
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १८७ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६२ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १८७ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-
[१]
सगरमाथा
सर्वोच्च शिखर
नेपाली गौरवताको गाथा !
- वसन्त अनुभव
[२]
गन्तव्य
सर्वोच्च शिखर
नेपाली बानी प्रखर ! - आर्त अकुलीन
[३]
सगरमाथा
विश्वकै शिर
हामी नेपाली वीर ! - भोज विवश
गैंडाकोट-३, नवलपरासी पूर्व
[४]
सगरमाथा
गन्तव्य सर्वोच्च
शिखर गौरव गाथा ! - बेदु न्यौपाने
[५]
सगरमाथा
नेपाली गौरव
सुन्दरताको अनुपम सौरभ ! - तेजप्रसाद खनाल ‘भावुक’, दाङ
[६]
हिमाली
माटोमा फल्छ
आलु फापर बाली ! - हीरामाया श्रेष्ठ
[७]
सगरमाथा
सिकाउँछ सफलता
जीवन आराेहणकाे यात्रामा ! - नीरज काेइराला, इटहरी
[८]
सगरमाथा
संसारभरिको उच्च
नेपालीको शिर गाथा ! - चूडामणि देवकोटा
पुरानो नैकाप, काठमाडौँ
[९]
सगरमाथा
गाैरव हाम्रो
विश्वमा चर्चा राम्रो !
-:प्रमोद नेपाल
वीरगञ्ज, हाल- काठमाडौ-५
[१०]
सगरमाथा
हाम्रो शिर
सबैको अस्तित्वको पहाड ! - दीप गोले तामाङ, रौतहट
[११]
सगरमाथा
हाम्रो सान
भनेर सबैले जान ! - अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन न. पा. ६ संखुवासभा ।
[१२]
सर्वोच्च
सगरमाथा शिर
बेचिदेलान् लाग्छ पीर ! - सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ
[१३]
सगरमाथा
पर्यटकीय ठाउँ
काँखैमा सुन्दर गाउँ ! - भुपेन्द्र राना मगर, धादिङ
[१४]
किरण
हिउँ टल्काउने
मनमा पवित्रता झल्काउने ! - अच्युत घिमिरे, सर्पाङ, भुटान
[१५]
सगरमाथा
नेपालीको सान
एउटा छुट्टै पहिचान ! - कला ढकाल, झापा
[१६]
भुइँचाल
झट्टका सबैलाई
उभिए भित्तो समाइ ! - सुरेशकुमार पाण्डे
दाङ, घोराही-१८
[१७]
सगरमाथा
नेपालीको खास
हाँसिरहन्छ संधै एकनास ! - सरिता सेढाई, धादिङ
[१८]
सगरमाथा
नेपालीको सान
विश्वमै छुट्टै पहिचान ! - शान्ता पौडेल भट्टराई
टङ्कीसिनवारी, मोरङ
[१९]
सान
हाम्रो सगरमाथा
नेपालको अखण्ड सम्मान ! - कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
[२०]
सगरमाथा
विश्वलाई छोपी
शिरको भादगाउँले टोपी ! - भगवती दवाडी, झापा
[२१]
सगरमाथा
नेपालीको सान
कस्ले राख्छ मान ? - रमा पन्त, पाल्पा
[२२]
सगरमाथा
छ अडिग
आफ्नै अस्तित्वमा अथक ! - प्रेम थापा ‘मन’, बागलुङ
[२३]
हिमाल
हिउँको थुप्रो
संसारमा छ विशाल ! - धनमाया चौधरी, कैलाली
[२४]
शिखर
नेपाली गौरव
संसारकै उच्च शिर ! - दुर्गा अधिकारी भमरकोटे
हाल- कपन
[२५]
शिखर
सगरमाथा मेराे
उचाइ गाैरवकाे सेरेफेराे ! - ताराप्रसाद चापागाईँ
[२६]
सगरमाथा
अटलताको प्रतिक
हाम्रो गौरवमय सीमाना ! - कण्ठ राज गिरी, टीकापुर
[२७]
शिर
हाम्रो सगरमाथा
नेपालीको स्वाभिमानको गाथा ! - हिमाल अम्मै, घोडाघोडी, कैलाली
[२८]
सर्वोच्चता
नेपाली धरती
संसारको धुरी सगरमाथा ! - विवश पारदर्शी, झापा
[२९]
सान
विश्वमा नेपालीको
भ्रष्टाचार राजनीतिको कम्पन ! - एवाइ प्रभात
खाल्स छिन्ताङ, सहिदभुमि, धनकुटा
[३०]
हिमाल
सौन्दर्य थप्छ
