साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग-११४

  • २४ माघ २०८१, बिहीबार ०९:२६ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसय चौधौँमाहामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८१/१०/१०गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: ११४[एकसयचौधौँऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पाली
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    पशपती राई

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~

    पञ्चाङ्ग:०१
    देशको माया हामी सबैमा हुनु पर्छ।
    हाम्रो यो सिमाना मिच्नेलाई धुनु पर्छ।
    नेपाल छ नै नेपाली भन्न पाएका हौँ,
    देश जोगाउन एकजुट हुनु पर्छ।
    सदैव जन्मभूमिको माटो छुनु पर्छ।
    सुशीला पौडेल

    पञ्चाङ्ग-०२
    मरेर कति बाँच्नु बाँचेर एकदिन मरी हेर
    देशभक्ति कस्तो हुन्छ इतिहासतिर सरी हेर
    उम्रन्छ फेरि यै माटोमा देशभक्त र राष्ट्रियता
    खनेर प्रयोग आफैंलाई एकचोटि गरि हेर
    पू्र्खाले सिर्जेको धर्तीमा उर्जाको बिउ छरी हेर।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०३
    आफ्नो देशलाई माया गर बेग्लै मान हुन्छ,
    मनमा राष्ट्रियता बोक्नेहरुको सान हुन्छ।
    सबैले नभुल्नु कहिल्यै राष्ट्र र राष्ट्रियता ,
    सिमानामा त जहिल्यै पनि तानातान हुन्छ,
    सगरमाथामा झण्डा गाड गुन गान हुन्छ।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०४
    देशको माया छ माटोकाे माया छ
    टलल टल्केकाे हिमालको छाया छ
    वैरीकाे आँखा पर्दैन ढुक्क हुनु
    उम्लेकाे रगत गाेर्खेकाे काया छ
    चन्द्र सूर्य यहाँ झण्डाकाे साया छ ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग;०५
    विश्वमा चिनाउने गान हो झण्डा
    यो नेपालीहरुका सान हो झण्डा
    वीर नेपाली झुक्न जानेको छैन ,
    सूर्य चन्द्र अंकित मान हो झण्डा
    प्रत्येक नेपालीका जान हो झण्डा ।
    धनमाया चौधरी कैलाली

    पञ्चाङ्ग:०६
    शशी सूर्य ध्वजा मेराे , यही सान सिकाउँछ।
    धरा स्वर्ग यही देश , मिठाे गान सिकाउँछ ।
    जता जाउँ यतै याद , हुने गर्छ घरि घरि ,
    यही ध्वजा उठे मात्रै , झनै मान सिकाउँछ ।
    उठौं जागौँ सबै हामी , यही ज्ञान सिकाउँछ ।
    —-====== तीर्थराज जाेशी , कैलाली

    पञ्चाङ्ग:०७


    विधि,नीतिमा नचल्दा शासन व्यवस्था फेल भयाे दाजै
    देशको हितमा हैन केवल स्वार्थमा मेल भयाे दाजै
    नेतृत्व अत्यन्तै सफल भए आहा महलमा छ बास
    गाँस जुटाउन नसकी जनकाे निस्केको छ तेल दाजै
    बाझाबाझ खाएका आलाेपालाे सत्ताकाे खाए सेल दाजै ।
    -प्रद्युन्न चालिसे