“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एकसय उन्नातीसौंअभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ:
अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१२९———————-
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
मिति:- २०८१/०९/२२
पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
……………………………………….
प्रशिक्षक:-
……………
सोमनाथ लुइटेल
गुणनिधि घिमिरे
सुशीला पौडेल
………………………
भाषा शुद्धीकरण:-
———–
भवानी घिमिरे
पशपती राई
सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य
संयोजक:-
सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================
अक्षर सङ्ख्या:- [बराबरी]
अनुप्रास :- आफुखुसी
स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१
सम्पूर्ण दुश्मन गलाएर जाउँ प्रिय।
प्रेमको दीपक जलाएर जाउँ प्रिय।
आँधीहुरी तुफान जे जति आए पनि,
प्रेमको फसल फलाएर जाउँ प्रिय।
दुष्टलाई छुरा चलाएर जाउँ प्रिय।
-सुशीला पौडेल
पञ्चाङ्ग:०२
बिहानै सुन्छु हल्ली उसको
एउटै पर्छ गल्ली उसको
बेठीक त भन्नै भएन नि,
सधैं देखिन्छ खल्ली उसको
मुटु भित्र छ पल्ली उसको ।
धनमाया चौधरी कैलाली
पञ्चाङ्ग:०३
नियतिका प्रहारकाे , चाेट छेकी रहेछु।
आफ्नाे घाउ अझैसम्म,आफैं सेकी रहेछु ।
धेरै दुःख दिने मान्छे ,हाँस्दाे रहेछ धेर ,
पर कतै क्षितिजमा , श्वास फेंकी रहेछु।
रिस उठ्याे आफैंसँग , स्वप्न रेकि रहेछु ।
तीर्थराज जोशी कैलाली
👉पञ्चाङ्ग:०४
सब जान्दाजान्दै कसरी पछि सर्ने म
मन पराएर किन दुस्मन गर्ने म
यस्तो सम्भव हुनै सक्दैन म देखि
एक्लो भै एकछिन् नदेख्दा दङ्ग पर्ने म
तिमीलाई रुवाई कुन खुसी भर्ने म ?
✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
पञ्चाङ्ग:०५
यसरी बडाबाटै आज देश लुटियो,
सागसिस्नु र ढिढो पाक्ने मेस लुटियो।
जताततै फैलिदै छ विदेशी संस्कार,
नदी नालासँग पुरै धनेश लुटियो
धोती चोलो ढाकाटोपीको भेष लुटियो।
दुर्गा आचार्य
मोरङ
पञ्चाङ्ग:०६
माया प्रेम गासौँला हामी।
सँगसँगै हासौँला हामी।
जिन्दगी खुसी बनाउन,
बाधा सबै मासौँला हामी।
जल्नेलाई नासौँला हामी।
ह्यारिस
ॐ
पञ्चाङ्ग:०७
सम्म देखेर तलाउमा हिँड्न मिल्दैन हजुर
फाटेकाे मन त! सियाेले छिड्न मिल्दैन हजुर
प्रकृतिप्रदत्त वस्तु त! साझा हुन्छ महासय
समय बलवान् कसैले गिड्न मिल्दैन हजुर
छाेराछाेरी बाआमासँग भिँड्न मिल्दैन हजुर ।
प्रद्युम्न चालिसे
पञ्चाङ्ग-८
आँखा फेर्न नसके पनि दृष्टिकोण फेर्ने गर्नुस् न है
प्रतिक्रियाको बुद्धि छैन केही बेर ठेर्ने गर्नुस् न है
तपाइँ दुनियाँको मात्रै गल्ती कतिन्जेल हेर्नुहुन्छ
कहिले कसो आफ्नै मुहार ऐनामा हेर्ने गर्नुस् न है
मै हुँ भन्ने अहंकारलाई बुद्धिले बेर्ने गर्नुस् न है।
पशपती राई खोटाङ ।