साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १९१ सम्पन्न

  • ५ माघ २०८१, शनिबार २३:१७ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १९१ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ७१ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
    साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १९१ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-

    १]
    केटाकेटी
    हुन्छ अबोधपन
    कञ्चन निर्मल मन !

    • वसन्त अनुभव
      [२]
      बालबालिका
      हुन्छन् निर्दोष
      पुर्याउनुपर्छ सबैले होस !
    • भोज विवश मगर
      गैंडाकोट-३, नवलपरासी पूर्व
      [३]
      बालबालिका
      भोलिका कर्णधार
      सबैले राख्नुपर्छ ख्याल !
    • रमा पन्त, पाल्पा हाल- नियुजिलैन्ड
      [४]
      केटाकेटी
      स्वच्छ मन
      उनिहरु देशको शान !
    • बिबा तामाङ, दार्जिलिङ
      [५]
      केटाकेटी
      अबोध बालबालिका
      उनीहरूमा छैन ज्ञान !
    • वेदु न्यौपाने
      [६]
      सकिन्छ
      गरे केही
      हुन्छन् बाल कर्णधार !
    • राेशन पराजुली, धरान
      [७]
      बालबालिका
      भविष्यका धर‍ोहर
      हुन्छन् निश्छल चञ्चल !
    • धनमाया चौधरी, कैलाली
      [८]
      बलापन
      थियो अबोधपनमा
      झझल्को रहयो मनमा !
    • सुरेश न्यौपाने
      [९]
      हामी
      सगरमाथा चढ्ने
      तेन्जिङ नोर्गे जस्तै !
      -संगमानंद पत्रकार
      चूरु-राजस्थान, भारत
      [१०
      बालापन
      चञ्चल स्वभाव
      देश हाँक्ने कर्णधार !
    • झरना पाण्डे
      [११]
      बालबालिका
      भोलिका कर्णधार
      ख्याल गर्नुपर्छ अपार !
    • हिरामाया श्रेष्ठ
      गजुरी-१, धादिङ
      [१२]
      चञ्चलता
      हुन्छ बालापन
      विशुद्ध सबैको मन !
      कार्की डिबी माकुम
      सुनवल-४, नवलपरासी
      [१३]
      निस्वार्थ
      हुन्छ बालपन
      कोमल त्यो मन !
    • सुरेशकुमार पाण्डे
      दाङ, घोराही-१८
      [१४]
      नानीहरू
      चिसो मौसम
      बाहिर डुलाउनु कम !
    • भुपेन्द्र राना मगर, धादिङ
      [१५]
      केटाकेटी
      हुन्छन् निर्दोष
      बुबाआमाको हुन्छ जिम्मेवारी !
    • दीप गोले तामाङ, रौतहट
      [१६]
      आफ्ना
      इच्छाहरू मेटी
      सारौँ अघि केटाकेटी !
    • अन्मोल मुस्कान
      तकदाह, छाउनी, दार्जिलिङ
      [१७]
      भगवान्
      अबाेध बालबालिका
      भविष्यकाे आशाकाे दियाे !
    • नवराज भट्ट, कञ्चनपुर
      [१८]
      बालापन
      छैन छलकपट
      निर्मल निर्दोष मन !
    • दुर्गा अधिकारी भमरकोटे
      हाल- कपन
      [१९]
      केटाकेटी
      हुन्छन् अबोध
      दिऊँ प्रेरणासँगै सम्बलन !
    • प्रेम थापा ‘मन’, बागलुङ
      [२०]
      बालबच्चा
      एकआपसमा खेल्दै
      ख्यालख्यालमा हुने झगडा !
    • चूडामणि देवकोटा
      पुरानोनैकाप, काठमाण्डौ
      [२१]
      बालापन
      खेल्नमै रमाइलो
      चुल्बुले मन चञ्चलपन !
    • शान्ता पौडेल भट्टराई
      टङ्कीसिनवारी, मोरङ
      [२२]
      केटाकेटी
      सुन्दर बालापन
      हुन्छ अनेक मन !
    • रवि पाैडेल, दक्षिण भारत, पाण्डेचरी
      [२३]
      बालापन
      सुन्दर प्रकृति
