिन्छ।
दुर्गा आचार्य
मोरङ
पञ्चाङ्ग:०५
शान्ति छैन कहिँ कतै पनि यहाँ दुखै दु:खको भेल छ
ईमानदार छैनन् खोज्दा छन् खाली फसाउनेको खेल छ
यो देशमा जुन जोगी आए पनि कानै चिरेको भने झै ,
केही गर्छु भन्ने स्वाभिमानी नेपालीको हातमा नेल छ
नेताहरु खानमा एक विकासमा आपसी बेमेल छ ।
दुर्गा भट्टराई
मोरङ
पञ्चाङ्ग::०६
दीप जस्तै जलेर उज्यालो छर्नु छ
दुःख र पीडा जति सबैको हर्नु छ
भनिन्छ मानिसको जुनी एकबार,
खुसी बनाउन आफ्नै भर पर्नु छ
सबैको कल्याण हुने काम गर्नु छ।
ह्यारिस
पञ्चाङ्ग:०७
विश्वासघात पाप हाे , गर्नु हुँदैन ।
विकृतिका बीजहरु , छर्नु हुँदैन ।
निष्ठा बाँच्न सिकौं सधैं , दुःख पर्दानी ,
लिप्साहरुकाे जालाेमा , पर्नु हुँदैन ।
कालले नटिपे सम्म , मर्नु हुँदैन ।
तीर्थराज जाेशी , कैलाली
ॐ
पञ्चाङ्ग:०८
मायाकाे जाल बुझ
हत्ते न हाल बुझ
अल्लारे बेला साेच
समय काल बुझ
जुवाकाे खाल बुझ ।
प्रधुम्न चालिसे