त्यसैमा फुलेको चिमाल ! - दीपा समभाव
दुबेकोल, खोटाङ्ग
[३१]
हिमाल
विश्वको शिर
नेपाली बिश्वमा वीर ! - बुद्धिप्रसाद लामिछाने, घोनपा-८, कैलाली
[३३]
सगरमाथा
सुन्दरताको खानी
आराेह गर्ने बानी ! - रवि पाैडेल, दक्षिण भारत, पाण्डेचरी
[३४]
नेपाल
सगरमाथा सान
राष्ट्रको गौरवान्वित पहिचान ! - संगीता खरेल, काठमाडौँ
[३४]
सगरमाथा
विश्मा चिनारी
गोर्खालीको दिव्य गाथा ! - कमला देवकोटा, पाल्पा
[३५]
हिमाल
हेर्नमा कमाल
सुन्दर देखिन्छ नेपाल ! - नवराज भट्ट, कञ्चनपुर
[३७]
शिखर
हामीले चुम्यौं
छाती ठूलो पार्यौँ ! - नन्दलाल आचार्य
बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर
[३८]
सगरमाथा
भनौं सबैले
माउन्ट एभरेस्ट होइन ! - पशपती राई, खोटाङ
[३९]
सगरमाथा
नेपालीको शिर
विश्वभरि कहलिएकाे सान ! - केसर बाेहरा ‘सङ्घर्ष’
अछाम, हाल- भारत
[४०]
हिमाल
हिउँचुलीको हिउँ
सुन्दरताले भरिएको नेपाल ! - सरस्वती वली
[४१]
सगरमाथा
संसारकै अग्लो
नेपालीको पहिचान सग्लो ! - डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा.-६, दोलखा
[४२]
सगरमाथा
नेपालीको सान
वीर पुर्खाको बलिदान ! - सुरेश न्यौपाने
[४३]
सगरमाथा
विश्वमा पहिचान
नेपालीको वीर गाथा ! - प्रद्युम्न चालिसे
भक्तपुर, कटुञ्जे
[४४]
सगरमाथा
हिउँको टाकुरो
विश्वको अग्लो चुचुरो ! - रुना कर्माचार्य दाहाल
चितवन
[४५]
सगरमाथा
नेपालीको सान
विश्वमै अग्लो पहिचान ! - चक्र शाही, लम्की, कैलाली
[४६]
सगरमाथा
विश्वमा चिनिएकाे
नेपाली सबै चिनाउने ! - भाेलामान बर्देवा, धरान-८, सुनसरी
[४७]
सगरमाथा
नेपाली गाथा
ठाडो शिरको कथा ! - गोपेन्द्र रिजाल, सेतो पुल
[४८]
हिमालय
हिउँको खानी
पग्लिन्छ चिसो पानी ! - होमप्रसाद नेउपाने
धरान, सुनसरी
[४९]
सगरमाथा
नेपालीको अभियान
सर्वोच्च शिखरको ज्ञान ! - अम्बिका अधिकारी
झापा, बिर्तामोड
[५०]
हिमाल
प्रकृतिको वरदान
बढाउँछ नेपालको सान ! - बाबुराम पाण्डे
[५१]
सगरमाथा
उच्च शिखर
नेपालीको गौरव गाथा ! - शोभा आचार्य गौतम
काठमाडौँ
[५२]
सगरमाथा
नेपालीको गर्व
नेपाललाई चिनाउने चुचुरो ! - सुस्मिता अधिकारी, काठमाडौँ
[५३]
टाकुरो
सगरमाथा हिमाल
विश्वकाे अग्लो चुचुरो ! - राज कुमार राजभण्डारी खाेटाङे
ऐसेलुखर्क-३, खाेटाङ, हाल- भक्तपुर
[५४]
सगरमाथा
हाम्रो गौरव
विश्व चिनाउने हिमाल ! - दुर्गा भट्टराई, मोरङ
[५५]
हिमाल
गौरव नेपालीको
हाम्रो देशको पहिचान ! - दुर्गा आचार्य, मोरङ
[५६]
सगरमाथा
संसारकै शिर
बलियो नेपाली तक्दिर ! - केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
[५७]
सगरमाथा
इज्जत नपाएर
संसार हेर्दैछ चियाएर ! - देवी पन्थी
[५८]
अनुपम
देशको सान
सगरमाथा नेपालीको पहिचान ! - अनिता भण्डारी, ताप्लेजुङ
[५९]
सगरमाथा
नेपालीको शान
विश्वमा राखेर नाम ! - समुन्द्रा शर्मा, सुनसरी
[६०]
मेरो
प्यारो सगरमाथा
कहिल्यै झुक्ने छैन ! - लक्ष्मी रिजाल
रुपनगर, सप्तरी
[६१]
हिमाल
हिउँकाे खानी
तातेर पग्लदै जानी ! - भवानी घिमिरे, सर्लाही
[६२]
सगरमाथा
सबै लक्ष्य
निरन्तर सङ्घर्ष बाटो ! - कविता आचार्य, कैलाली