
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १८६ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५२ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १८६ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-
[१]
पन्छी
सुन्दर जोडी
सारा मर्यादा तोडी !
- वसन्त अनुभव
[२]
पन्छी
एक उड्ने
हेर आफ्नै संसारमा ! - दीप गोले तामाङ, रौतहट
[३]
पन्छी
मिलनकाे सार
आफैंलाई खुसीकाे आभार ! - केसर बाेहरा ‘सङ्घर्ष’
अछाम, हाल- भारत
[४]
पन्छी
मिलन जोडी
मर्यादामा माया प्रेम ! - बेदु न्यौपाने
[५]
साैन्दर्य
सुन्दर प्रकृति
जाेडी पन्छीकाे आकृति ! - ताराप्रसाद चापागाईँ
[६]
पन्छी
स्वतन्त्रता चाहन्छ
मान्छेले परिबन्धमा पार्छ ! - रमा पन्त
पाल्पा, हाल- न्युजिलैन्ड
[७]
पन्छी
सुन्दर जोडी
बसेका घुम ओढी ! - सरिता सेढाई, धादिङ
[८]
चखेवा
रमाएको जोडी
सन्देश समाज समुन्नतिमा ! - चेतराज जैसी, हाल- UAE
[९]
जोडी
एकअर्कालाई छोडी
जाँदैन दिल तोडी ! - अच्युत घिमिरे, सर्पाङ, भुटान
[१०]
पक्षी
गज्जब आयो
प्रकृतिले गुन लगायो ! - सुरेशकुकमार पाण्डे
दाङ, घोराही-१८
[११]
पन्छी
गर्दै गौरव
देखाउँदै आफ्नो पौरख ! - अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन न.पा.-६, संखुवासभा
[१२]
चरी
अनौठो नमान्नु
देखिन्छन् विश्वमा धेरैथरी ! - चूडामणि देवकोटा
पुरानोनैकाप, काठमाण्डौ
[१३]
सुन्दरता
प्राकृतिक उपहार
जोडी पन्छीकै सिउर ! - भुपेन्द्र राना मगर, धादिङ
[१४]
चरा
युगल जोडी
आफैमा सुन्दर धरा ! - आर्त अकुलीन
[१५]
माया
घुम्टो ओडी
पन्छीकाे सुन्दर जाेडी ! - राज कुमार राजभण्डारी खाेटाङे
ऐसेलुखर्क-३, खाेटाङ
[१६]
नृत्य
फकाउन जोडी
मर्यादा आफ्नै तोडी ! - नागेन्द्रप्रसाद यादव
[१७]
प्रेम
सुमधुर सम्बन्ध
सुन्दर चखेवाको जोडी ! - हिमाल अम्मै, घोडाघोडी, कैलाली
[१८]
प्रकृति
सुन्दर जोडी
चरीमा पवित्रता हेरी ! - सविता के.सी.
[१९]
आहा!
