साप्ताहिक पञ्चाङ्ग भाग- १२८

  • २७ पुष २०८१, शनिबार २१:०५ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एकसय अठाईसौंअभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१२८————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८१/०९/१५
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    भवानी घिमिरे
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    एक एक शब्दको मूल्य चुकाउनु पर्ने छ एकदिन।
    बोलेका,लेखेका शब्दले झुकाउनु पर्ने छ एकदिन
    कसको हैसियत के कति देखिएकै छ भन्नु पर्दैन,
    अहिलेसम्म देखाएको लुकाउनु पर्ने छ एकदिन।
    अपाच्य शब्दको तुजुक फुकाउनु पर्ने छ एकदिन।
    सुशीला पौडेल

    पञ्चाङ्ग:०२

    तारा झार्छु भन्छन् मायामा जून एक्लै हाेला
    तरकारी , अचार बिना नुन एक्लै हाेला
    के काे मजा दौरा नभएको गाेजी भएर
    नाक, कान कता हुन् कता सुन एक्लै हाेला ,
    मान्छे छैनन् सुन्ने भने त्यो धुन एक्लै हाेला ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग-०३
    आजभोलि कि खेलामा हुन्छ कि मेलामा हुन्छ मान्छे
    जहाँ हुन्छ रामरमिता त्यस्तै भेलामा हुन्छ मान्छे
    थोरै पनि दु:ख गर्ने जमाना त गैसकेछ कठै!
    पसिना बगाउन चाहादैनन् झेलामा हुन्छ मान्छे
    गम्भीर भएर सोच्नै मान्दैन रेलामा हुन्छ मान्छे।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०४
    बाबाले हेर छोडेर जानु भो
    संसारी नाता तोडेर जानु भो
    भगवान् लाई खाँचो भएर नै
    आफन्तलाई मोडेर जानु भो
    नजन्मिने रे कोरेर जानु भो
    -सुमित्रा पोखरेल काठमाडौं

    पञ्चाङ्ग:०५
    यहाँ चोखो प्रेममा राजनीति झैँ खेल हुन थालेछ,
    फटाहा र जालीहरुको धेरै नै मेल हुन थालेछ।
    जसरी तिमीले त्यो चोखो प्रेमलाई लत्याएर गयौ
    माया गर्ने हरुको दिल अब त जेल हुन थालेेछ,
    त्यसैले होला मायालुको आँखामा भेल हुन थालेछ।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०६
    खुसीमा एकसाथ हासौँला हामी।
    भएका शत्रु बैरी मासौँला हामी।
    जिन्दगी हाँसेर बिताउनु पर्छ,
    प्रेममा जल्नेलाई नासौँला हामी।
    मिलेर प्रेम माला गासाैँला हामी।
    ह्यारिस

    पञ्चाङ्ग:०७
    पुरानो कुरालाई छोडेर जाने
    अड्कलहरू सब तोडेर जाने
    नयाँ सालको शुभकामना साथै
    उत्साह र उमङ्ग गोडेर जाने
    सफलता केवल ओडेर जाने ।

    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