“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एकसय सत्ताईसौंअभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ:
अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१२७————————-
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
मिति:- २०८१/०९/०८
पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
……………………………………….
प्रशिक्षक:-
……………
सोमनाथ लुइटेल
गुणनिधि घिमिरे
सुशीला पौडेल
………………………
भाषा शुद्धीकरण:-
———–
पुष्पा सुवेदी नेपाल
भवानी घिमिरे
जमुना आचार्य
पशपती राई
सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य
संयोजक:-
सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================
अक्षर सङ्ख्या:- [बराबरी]
अनुप्रास :- आफुखुसी
स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१
कुरा नमिले मिलाउनु आफैं।
फाटेको मन सिलाउनु आफैं
जिन्दगी जिउनु छ जसरी पनि,
दुश्मन जति जिलाउनु आफैं।
गर्न नसके बिलाउनु आफैं ।
-सुशीला पौडेल
पञ्चाङ्ग:०२
आउने मिति सर्दै गयो
माया पिरती टर्दै गयो
अन्त्य बिनाको पर्खाइले
पर्खने इच्छा मर्दै गयो
एकान्त मन पर्दै गयो ।
✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
पञ्चाङ्ग:०३
जिन्दगी कहिले नुहेर बित्ने रहेछ,
आँसुले परेली चुहेर बित्ने रहेछ।
मनमा आधी हाँसो छ आधी रोदन छ,
किन सबै सामु तुहेर बित्ने रहेछ ?
अन्धविश्वासले कुहेर बित्ने रहेछ।
दुर्गा आचार्य
मोरङ
पञ्चाङ्ग:०४
गिलो माटोलाई आकार बनाउँदै छु
सप्रियोस भनेर पानी खनाउँदै छु
परिश्रमको फल त पाइन्छ होला नि ,
घाँटी सुकाइ अक्षर नै भनाउँदै छु
असल नागरिक भनी जनाउँदै छु ।।
-धनमाया चौधरी कैलाली
पञ्चाङ्ग -०५
कालो मनले त घोच्छ मात्रै कसैलाई छुदैन साहेब
रोए जस्तो गरेपनि त्यो कहिल्यै रुदै रुदैन साहेब
जबसम्म रुन सक्दैन मन सफा कसरी हुन सक्छ
धुन्छ मन आँसुले मात्रै गङ्गाजलले धुदैन साहेब
दियो बले मनको अँध्यारोको अस्तित्व हुँदैन साहेब।
-पशपती राई खोटाङ ।
पञ्चाङ्ग:०६
हतियारलाई अङ्गिकार गरियो डरका खातिर महाेदय
त्राहिमाम भएर हजुर ज्यान जाेगाउन आखिर महाेदय
पीडा अति तिखाे भनिन्छ मर्नु भन्दा बाैलाउनु जाति रे
निकाअनन्त उही रहेछ केवल खाए हजुर जागिर महाेदय
दिन प्रतिदिन युवाकाे लस्कर लाग्याे झन बाहिर महाेदय ।
प्रद्युम्न चालिसे
पञ्चाङ्ग:०७
मायामा त हृदयले छुनु पर्छ।
दुःख र सुखमा साथ हुनु पर्छ।
जीवनमा आखिर के पाे हुन्छ र,
एक आपसकाे मैलाे धुनु पर्छ।
दुखमा सँगै मिलेर रुनु पर्छ।
ह्यारिस
पञ्चाङ्ग०८
खेल्न मन छैन कसैसँग मायाको हाेली खास
किन हो किन बाेल्न मन छैन आजभोलि खास
जिन्दगी त दुईदिने घाम छाँया न हाे त्यसैले
लेख्न खाेज्दैछु म मनको कुरा सबै खाेली खास
माया गर्छु भन्नेकाे विश्वास लाग्दैन बाेली खास।
राज कुमार राजभण्डारी खाेटाङे
ऐसेलुखर्क ३ खाेटाङ हाल भक्तपुर ।