“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकएघारौंऔमा हामी पुगेका छौं।
लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
मिति:- २०८१/०९/१८गते
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १११[एकसयएघारौंऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
सोमनाथ लुइटेल “रवि पाल्पाली
गुणनिधि घिमिरे
सुशीला पाैडेल
चित्र संकलन

सुशीला पाैडेल
संकलन
सुशीला पौडेल
दुर्गा रिजाल आचार्य
शुद्धीकरण
भवानी घिमिरे
जमुना आचार्य
पशपती राई
पुष्पा नेपाल (सुवेदी )
संरचना
अनुप्रास :- आफू खुसी
स्थायी :- आफू खुसी
अक्षर :- बराबरी
समायोजक
सोमनाथ लुइटेल “रवि पाल्पाली”
तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]~~~~~
पञ्चाङ्ग:०१
पुरुषको आँखाबाट आँसु आएको देख्ने को छ?
सदैव मानसिक तनाव पाएको देख्ने को छ?
भन्ने गरिन्छ मर्द कहिल्यै पनि रुनु हुँदैन,
तनाव मेटाउन अनेक खाएको देख्ने को छ?
आफ्नो सबै त्यागेर एकान्त धाएको देख्ने को छ?
सुशीला पौडेल
पञ्चाङ्ग:०२
चिन्ता धेरै पाएको जस्तो देखिन्छौ
तातो चिसो खाएको जस्तो देखिन्छौ
भनिन्छ मर्दले रुनु हुँदैन रे ,
लेक बेसी धाएको जस्तो देखिन्छौ
बादलुले छाएको जस्तो देखिन्छौ ।
धनमाया चौधरी कैलाली
पञ्चाङ्ग:०३
परेली भिजेको छ आँखाकाे पानीले कठै
दुःख दिइछिन् यिनलाई सान्नानीले कठै
नपाउँदा कस्तो कस्तो पाएपछि भाे सस्तो
गर्नेलाई रुवाए सृष्टिको खानीले कठै
बिजाेगमा पर्यौ कान्छा तिम्रो बानीले कठै ।
भवानी घिमिरे
सर्लाही ।
पञ्चाङ्ग-०४
प्रविधिले मान्छेसँग मान्छेको भेट गरायो अचेल
सम्बन्ध चाहिँ भयो बुरुक्क उफ्रिने खरायो अचेल
वस्तुमा नै देख्छन् मान्छेहरू खुसी बजार जान्छन् किन्न
बाहिर डुल्दा डुल्दा आत्माभित्र पस्नै डरायो अचेल
आफैं भित्र थियो खुसी त खोइ कता हरायो अचेल।
-पशपती राई खोटाङ ।
पञ्चाङ:०५
चिन्ताले जीवनमा दु ख मात्र दिएको देखिन्छ,
किनहो कुन्नि आँखा भरि आँसु लिएको देखिन्छ।
जमनालाई नै दिमागमा भण्डार गरी राखेर,
मनमा पिर भएर उसले पिएको देखिन्छ ,
दिन प्रतिदिन आफ्नो स्वरुप खिएको देखिन्छ।
दुर्गा आचार्य
मोरङ
पञ्चाङ्ग :०६
आँखाबाट आँसुहरू झारेकाे कसले देख्छ ?
मनका इच्छा,चाहना मारेकाे कसले देख्छ ?
कसलाई रहर हुन्न जिउँन सहजै
जिन्दगीले घाटामा पारेको कसले देख्छ ?
निधारमा भाग्यले टारेकाे कसले देख्छ ?
नाम केसर बाेहरा ( सङ्घर्ष )
सुदूरपश्चिम अछाम ।
हाल भारतबाट ।।।
👉पञ्चाङ्ग:०७
जिउने रहरसँग हारेको मान्छे
बहानामा डुबाएर मारेको मान्छे
उस्ले नरोएको दिन कहिले छ र?
आफ्नैले मर्नु न बाँच्नु पारेको मान्छे
जोडले खुट्टा तानेर झारेको मान्छे ।
✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
पञ्चाङ्ग:०८
मेरो मनमा चोट परेको छ।
अत्याचार दिनहुँ गरेको छ।
कसले बुझ्ने मनको भावना,
यी आँखाबाट आँसु झरेको छ।
दुखाइले बसाइँ सरेको छ।
ह्यारिस
ॐ
पञ्चाङ्ग:०९
“””””””””
प्राणीमा आहार निन्द्रा भय हुन्छ साथी
मान्छे जीवनमा लक्ष तय हुन्छ साथी
हाँसाे राेदन हुनु अनाैठाे कुरा ह्वाैन
प्रगतिकाे पथ यदा क्षय हुन्छसाथी
सफलता प्राप्त जब लय हुन्छ साथी ।
प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे ।