साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १८५ सम्पन्न

  • २७ पुष २०८१, शनिबार २१:२४ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १८५ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ४१ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
    साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १८५ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-

    [१]
    नेता
    साह्रै टेढा
    छन् जनता भेडा !

    • वसन्त अनुभव
      [२]
      देश
      सोझा जनता
      विश्वास गर्छन् बेइमानको !
    • रमा पन्त
      पाल्पा, हाल- नियुजिलैन्ड
      [३]
      भेडा
      ल्यापटप चलाउँछ
      नेता मुख बजाउँछ !
    • दीपा समभाव
      दुबेकोल, खोटाङ्ग
      [४]
      नेता
      धेरै गफाडी
      कार्यकर्ता गर्दछन चाकडी !
    • रवि पाैडेल, दक्षिण भारत, पाण्डेचरी
      [५]
      नेता
      बिना काम
      यस्तैको पछि लाम !
    • भोज विवश मगर
      गैंडाकोट-३, नवलपरासी पूर्व
      [६]
      नेता
      साेझा जनताहरूलाई
      दिँदैछ लाेभकाे आश्वासन !
    • केसर बाेहरा ‘सङ्घर्ष’
      अछाम, हाल: भारतबाट
      [७]
      नेता
      साह्रै गनाए
      जनतालाई भेडा बनाए !
    • ताराप्रसाद चापागाईँ, धुनिबेसी
      [८]
      नेता
      दोस देखाए
      इतिहासमा नाम लेखाए !
    • कला ढकाल, झापा
      [९]
      राजनीति
      चतुर नेता
      भेडा साधारण जनता !
    • राजाराम रत्गैंया, अमौरा, कैलाली
      [१०]
      स्याल
      मिठो भाषणमा
      भेडा बसेका आसनमा !
    • आर्त अकुलीन
      [११]
      भेडा
      आखिर जनता
      नेता चुनावपछि बेपत्ता !
    • चूडामणि देवकोटा, पुरानो नैकाप, काठमाडौँ
      [१२]
      जनता
      सोझा सिधा
      नेताको बोली बेपत्ता !
    • केन्द्रप्रकाश बराल, इलाम
      [१३]
      उच्च
      आसन धु्र्तको
      अनभिज्ञता बथान भेडाको !
    • कमला देवकोटा, पाल्पा
      [१४]
      नेता
      जाली झेली
      जनता अनौठो भेडा !
    • राज कुमार राजभण्डारी खाेटाङे
      मध्यपुर ठिमी-५, राधे राधे, भक्तपुर
      [१५]
      राजनीति
      गन्दा खेल
      भ्रष्टसँग मिल्दैन मेल !
    • अम्बिका अधिकारी
      झापा, बिर्तामोड
      [१६]
      नेता
      भ्रष्टाचारको भाँडो
      देश जनतालाई घाँडो !
    • रुना कर्माचार्य दाहाल, चितवन
      [१७]
      नेता
      भाषण चट्ट
      जनता सधैँ मख्ख !
    • अनिता भण्डारी, ताप्लेजुङ
      [१८]
      हामी
      भेडा जनता
      छट्टु हाम्रा नेता !
    • ज्ञानबहादुर क्षत्री
      सन्धिखर्क-२, अर्घाखाँची
      [१९]
      अचेत
      हामी नेपाली
      कहिले हुने सचेत !
    • दुर्गा अधिकारी भमरकोटे
      हाल- कपन
      [२०]
      समाएँ
      पाखुरा जोडले
      अङ्गालोमा बाँधे रमाएर !
    • घनश्याम पन्त, हरिवन, सर्लाही
      [२१]
      लोकतन्त्र
      समयको सत्यानास
      स्यालले खायो घाँस !
    • पशपती राई, खोटाङ
      [२२]
      मञ्चमा
      नेताको भाषण
      भेडामाथि गर्दै शासन !
    • सरिता काफ्ले
      कोहलपुर-८, पिपिरी, बाँके
      [२३]
      बोलेर
      पुर्याउँछन् रीत
      भाषणमा मात्र सिमित !
    • सरिता सेढाई, धादिङ
      [२४]
      नेता
      पदका गोठाला
      जनता भेडाका बथान !
    • सुस्मिता अधिकारी, काठमाण्डौंँ
      [२५]
      नेता
      जनता अल्मल्याउने
      मुलुकपाराको किर्ते राज !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      [२६]
      भेडा
      मौन दर्शक
      स्यालको दमन नीति !
    • समुन्द्रा शर्मा, सुनसरी
      [२७]
      धुर्त
      स्यालको नीति
      केवल दमनको शासन !
    • कविता आचार्य, कैलाली
      [२८]
      राजनीति
      जाल झेल
      बुझ्न नसकिने खेल !
    • नारायण कोइराला
      तानसेन, पाल्पा, हाल- कुवेत
      [२९]
      जहाँ
      जनता भेडासरि
      त्यहाँ नेता स्यालसरि !
    • टीकाराम जाेशी, टीकापुर
      [३०]
      नेता
      गर्छन् भाषण
      सुन्छन् भेडिया दसान !
    • सरस्वती श्रेष्ठ, इटहरी
      [३१]
      जनता
      सबै भेडा
      त्यसैको लिँदै फाइदा !
    • सुरेश न्यौपाने
      [३३]
      भेडा
      कुकुरको भाषण
      विवेकहिन खोज्छन् आशन !
    • सरस्वती वली
      [३४]
      नेता
      धूर्तका खम्बा
      कुशासनको खेल अध्येता !
    • प्रेम थापा ‘मन’, बागलुङ
      [३४]
      नेता
      नीतिको बर्खिलाप
      हुँदैन कहिले मिलाप !
    • सोमनाथ लुइटेल ‘रवि पाल्पाली’, पाल्पा
      [३५]
      भेडा
      जनता हामी
      भोट दिने जानिजानी !
    • चक्र शाही, लम्की, कैलाली
      [३७]
      स्यालले
      जनशून्य चेतनाले
      डुबानमा हामी ख्यालले !
    • रामप्रसादपुरी, बादेल, खाेटाङ
      [३८]
      विवेकहिन
      भेडाकाे बथान
      छट्टु स्यालकाे बखान !
    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे
      [३९]
      नेता
      गर्छन् भाषण
      लागाउँछन् निरङ्कुश शासन !
    • डम्बर थामी ‘अनुपम’
      कालिन्चोक गा.पा.-६, दोलखा
      [४०]
      स्याल
      धुर्त नेता
      भेडा निस्किए जनता !
    • सविता के.सी.
      [४१]
      नेता
      भोटका भिखारी
      जाली फटाहा अत्याचारी !
    • विवश पारदर्शी, झापा