पूर्वमन्त्री महत साउदी अरब आउँदै

  • ६ फाल्गुन २०८१, मंगलवार १८:१७ मा प्रकाशित

  • नेपाली जनसम्पर्क समिती, साउदीअरबको आउँदो २१ फेब्रुअरी २०२५, शुक्रबारका दिन हुने पूर्वी क्षेत्रको दोस्रो क्षेत्रीय अधिवेशन”मा नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवंम प्रवक्ता तथा पूर्व मन्त्री डा. प्रकाश शरण महत मुख्य अतिथिका रूपमा आउने भएका छन।

    जनसम्पर्क समिती,साउदी अरबका महामन्त्री सुरेज सुरेशराज त्रिपाठीले दिएको जानकारी अनुसार कार्यक्रम दमामको सिको गार्डेन स्थित होलिडे रेस्टुरेन्टको सभा हलमा दिउँसो १२ बजेदेखि गरिने भएको छ।

    भने उक्त कार्यक्रममा उपस्थिति भइदिन साउदी अरबमा रहेका सम्पूर्ण नेपालीलाई त्रिपाठीले आह्वान गरेका छन्।