“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एकसय उतीसौंअभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ:
अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१३०———————-
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
मिति:- २०८१/०९/२९
पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
……………………………………….
प्रशिक्षक:-
……………
सोमनाथ लुइटेल
गुणनिधि घिमिरे
सुशीला पौडेल
………………………
भाषा शुद्धीकरण:-
———–
भवानी घिमिरे
पशपती राई
सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य
संयोजक:-
सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================
अक्षर सङ्ख्या:- [बराबरी]
अनुप्रास :- आफुखुसी
स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१
शान्तिको दीपलाई जगाउनु पर्छ।
अबदेखि अशान्ति भगाउनु पर्छ।
गरिबी र बेरोजगारी अन्त्य गर्न,
सारा नेपालीलाई मगाउनु पर्छ।
दुष्ट आत्मा ठेगान लगाउनु पर्छ।
-सुशीला पौडेल
पञ्चाङ्ग-०२
सागर सम्मै पुग्नु पर्थ्यो बाटैमा सुकेजस्तो भो
भावहरु आउन छाड्यो खै कता लुकेजस्तो भो
निरन्तर धाउन छाड्यो खै किन हो पञ्चाङ्गले
बोल्यो मिठो कवि लेख्नलाई भने चुके जस्तो भो
पुसको चिसो रातमा कुकुरले भुके जस्तो भो।
-पशपती राई खोटाङ ।
पञ्चाङ्ग:०३
जसको कसम खाएको छौ उसलाई छोड भन्दिन म
अरूलाई रूवाएर त त्यो मन यता माेड भन्दिन म
सम्बन्ध भनेको क्षणिकलाई होइन जुनिभरिकाे हाे
त्यसैले कसैको खुसीनै लुटी सम्बन्ध जाेड भन्दिन म।
जिन्दगीको पनि ख्याल गर्नुपर्छ नाता तोड भन्दिन म
राज कुमार राजभण्डारी खाेटाङ्गे
ऐसेलुखर्क ३ खाेटाङ हाल भक्तपुर
पञ्चाङ्ग:०४
मायामा त हृदयले छुनु पर्छ।
दुःख र सुखमा साथ हुनु पर्छ।
जीवनमा आखिर के पाे हुन्छ र,
एक आपसकाे मैलाे धुनु पर्छ।
दु:खमा सँगै मिलेर रुनु पर्छ।
-ह्यारिस
पञ्चाङ्ग:०५
खुन चुसेर अर्काकाे , बाँच्नु पर्छ मैंले।
राग गाएर कानैमा , नाच्नु पर्छ मैंले ।
राेग सार्ने मच्छर हुँ , यस्तै जुनी पाएँ ,
मान्छे भेट्दा आनन्दता,साँच्नु पर्छ मैंले।
बास बस्न नि कम्मर भाँच्नु पर्छ मैंले ।
तीर्थराज जाेशी , कैलाली
पञ्चाङ्ग:०६
धेरै कुरा सिक्न पाएँ तिमीलाई विश्वास गरेर
धोखा पनि औधी खाएँ तिमीलाई विश्वास गरेर
हिजो आज आत्मादेखी मलाई माया नगरे पनि
मैले आज गीत गाएँ तिमीलाई विश्वास गरेर
म तिम्रो दिलमा छाएँ तिमीलाई विश्वास गरेर
मल्ल लक्ष्मी श्रेष्ट
मेची किनार
बिर्तामोड झापा