      एक सौम्य आकृति !
    • आर्त अकुलीन
      [२४]
      बालापन
      चञ्चल मन
      उनै सच्चा धन !
    • सविता के.सी.
      [२५]
      बालबालिका
      छैन डर
      गर्छन् सबैको भर !
    • कला ढकाल, झापा
      [२६]
      बालक
      मनका सच्चा
      हुनेछन् भोलि अच्छा !
    • नागेन्द्रप्रसाद यादव
      [२७]
      बालापन
      सम्झना आयो
      चित्र देखेर झन !
    • बि के विरही, टीकापुर
      [२८]
      केटाकेटी
      सँगै खेलौँ
      जीवनको रोटी बेलौँ !
    • देवी पन्थी
      [२९]
      केटाकेटी
      सम्झेर बालापन
      भगवानको जस्तो मन !
    • बुद्धिप्रसाद लामिछाने
      घोडाघोडी नपा-८,कैलाली
      [३०]
      नानीहरू
      मायाका खानी
      बन्न हुन्न बेइमानी !
    • गोपेन्द्र रिजाल, पाँचथर
      [३१]
      लालाबाला
      मुटुका टुक्रा
      आँगनको सुन्दर रौनक !
    • मोती सुब्बा
      [३३]
      बालक
      आजका साधक
      भोलिका देश चालक !
    • कविता आचार्य, कैलाली
      [३४]
      एकता
      दिवस आयो
      पृथ्वीको सम्झना लायो !
    • लक्ष्मीप्रसाद मिश्र, लमजुङ
      [३४]
      बालकपन
      मनोरञ्जनमा झुमेर
      हाँसखेल गर्ने उमेर !
    • ज्ञानबहादुर क्षेत्री
      सन्धिखर्क-२, अर्घाखाँची
      [३५]
      बालक
      आजका साधक
      भोलिका देश चालक !
    • कविता आचार्य, कैलाली
      [३७]
      लालाबाला
      मुटुका टुक्रा
      आँगनका सुन्दर रौनक !
    • मोती योन्जन सुब्बा, दार्जिलिङ
      [३८]
      कोपिला
      दिएर फुल्न
      नजाऔँ भूतमा डुल्न !
    • पशपती राई, खोटाङ ।
      [३९]
      बालापन
      फर्केर हेर्दा
      रमाउँछ मेरो मन !
    • दीपा गुरुङ, समभाव
      [४०]
      जिउँदै
      रहेछ अझसम्म
      पचास कट्दा बालापन !
    • नन्दलाल आचार्य
      बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर
      [४१]
      अमूल्य
      रहेछ बालापन
      चञ्चलताले भरिएको जीवन !
    • संगीता खरेल, काठमाडौं
      [४२]
      सुन्दर
      बालबालिकाको खेल
      आखिरीमा राम्रो मेल !
    • रिता खराल, रूपन्देही
      [४३]
      प्यारा
      खेल्दै नानी
      पढ्ने लेख्ने बानी !
    • कमलप्रसाद बगाले रेग्मी
      वालिङ्ग बजार, स्याङ्जा
      [४४]
      उमेर
      चञ्चले स्वभाव
      स्वतन्त्रताको एक उडान !
    • हिमाल अम्मै, घोडाघोडी, कैलाली
      [४५]
      पानी
      कञ्चन मूल
      धमिल्याउने नगराैँ भुल !
    • निरज कोइराला, इटहरी
      [४६]
      बालबालिका
      राष्ट्र निर्माता
      सबल बनून् विधाता !
    • सरिता काफ्ले
      कोहलपुर-८, पिपरी, बाँके
      [४७]
      केटाकेटी
      भगवन स्वरूप
      निर्मल सत्यकाे प्रतिरूप !
    • प्रमाेद नेपाल
      वीरगञ्ज, हाल: काठमाडौ-५
      [४८]
      बालबालिका
      गरौँ स्याहार
      हाम्रो बलियो आधार !
    • कमला देवकोटा, पाल्पा
      [४९]
      बालापन
      विहानीको शुरुवात
      सपना शिखर चुम्ने !
    • त्रिलोक रामदाम, सि.न.न.पा.-८ ,रुपन्देही
      [५०]
      बालापन
      रमाइलो गर्छन्
      सम्झना आउँछ झन् !
    • रामप्रसाद पुरी, बादेल, खाेटाङ

    [५१]
    बालापन
    चन्चले पल
    स्वच्छ निर्मल जल !

