“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयतेह्रौंऔमा हामी पुगेका छौं।
लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
मिति:- २०८१/०९/२५गते
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: ११३[एकसयतेह्रौंऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
सोमनाथ लुइटेल “रवि पाल्पली
गुणनिधि घिमिरे
सुशीला पाैडेल
चित्र संकलन
सुशीला पाैडेल

संकलन
सुशीला पौडेल
दुर्गा रिजाल आचार्य
शुद्धीकरण
भवानी घिमिरे
जमुना आचार्य
पशपती राई
पुष्पा नेपाल (सुवेदी )
संरचना
अनुप्रास :- आफू खुसी
स्थायी :- आफू खुसी
अक्षर :- बराबरी
समायोजक
सोमनाथ लुइटेल “रवि पाल्पाली”
तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]~~~~~
पञ्चाङ्ग:०१
सुन्दर ठाउँ हेर्न जानु छ।
केही अक्षर केर्न जानु छ।
हेरि रहुँ लाग्ने ठाउँ देख्दा,
चैनको सास फेर्न जानु छ।
सुन्दरताले घेर्न जानु छ।
सुशीला पौडेल
पञ्चाङ्ग:०२
तिमी मायावी गाउँ बसाऊ,सहर बसाऊ,
नसोचेको अतृप्त मनमा रहर बसाऊ
आनन्द लिनेछु म तिमीलाई हेरेर सधैँ
बगैंचाको बिचमा सुन्दर नहर बसाऊ
पिएर सुत्न पाऊँ नसालु जहर बसाऊ।
होमप्रसाद नेउपाने
धरान,सुनसरी ।
पञ्चाङ्ग:०३
सुन्दर हिमाल पारि सहर पाइन्छ
सजाउन त मनका रहर पाइन्छ ।
पूर्व र पश्चिम सम्म छङ्ग छङ्ग बग्ने
ठाउँ ठाउँमा अनेक नहर पाइन्छ,
प्रकृतिले दिने मिठो ठहर पाइन्छ।
दुर्गा आचार्य
मोरङ
पञ्चाङ्ग:०४
सुन्दर मनमोहक स्थान कसलाई मन पर्दैन र यहाँ।
हिडिरहने कुनचाहिँ त्यो बटुवाको मन हर्दैन र यहाँ।
चारैतिर हरियाली कलकल झरनाको ठण्डी मीठो पानी।
थकाई मारेर सुस्ताउन कसले पो मन गर्दैन र यहाँ।
क्षितिजबाट सुर्यले आफ्नो किरण किन छर्दैन र यहाँ।
मल्ल लक्ष्मी श्रेष्ट
मेची किनार
बिर्तामोड झापा
पञ्चाङ्ग:०५
सुन्दर हरियाली जंगलको बिचमा घर कस्तो
पुग्नलाई कठिन हाेला लाग्दाे रहेछ डर कस्तो
फुलिरहेका फूल अनि झरनाले शाेभा बढायाे
मान्छे र प्रकृतिमा पनि हुने रहेछ भर कस्तो
भेदभाव छैन प्रकृतिको काे वर काे पर कस्ताे !
उर्मिला के.शी.
धनकुटा
पञ्चाङ्ग:०६
आहा कति सुन्दर हरियाली त्यहाँ,
पक्कै हेरचाह गर्ने छ,माली त्यहाँ,
सृष्टिको नि चाहिन्छ पालनपोषण,
सजावटले, देखिदैन खाली त्यहाँ
जाऊँ फूल टिप्न लिएर थाली त्यहाँ ,
शोभा आचार्य गौतम
काठमाडौँ
पञ्चाङ्ग-०७
फूल बनि बगैंचामा एकदिन फुलिदिनु छ
काँडाको बीचमा पनि हाँसी हाँसी खुलिदिनु छ
आखिर मेरो भन्ने के छ र यहाँ ?सबै भ्रम हो
माया मोह अनि पिर व्यथा सबै भुलिदिनु छ
प्रकृतिको अंस हुँ म प्रकृतिमै घुलिदिनु छ।
-पशपती राई खोटाङ ।
पञ्चाङ्ग:०८
कस्तो राम्रो ठाउँ हेरम् जस्तो लाग्ने
मनभित्र चित्र केरम् जस्तो लाग्ने
हरियाली भरिपूर्ण दृश्य रहेछ,
झरनाको पानी सेरम् जस्तो लाग्ने
नुहाएर लुगा फेरम् जस्तो लाग्ने ।।
धनमाया चौधरी कैलाली
पञ्चाङ्ग:०९
सुन्दर बीज छर्न मन छ।
दुःख र पीडा हर्न मन छ।
हेर्दा राम्रो प्राकृतिक ठाउँ,
यसको भर पर्न मन छ।
राम्ररी काम गर्न मन छ।
ह्यारिस