साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ११०

  • २७ पुष २०८१, शनिबार २१:०३ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयआठऔमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८१/०९/११गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: ११०[एकसयदसौँऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पालि
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    पञ्चाङ्ग:०१
    भुक्ने कुकुर सदैव भुक्छ जान्छ यहाँ।
    गर्ने केही होइन अरूको खान्छ यहाँ।
    कुकुरले आफ्नो गल्ती कहिल्यै देख्दैन,
    मैले जे गरे त्यही राम्रो हो मान्छ यहाँ।
    आफूले आफैंलाई चलाख ठान्छ यहाँ।
    सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    कुकुरै कुकुरले भरिएको देश हाम्रो
    विदेशीको कम्पनी छरिएको देश हाम्रो
    कुन दिन आमालाई टोक्छ यसले यहाँ ,
    बिचमा हड्डी फाल्ने गरिएको देश हाम्रो
    भाइभाइले लडी मरिएको देश हाम्रो ।।
    धनमाया चौधरी कैलाली

    पञ्चाङ्ग-०३
    कुकुर भन्दा मान्छे अचेल धेरै भुक्न थाले
    आफ्नै फोटो टाँसेर संजालभरि थुक्न थाले
    कुकुर हो कि मान्छे टोकि पो हाल्छ गाँठे ख्याप्प
    ज्यान मोटाई डुम्म छ बुद्धि भने सुक्न थाले
    सर्वश्रेष्ठ हुँ भन्ने मान्छे हेर कसरी चुक्न थाले।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०४
    कुकुरलाई ठान्छु एउटा साँचो साथी
    हृदयदेखि मान्छु एउटा साँचो साथी
    प्राचीनदेखि गहिरो सम्बन्ध हुनाले
    आफूतिर नै तान्छु एउटा साँचो साथी
    अझ अगाडि लान्छु एउटा साँचो साथी।

    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    पञ्चाङ्ग-
    अक्षर-१५
    कुकुर घरमा बफादार हुन्छ अचेल,
    जहिले पनि सहि ठाउँमा छुन्छ अचेल
    किनकि मानिसमा त्यति चेतना नै छैन
    किन हो कुनित रातिसम्म रुन्छ अचेल
    त्यसैले मेरो मनले पनि सुन्छ अचेल।

    दुर्गा आचार्य
    मोरङ
    पञ्चाङ्ग:०६
    पालेको कुकुरले टोकेर हैरान भो
    तलाई मार्छु भन्दै ठोकेर हैरान भो
    भनिन्छ कुकुरलाई वफादार पशु
    नीच ब्यबहारले झोकेर हैरान भो
    सधैं बार मिति तोकेर हैरान भो।