साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १८४ सम्पन्न

  • २७ पुष २०८१, शनिबार २१:२२ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १८४ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६१ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
    साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १८४ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-

    [१]
    टुहुरो
    सडक बास
    कबाडी बेचेर गास !

    • वसन्त अनुभव
      [२]
      टुहुराे
      सडकमा बालक
      जिन्दगी छ बिचल्लीमा !
    • केसर बाेहरा ‘सङ्घर्ष’
      अछाम, हाल- भारत
      [३]
      टुहुरो
      सडकमा बिचल्ली
      हुनेखानेहरूको भयो हल्लीखल्ली !
    • भोज विवश मगर
      गैँडाकोट-३, नवलपरासी पूर्व
      [४]
      बालक
      हुनेखाने होटलमा
      हुँदा खाने सडकमा !
    • रमा पन्त
      पाल्पा हाल: न्युजिलैन्ड
      [५]
      टुहुरो
      सडकमा बास
      खानेकुराको छैन आस !
    • बेदु न्यौपाने
      [६]
      दुर्भाग्य
      टुहुरो भएमा
      कष्टकर जीवन रहेमा !
    • कार्की डिबी माकुम
      सुनवल-४, नवलपरासी
      [७]
      गरिबी
      बुझ्दैन सरकार
      अँध्याराे भविष्य बालककाे !
    • ताराप्रसाद चापागाईँ
      [८]
      बालक
      कर्ममा विवश
      पढ्ने लेख्ने उमेरमा !
    • दुर्गा अधिकारी भमरकोटे, कपन
      [९]
      झाेली
      माग्नेकाे खाली
      गाेदामभरि अन्नका बाेरा !
    • नवराज भट्ट, कञ्चनपुर
      [१०]
      निसाह्य
      टुहुरो भएपछि
      हेपिन्छन् कोही नरहेपछि !
    • चूडामणि देवकोटा, पुरानो नैकाप, काठमाण्डौँ
      [११]
      पीडा
      आमा नहुँदा
      गाँस बास सडकमा !
    • भुपेन्द्र राना मगर, धादिङ
      [१२]
      चाहाना
      बालकको सोच
      जन्माउने छोडने चलन !
    • चक्र शाही, लम्की, कैलाली
      [१३]
      आश
      सडकको बास
      टुहुरोपन बन्दै अभिशाप !
    • हिमाल अम्मै, घोडाघोडी, कैलाली
      [१४]
      अनाथ
      सडकको साथ
      धेरै देखिन्छ जमात !
    • घनश्याम पौडेल, पोखरा
      [१५]
      जिन्दगी
      अङ्कुरण अवस्था
      सुखसयलको भएन अवस्था !
    • सविता के.सी.
      दक्षिणकाली-९, काठमाडौँ
      [१६]
      बालक
      सडकमा बास
      छैन कसैको साथ !
    • कला ढकाल, झापा
      [१७]
      टुहुरो
      एक्लो जिन्दगी
      मनमा भिषण सुनामी !
    • प्रेम थापा ‘मन’, बागलुङ
      [१८]
      टुहुराे
      बालककाे खल्ती
      कपडा बेच्दा गल्ती !
    • श्रीकृष्ण धामी, बझाङ
      [१९]
      सङ्घर्ष
      आफ्नो जीवन
      दुःख कष्ट संसार !
    • घनश्याम पौडेल
      गौरीगङ्गा-९, कैलाली
      [२०]
      भाग्य
      एकल यात्रा
      दैव पनि निष्ठुरी !
    • कविता आचार्य, कैलाली
      [२१]
      जिन्गी
      आँसके कहानी
      भुँख पियास बलिदानी !
    • सागर कुस्मी, कैलाली
      [२२]
      अनाथ
      सडकको बास
      छैन गास कपास !
    • धनमाया चौधरी, कैलाली
      [२३]
      टुहुराे
      दु:खकाे जिन्दगी
      सपना सधैँ अधुरो !
    • राज कुमार राजभण्डारी खाेटाङे
      मध्यपुर ठिमी-५, राधे राधे, भक्तपुर
      [२४]
      ओहो
      यस्तो जिन्दगी
      बाँच्ने को हो ?
    • नागेन्द्रप्रसाद यादव
      [२५]
      टुहुरो
      अनन्त जिउने
      सपना सधैँ अधुरो !
    • विवश पारदर्शी, झापा
      [२६]
      अनाथ
      छैन आस
      सधैँ सडकको बास !
    • बुद्धिप्रसाद लामिछाने, घोनपा-८, कैलाली
      [२७]
      गरिबी
      पिठ्युँमा पाेकाे
      पेटभरि खाने धाेकाे !
    • भवानी घिमिरे, सर्लाही
      [२८]
      बालक
      अभिभावकको अभाव
      ट्याग सडक छाप !
    • कमला देवकोटा, पाल्पा
      [२९]
      टुहुरो
      बिचरा बबुरो
      बिहिन गाँसबास टहरो !
    • केन्द्रप्रकाश बराल, इलाम
      [३०]
      बालक
      सडकको यात्री
      सिरेटोमा बित्दैछ रात्री !
    • सरस्वती श्रेष्ठ, रुपन्देही, बुटवल
      [३१]
      काम
      गरिबीको खोजी
      काँधमा बोरा रोजीरोजी !
    • होमप्रसाद नेउपाने
      धरान, सुनसरी
      [३३]
      गरिबी
      पिठ्युँमा भारी
      सडहरू सबै चाहारी !
    • रवि पाैडेल, दक्षिण भारत, पाण्डेचरी
      [३४]
      जिन्दगी
      गरिबीको बन्धकी
      अरूको हुँदा जगजगी !
    • रामप्रसाद पुरी, बादेल, खाेटाङ
      [३४]
      टुहुरो
      सडकमा एक्लै
      संसार भयो बेग्लै !
    • रुना कर्माचार्य दाहाल, चितवन
      [३५]
      अनाथ
      टुहुराे जिन्दगी
      नगराेस् कसैले दिल्लगी !
    • केशवप्रसाद ढकाल ‘प्रीतबीज’
      सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
      [३७]
      कर्मयाेगी
      कर्मकाे अभ्यास
      पाैरखले जाेडेको गाँसबास !
    • प्रमाेद नेपाल
      वीरगञ्ज, हाल: काठमाडौँ-५
      [३८]
      टुहुरो
      बाटैमा हुर्कियो
      परिश्रम गरेर फुर्कियो !
    • अम्बिका अधिकारी
      झापा, बिर्तामोड
      [३९]
      सडकबालक
      कवाडी बेचेर
      आफ्नै पेट पालक !
    • डम्बर थामी ‘अनुपम’
      कालिञ्चोक गा.पा.-६, दोलखा
      [४०]
      सधैँ
      सडकको बास
      छैन कुनै आस !
    • सरिता सेढाई, धादिङ
      [४१]
      जिन्दगी
      छैन घर
      पर्नुपर्ने फोहोरको भर !
    • पृथक प्रकृति, झापा
      [४२]
      टुटेर
      परिवारको नाता
      सदैव सडकमा बास !
    • सुस्मिता अधिकारी, काठमाण्डौँ
      [४३]
      पेट
      पीडाको भारी
      आन्द्रा छुट्टी खेल्दा !
    • गोपेन्द्र रिजाल, पाँचथर
      [४४]
      बालक
      एक्लो बास
      जिन्दगी भएन खास !
    • अनमोल मुस्कान
      [४५]
      अनाथ
      सानो भाइ
      मानवताको मनबाट बिदाइ !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      [४६]
      गरिबी
      बाध्यताको डोरी
      विद्यालय टाढाको दूरी !
    • जमुना आचार्य, सिन्धुपाल्चोक
      [४७]
      मजबुरी
      अनाथ जिन्दगी
      भाेकाे पेटलाई बन्दगी !
      — पागल भिक्षुक
      जानकी-८, कैलाली
      [४८]
      अभाव
      कसैको आस
      टुहुरो सडकको बास !
    • अनिता भण्डारी, ताप्लेजुङ
      [४९]
      असहाय
      छैनन् सहारा
      बालक बिचरा हाय !
    • विके माकजू
      [५०]
      जिम्मेवारी
      बोकायो भारी
      यात्रा गर्दै नहारी !
    • सङ्गीता खरेल, काठमाडौँ
      [५१]
      आस
      सडकमा बास
      सुन्दर भविष्यको तलास !
    • सुरेश न्यौपाने
      [५२]
      बालक
      बाध्यतामा बरा
      खोजेर खानुपर्ने हराभरा !
    • भगवती दवाडी, झापा
      [५३]
      जिम्मेवारी
      काधमा भारी
      बोकेर सपनाका डङ्गुर !
    • दीप गोले तामाङ, रौतहट
      [५४]
      असहाय
      समाजको छोरा
      बोकी हिँड्छ बोरा !
    • पशपती राई, खोटाङ
      [५५]
      बालक
      सडकको बास
      सारा जीवनयापन सकस !
    • समुन्द्रा शर्मा, सुनसरी
      [५६]
      टुहुरो
      सधैँ रून्छ
      पीडा कसले सुन्छ !
    • सानु जाेशी, दार्चुला
      [५७]
      मानवता
      सडकमा विकास
      अन्धकारमय देशको भविष्य !
    • डि पी दोभान
      [५८]
      गल्ती
      मातापिताको गर्ने
      नाबालक सडकमा पर्ने !
    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे
      [५९]
      टुहुरो
      भाग्यले भुटेको
      राज्यले समेत लुटेको !
    • ऋजु दिल्पाली
      ईटहरी-१, हलगडा
      [६०]
      पढ्ने
      आनगिन्ती चाहना
      बाध्यता सडकमा रहन !
    • सरिता काफ्ले
      कोहलपुर-८, पिपिरी, बाँके
      [६१]
      बालक
      छैन अधिकार
      केवल दिवस मात्र !
    • शारदा आचार्य