साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- १०८

  • २७ पुष २०८१, शनिबार २०:५३ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयआठऔमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८१/०८/२७गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १०९[एकसयनौऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पाली
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    पञ्चाङ्ग:०१
    सुन्दर फूल फुलेका छन्।
    मन त्यसैमा डूलेका छन्।
    हेर्दा राम्रो देखिने फूल,
    सबैका आँखा झुलेका छन्।
    आकाश धर्ती खुलेका छन्।
    सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    फूल फुलेर सुगन्ध छर्दै छ
    हरियालीको रङ्गिन भर्दै छ
    फूल आफैँमा स्वछन्द हुन्छ नै
    त्यो स्वच्छता त बोटमा सर्दै छ
    सुन्दरता हेर्दा अशान्ति हर्दै छ
    शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग-०३

    छेउमा प्रकृति सधैं लठ्ठ पर्दैछ आहा,
    त्यो सुन्दर फुलले सुगन्ध छर्दैछ आहा।
    हिमाल पहाड र तराई जता पाइने,
    घामको लाली किरण त्यतै सर्दैछ आहा,
    सबैलाई लोभ्याउने मोह गर्दैछ आहा।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०४
    राखेकाे चित्र मलाई साह्रै सुन्दर लागेकाे छ
    देखेर मेराे मनमा कस्ताे उमङ्ग जागेकाे छ
    याे सुन्दर दृश्य कसलाई मन पर्दैन हाेला
    दृश्य हेरेपछि मेराे रातकाे निद्रा भागेकाे छ
    आँखाले पनि किन हाेला त्यही फूल दागेकाे छ

    नवराज भट्ट
    कञ्चनपुर

    पञ्चाङ्ग:०५

    हिमालको बुइमा हिउँ देख्छु म त
    पहराकाे हरियो जिउ देख्छु म त
    ढकमक्क फूल फुलि बसाएको ठाउँ ,
    धरती सजाउने बिउ देख्छु म त
    छ सुन्दर शान्तमा घिउ देख्छु म त ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग-०६
    एकबारको जिन्दगीमा फूल जस्तै हाँसी देउ है
    सुवास छर्दै धर्तीमा दुर्गन्ध सबै नासी देउ है
    देउताले पनि लासले पनि तिम्रो चर्चा गर्नेछन्
    तिमीले भने सधैं अजम्बरी माया गाँसि देउ है
    दिन्छु तिम्लाई चोखो माया मुटुभित्रै टाँसी देउ है।
    -पशपती राई खोटाङ ।


    पञ्चाङ्ग:०७
    “””””””””
    प्रकृतिको सुन्दर उपहार फूल हजुर
    महका लागि जुटेको माहुरी हुल हजुर
    दैवले प्रत्येक जीवलाई नचाउने गर्छ
    वर्षा लाग्यो भेट्ने गाह्रो भाे छैन पुल हजुर
    बाध्यता नबुझी रिसाए हुन्छ भुल हजुर ।
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    पञ्चाङ्ग,:०८
    फूलले चारैतिर सुगन्ध छरेकाे छ
    कति सुन्दर यो ढकमक्क परेको छ
    फूल स्वतन्त्रले नै बाँचिरहन्छ सधैँ
    प्रकृति सौरम्यताले यहाँ भरेकाे छ
    फक्रेर प्रकृतिलाई सम्मान गरेकाे छ ।।

    नाम केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम ।
    हाल भारतबाट ।