    • सरस्वती श्रेष्ठ, रुपन्देही, बुटवल
      [५२]
      बालकाल
      प्रेमिल संसार
      सृष्टि सिर्जनाका प्रतीक !
    • कण्ठराज गिरी
      [५३]
      बालबालिका
      लाेभ्याउने बालापन
      सुन्दर हुन्छ जीवन !
    • केसर बाेहरा ‘सङ्घर्ष’
      अछाम, हाल- भारत
      [५४]
      बालापन
      निश्पक्ष हुन्छ
      तन अनि मन !
    • सरस्वती वली, बर्दिया
      [५५]
      केटाकेटी
      बालक अन्जान
      निश्छल सत्य भगवान् !
    • विवश पारदर्शी, झापा
      [५६]
      बालापन
      खुसीले भरियोस्
      सुनौलो भविष्य लेखियोस् !
    • सुस्मिता अधिकारी ,काठमाण्डौं
      [५७]

      बालापनमा हराएँ
      तस्बिर देखेर डराएँ !
    • लक्ष्मी रिजाल
      कञ्चनरूप- १२, रूपनगर, सप्तरी
      [५८]
      केटाकेटी
      भगवान स्वरूप
      सबैलाई मनपर्ने खुब !
    • खडक आरसी मिलन
      छेडागाड-२, साल्मा, जाजरकोट
      [५९]
      रमाए
      केटाकेटी आज
      घमाइलाे हेमन्तकाे ताज !
    • ताराप्रसाद चापागाईँ, धुनिबेसी
      [६०]
      बालबालिका
      सृष्टिका प्रवर्तक
      रम्छन् खुसीमा तालिका ।
    • टीकाराम पुन टिपु
      [६१]
      रहर
      भन्दैनन् बालक
      तेरो मेरो घर !
    • सुरेश बि सि, डोटी
      [६२]
      केटाकेटी
      रमाउँछन् खुप
      हुन्छन् भगवानको रूप !
    • सरिता सेढाई, धादिङ
      [६३]
      बाल
      चुलबुले चाल
      सङ्लाे पानी निश्चल !
    • भवानी घिमिरे
      सर्लाही ।
      [६४]
      बालापन
      चञ्चले मय
      जोश हटाउने भय !
    • जमुना आचार्य
      [६५]
      बालापन
      अनौठो स्वभाव
      मन सधैँ कञ्चन !
    • राज कुमार राजभण्डारी खाेटाङ्गे
      ऐसेलुखर्क-३, खाेटाङ, हाल- भक्तपुर
      [६६]
      केटाकेटी
      घरको शोभा
      रमाउछ मन मझेरी !
    • तोया नाथ चापागाईं
      दमक, झापा
      [६७]
      बालापन
      उल्लासमय जीवन
      अहोरात्र प्रफुल्लित मन !
    • ऋजु दिल्पाली
      ईटहरी-१, सुनसरी
      [६८]
      बालबालिका
      भविष्यका आधार
      गरौँ उचित स्याहार !
    • समुन्द्रा शर्मा
      [६९]
      आजका
      हामी बालक
      भविष्यमा मातापिता पालक !
    • प्रद्युम्न चालिसे, भक्तपुर
      [७०]
      बालक
      काँचो माटो
      सजाउँछ कुमालेको हात !
    • राम न्यौपाने, कैलाली
      [७१]
      अबोध
      सानो मस्तिष्क
      सानै हुन्छ सोचाइ !
    • दुर्गा आचार्य, मोरङ