साउदी अरबको दमाममा ल्होसार पर्व मनाइँदै।

  • १८ माघ २०८१, शुक्रबार ११:२० मा प्रकाशित
  • नेपाल तामाङ घेदुङ पूर्वी क्षेत्रीय समन्वय समिति दमाम साउदी अरबको आयोजनामा साउदी अरबको पूर्वी शहर दमामको सिहातमा आज एउटा कार्यक्रम गरी मनाइने भएको छ।
    उक्त कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुने समितिले जनाएको छ।

    ल्होसार’ शब्द ‘ल्हो’ अर्थात् वर्ष वा साल र ‘छार’ वा ‘सार’ अर्थात नयाँ भन्ने दुई शब्द मिलेर बनेको छ ।

    यस दिन तामाङ समुदायले विशेष परम्परागत अनि सांस्कृतिक महत्त्वका साथ ल्होसार मनाउँदछन् । यसरी नेपालको उच्च पहाडी भेग र पहाडी भेगमा बसोबास गर्ने तथा देशविदेशमा छरिएर रहेका तामाङ समुदाय लगायत सम्पूर्ण बौद्धमार्गीहरुको घनत्व रहेको क्षेत्रमा पनि आजको दिनलाई हर्ष बढाई गर्दै नयाँ वर्ष मनाउने गरिन्छ ।