साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १८९ सम्पन्न

  • २७ पुष २०८१, शनिबार २१:३६ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १८९ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५७ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
    साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १८९ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-

    [१]
    मौसम
    सुन्दर पल
    जोडीको माया अटल !

    • वसन्त अनुभव
      [२]
      मौसम
      चिसो चल्दैछ
      पिडाले मन जल्दैछ !
    • भोज विवश मगर
      गैंडाकोट-३, नवलपरासी पूर्व
      [३]
      पन्छी
      चिसो मौसम
      जोडि नछुट्ने कसम !
    • रमा पन्त, पाल्पा
      [४
      माैसम
      वृक्षमा बसेका
      सुन्दर पक्षीकाे जाेडी !
    • केसर बाेहरा ‘सङ्घर्ष’
      अछाम, हाल- भारत
      [५]
      मौसम
      सुन्दर बहार
      जोडिको माया अपार !
    • बेदु न्यौपाने
      [६]
      तिर्सना
      हुने सबैमा
      माया आवश्यक दुबैमा !
    • कार्की डिबी माकुम
      सुनवल-४, नवलपरासी
      [७]
      चारो
      टिप्छन सङ्गै
      पर्छन दुनिया दङ्गै !
    • हीरामाया श्रेष्ठ
      गजुरी-१, धादिङ
      [८]
      प्रेमिल
      सुन्दर मुन्टो
      उघार्दै छन् घुम्टो !
    • भुपेन्द्र राना मगर
      धादिङ
      [९]
      मौसम
      चिसो छ
      स्वास्थ्यको ख्याल गर्नु !
    • दीप गोले तामाङ, रौतहट
      [१०]
      पल
      मायामा हेर
      नगर्नु छल बल !
    • दीपा गुरुङ ‘समभाव’
      खोटाङ
      [११]
      चरा
      रङ्गले हराभरा
      मौसमी प्रकृति धरा !
    • होमप्रसाद नेउपाने
      धरान, सुनसरी
      [१२]
      व्यस्तता
      रह्यो काम
      भएन कहिले आराम !
    • अन्मोल मुस्कान
      तकदाह छाउनी, दार्जिलिङ
      [१३]
      प्रकृति
      सबैको समान
      उत्तिकै रहन्छ योगदान !
    • सुरेशकुमार पाण्डे
      [१४]
      हरपल
      मायाकाे माैसम
      सहयात्रीहरू गर्दैछन् छलफल !
    • ताराप्रसाद चापागाईँ
      धुनिबेसी, धादिङ
      [१५]
      युगल
      चिसो मौसम
      प्रेममा भएका सफल !
    • आर्त अकुलीन
      [१६]
      नक्कल
      चराहरू खप्पिस
      कहाँबाट आयो अक्कल ?
    • दुर्गा अधिकारी भमरकोटे
      हाल- कपन
      [१७]
      जाडो
      बुढाबुढीलाई बन्ने
      उमेरको बिपत घाडो !
    • डा. देवी पन्थी
      [१८]
      चरी
      सबैका जोडी
      बसिरहेछन् एकछिन नछोडी !
    • चूडामणि देवकोटा
      पुरानो नैकाप, काठमाण्डौ
      [१९]
      माया
      अचम्मको भाव
      देखाउन नमिल्ने बस्तु !
    • बुद्धिप्रसाद लामिछाने, कैलाली
      [२०]
      पन्छी
      युगल जोडी
      आफ्नै संसारमा लिप्त !
    • राजाराम रत्गैंया, अमौरा, कैलाली
      [२१]
      माया
      सुन्दर संसार
      चलिरहेस् सधैँ सदाबहार !
    • दुर्गा भट्टराई, मोरङ
      [२२]
      अडिएको
      मायाले संसार
      प्रकृतिको नियमको अनुसार !
    • घनश्याम पन्त, हरिवन, सर्लाही
      [२३]
      आधुनिकीकरण
      समस्याको नवीकरण
      चिसो मौसमको सुद्धीकरण !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      [२४]
      चरा
      रङ्गिन धरा
      मायाले सिंगारिएका हराभरा !
    • टीकाराम पुन टिपु, सल्यान
      [२५]
      पवित्र
      प्रेमको जोडी
      बस्छ सम्बन्ध नतोडी !
    • केन्द्रप्रकाश बराल, इलाम
      [२६]
      प्रकृति
      अनमोल कला
      भिन्न प्रकारका चरा !