सुन्दर जोडी
यस्तो भेटिन्छ कहाँ ! - सरस्वती वली
[२०]
पक्षी
प्रकृतिका उपहार
भेटिन्छन् जङ्गलमा सदावहार ! - पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’
पनौती न.पा.-३,काभ्रे
[२१]
चरा
स्वतन्त्र प्राणी
देखिन्छ सुन्दर रानी ! - धनमाया चौधरी, कैलाली
[२२]
मन
सोचे जस्तो
हुँदैन हाम्रो जीवन ! - बाबुराम पाण्डे
[२३]
चरी
चिरिबिरी नाच्दै
डालीमा पिरती गाँस्दै ! - चक्र शाही, लम्की, कैलाली
[२४]
चरी
देख्छु वरिपरि
बसेका मिलेर सधैँभरि ! - केन्द्रप्रकाश बराल, इलाम
[२५]
चरी
खेल्दै वरिपरि
हुन्छन् सधैँ जङ्गलभरि ! - अनिता भण्डारी, ताप्लेजुङ
[२६]
माया
सम्बन्ध गहिरो
कहिले नआओस् पहिरो ! - कला ढकाल, झापा
[२७]
चरा
सुन्दर जोडी
बस्छ्न् मर्यादा नछोडी ! - गोपेन्द्र रिजाल, पाँचथर
[२८]
उदक
उभयचर
शिरमा छत्र
घाम पानीबाट सुरक्षित ! - कण्ठ राज गिरी, टीकापुर
[२९]
पन्छी
प्रेममा परेछन्
सुन्दरताको प्रदर्शनी गरेछन् ! - विवश पारदर्शी, झापा
[३०]
जोडी
कलात्मक शरीर
ममता उस्तै अपार ! - प्रेम थापा ‘मन’, बागलुङ
[३१]
चरा
हुर्काउँछन् बचेरा
उन्मुक्त उड्छन् बरा ! - कमला देवकोटा, पाल्पा
[३३]
पक्षी
अद्भुत श्रृङ्गार
प्रभुकाे अनुपम उपहार ! - नवराज भट्ट, कञ्चनपुर
[३४]
चरा
उड्दै वरिपरि
रमायो खुसीले मनभरि ! - अनमोल मुस्कान
तकदाह, छाउनी, दार्जिलिङ
[३४]
प्रकृति
अनुपम रचना
चराको सुन्दर जोडी ! - समुन्द्रा शर्मा, सुनसरी
[३५]
जोडी
प्रेमिल उपहार
लाग्छ सुन्दर संसार ! - संगीता खरेल, काठमाडौँ
[३७]
सृष्टि
प्रेममा दृष्टि
सिर्जनामा हुन्छ अतिवृष्टि ! - पशपती राई, खोटाङ
[३८]
पन्छी
सुन्दर जाेडी
विश्व रेकर्ड ताेडी ! - रवि पाैडेल
दक्षिण भारत, पाण्डेचरी
[३९]
चरा
सुन्दर जोडी
रमाइरहेका प्रकृतिमै हेरी ! - सरिता काफ्ले
कोहलपुर-८, पिपिरी, बाँके
[४०]
जोडी
सुन्दर जोडी
पंख फिजाई उडी ! - अम्बिका अधिकारी
झापा, बिर्तामोड
[४१]
अनमोल
ममताको हिसाब
जिन्दगीको एउटा किताब ! - घनश्याम पन्त, हरिवन, सर्लाही
[४२]
चरी
बसेका डालीमा
मस्तले आफ्नै छहारीमा ! - प्रद्युम्न चालिसे
भक्तपुर, कटुञ्जे
[४३]
चरी
बस्न मन
आफूलाई पनि यसरी ! - दीपा समभाव
दुबेकोल, खोटाङ्ग
[४४]
जाेडी
प्रकृतिको रचना
पिरती गास्ने डालीमा ! - दुर्गा भट्टराई, माेरङ
[४५]
चरा
प्रकृतिको उपहार
सुन्दर बनाउने संसार ! - रुना कर्माचार्य दाहाल
चितवन
[४६]
डाली
पछीका जोडी
जाँदैनन् दुबैलेे छोडी ! - सरस्वती श्रेष्ठ
रुपन्देही, बुटवल
[४७]
चरा
म सुन्दर
भन्दैनन् ती बिचरा ! - होमप्रसाद नेउपाने
धरान, सुनसरी
[४८]
पक्षी
सुन्दर सार
लक्ष्यमा खुसीको आभार ! - श्रीकृष्ण धामी, बझाङ
[४९]
चरी
देखिन्छ परी
धारण गरेका अनेकथरी ! - रामप्रसाद पुरी, बादेल, खाेटाङ
[५०]
जल
थल नभमा
राज खगकाे पङ्खमा ! - टीकाराम जाेशी, टीकापुर
[५१]
पक्षी
सुन्दर जोडी
नजाउन रूख छोडी ! - सुस्मिता अधिकारी, काठमाण्डौँ
[५२]
चरी
डालीमा बसी
आखिरी जोवन उघारी ! - कविता आचार्य, कैलाली