साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ११२

  • ५ माघ २०८१, शनिबार २३:२६ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयब्राहऔमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८१/०९/२५गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: ११२[एकसयब्राहऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पाली
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~

    पञ्चाङ्ग:०१
    अरूलाई चुसेर बाँच्छ परजीवी।
    चुस्न पाएँ खुसीले नाच्छ परजीवी।
    उसले भनेको यदि पाएन भने,
    टोकेर नै कम्मर भाँच्छ परजीवी।
    उपयुक्त समय जाँच्छ परजीवी।
    सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    सुनौलो पखेटा ठूला भुँड तिम्रो
    अर्काको रगत चुस्ने सुँड तिम्रो
    खाएको बानी छुट्नै गाह्राे भयो नि,
    आकर्षक नौ तलाको गुँड तिम्रो
    गुँडमा भरिएको छ कुँड तिम्रो ।।
    -धनमाया चौधरी कैलाली

    पञ्चाङ्ग:०३
    धक भएन रतिभर रगतमा नाच्दैछौ तिमी
    थाेरै पनि खाेट नभएको ठाँउमा भाँच्दैछौ तिमी
    अरूकाे जिन्दगी दाउमा राखेर रमाइ रमाइ,
    परजीवी बन्यौ सजिलै फगतमा बाँच्दैछौ तिमी
    जीउँदै अर्कोलाई मारी आफ्नो ज्यान साँच्दैछौ तिमी ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०४
    परजीवीले खान्छ जानेर यहाँ।
    प्राणीको हात खुट्टा हानेर यहाँ।
    बाँच्नु पर्छ जो कोहीलाई चुसेर,
    चुस्न नपाए मर्छु ठानेर यहाँ
    आफू जोगिन अरु तानेर यहाँ।
    -ह्यारिस

    पञ्चाङ्ग-०५
    जति लुकाए नि सत्य एकदिन आफैं बोल्छ साहेब
    उ त नाङ्गो हुन्छ नै अरुको पनि वस्त्र खोल्छ साहेब
    कि तपाइँ आफैं भनिदिनुहोस् म परजीवी हुँ नत्र
    रगत किन चुस्नुहुन्छ पसिनाले त पोल्छ साहेब
    हिसाब कसको कतिभो समयले नै मोल्छ साहेब।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०६
    दियो लामो सुड प्रकृतिले नोचि नोचि खान्छौ तिमी,
    जताततै अप्ठ्यारो जहाँ पनि उडि जान्छौ तिमी।
    विवेक छैन तिमीलाई धनी गरिब सबै डस्ने,
    कतिपय ठाउँमा सुड लात्ती दुबैले हान्छौ तिमी,
    झुल बेगर सुत्छ गरिब उस्कै खुन लान्छौ तिमी ।

    दुर्गा आचार्य
    मोरङ


    पञ्चाङ्ग:०७
    “”””””””””
    सृष्टिका सबै प्राणीलाई चाहिने छ चारा हजुर
    जिउनका लागि खाने पिउने छुट्टै पारा हजुर
    दैव पनि विचित्रको कुसल रचनाकार नै हुन्
    जीवलाई बचाउने उसैले लिन्छ भारा हजुर
    यावत् चराचर भित्र बसेर दिन्छ सारा हजुर ।
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे

    पञ्चाङ्ग:०८
    चाहेर हुँदैन जाग्नुपर्छ सबै,
    आफ्नो सुरक्षामा लाग्नुपर्छ सबै
    सफाइ सामाजिक समस्या बन्दा
    दुर्गन्ध भएमा भाग्नुपर्छ सबै
    उचित सुझाव माग्नुपर्छ सबै।

    होमप्रसाद नेउपाने
    धरान,सुनसरी ।