    • समुन्द्रा शर्मा, सुनसरी
      [२७]
      हाँगामा
      एक जोडी
      रमेका देखियो मायामा !
    • बि के विरही, टीकापुर
      [२८]
      जोडी
      आफ्नै संसार
      सुमधुर सम्बन्धको पहिचान !
    • प्रेम थापा ‘मन’, बागलुङ
      [२९]
      माया
      अदृश्य भावना
      सबैको पाउने चाहना !
    • रुना कर्माचार्य दाहाल
      चितवन
      [३०]
      चरा
      चारा खोजी
      डालीमा युगल जोडी !
    • कमला देवकोटा, पाल्पा
      [३१]
      माया
      मनको भाव
      चिरबिर छोड्छ राग !
    • सविता के.सी.
      [३३]
      सम्बन्ध
      तिम्रो विश्वास
      हाम्रो संसार खास !
    • हिमाल अम्मै, घोडाघोडी, कैलाली
      [३४]
      जोडी
      प्रेमलाई रोजी
      नौलो संसारको खोजी !
    • पशपती राई, खोटाङ
      [३४]
      पक्षी
      अटल जोडी
      माया चराचरको आधार !
    • गोपालप्रसाद पौड्याल
      [३५]
      पन्छीका
      सुन्दर जोडी
      रमाउदैछन् चुच्चो मोडी !
    • सरिता काफ्ले
      कोहलपुर-८, पिपिरी, बाँके
      [३७]
      साहारा
      जीन्दगी भरिको
      एकाअर्कामा निभाउँदै अभिभारा !
    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन न.पा.-६, संखुवासभा
      [३८]
      जोडी
      सुन्दर पन्छी
      बसेका सिउर ओढी !
    • धनमाया चौधरी, कैलाली
      [३९]
      पल
      मायालु जोडी
      बसे एकान्त खोजी !
    • कला ढकाल, झापा
      [४०]
      माया
      भावनात्मक सम्बन्ध
      प्राकृतिक प्रकृया कायाकल्प !
    • विवश पारदर्शी, झापा
      [४१]
      चरी
      सुन्दरताले हरिभरी
      यहाँ छन् अनेकथरी !
    • नागेन्द्रप्रसाद यादव
      [४२]
      चरा
      सुहाउँदो जाेडी
      जाँदैनन् जङ्गल छाेडी !
    • रवि पाैडेल, दक्षिण भारत, पाण्डेचरी
      [४३]
      चरा
      सुन्दर हेर्दा
      जोडामा मायाले बेर्दा !
    • भगवती दवाडी, झापा
      [४४]
      माया
      गाढा हुँदा
      तिमी म बिचमा !
    • लक्ष्मी रिजाल
      रूपनगर, सप्तरी
      [४५]
      सुन्दर
      जोडी चरी
      रमाउँदै आफै मनपरी !
    • चक्र शाही, लम्की, कैलाली
      [४६]
      युगल
      न्यानो माया
      प्रकृतिको अनमोल छाया !
    • सरस्वती श्रेष्ठ, रुपन्देही, बुटवल
      [४७]
      चरा
      जङ्गल भरि
      कति सुन्दर जोडी !
    • अनिता भण्डारी, ताप्लेजुङ
      [४८]
      पन्छी
      युगल जाेडी
      प्रेमको इन्द्रेणी रङ्ग !
    • श्रद्धा आचार्य, पोखरा
      [४९]
      पन्छी
      युगल जाेडी
      प्रेमको इन्द्रेणी रङ्ग !
    • श्रद्धा आचार्य, पोखरा
      [५०]
      अनौठा
      सन्दर पछी
      प्रकृतिको उपहार छत्र !
    • कण्ठ राज गिरी
      [५१]
      जीवन
      प्रकृतिकाे उपहार
      प्राणतत्व जाेडीकाे साथ !
    • टीकाराम जाेशी, टीकापुर
      [५२]
      सुन्दर
      पक्षीको जोडी
      माया ममता सधैँभरि !
    • सरस्वती वली
      [५३]
      टोपी
      लगाएका जोडीले
      जगतलाई नै हँसाए !
    • नन्दलाल आचार्य
      बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर
      [५४]
      जोडी
      परेवा जोडी
      खुसीले मायामा रमाउने !
    • बिबा तामाङ, दार्जिलिङ
      [५५]
      जाेडी
      माया पिरती
      माया बुन्दा व्यस्तता !
    • भाेलामान बर्देवा
      धरान-८, सुनसरी
      [५६]
      माया
      सुन्दर पल
      एक अर्काको छाया !
    • सुरेश न्यौपाने
      [५७]
      जोडी
      आपसी साथ
      साथमा सुन्दर प्यार !
    • कविता आचार्य, कैलाली