साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ११५

  • २४ माघ २०८१, बिहीबार ०९:३४ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयपन्ध्रौंऔमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८१/१०/१७गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: ११५[एकसयपन्ध्रौंऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पाली
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    पशपती राई

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    पञ्चाङ्ग:०१
    हिमालको देशको मान छ।
    नेपालीको गर्विलो शान छ।
    साना दुःखले छैन आर्ज्याको,
    हाम्रो आफ्नै राष्ट्रिय गान छ।
    गोर्खालीको युद्धको थान छ।
    सुशीला पौडेल

    पञ्चाङ्ग-०२
    हाम्रो हिमाल छ भन्दै गौरव मात्रै गर्नु कत्ति
    उँभो जान मान्दैनन् कोही उँधो मात्रै झर्नु कत्ति
    बिना खुट्टा पनि चढेर हिमाल गरे कमाल
    खुट्टा हुँदा पनि हामी अर्काको भर पर्नु कत्ति
    जन्मेका छौं हिमालकै काखमा मात्रै मर्नु कत्ति।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०३
    हाम्रो गौरव उच्च हिमाल जहाँ सदाशिवको बास हुन्छ
    विश्वको अग्लो शिखर चुम्ने पर्यटकहरूको आस हुन्छ
    देशको नीति व्यवस्था सत्यम् शिवम् सुन्दरम् भएको खण्डमा
    राष्ट्र उठाउने आघार मात्रै हिमालको आसपास हुन्छ
    गरिबीको रेखामुनि जनता गाँस बास न कपास हुन्छ ॥

               गुणनिधि घिमिरे अमेरिका r

    पञ्चाङ्ग:०४
    हिमाल हाम्रो शान छ।
    नेपाली हाम्रो मान छ।
    जिउन पाऊँ नेपाली भै,
    प्रसस्त फल्ने धान छ।
    सुन्दर राष्ट्र गान छ।
    सुमित्रा पोखरेल काठमाडौ ।
    पञ्चाङ्ग-५
    निलाे आकाश हेरेर आमा
    चिसो बतास फेरेर आमा
    बसेकी थपक्क गाेरी छाेरी
    पहाडी पाखा बेरेर आमा
    सिमानालाई घेरेर आमा ।

    भवानी घिमिरे
    सर्लाही ।