
नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा विहीबार आधा दर्जन बढी पुस्तकहरू विमोचन भएका छन् । टुक्का साहित्य समाजको आयोजनामा आयोजित उक्त कार्यक्रममा दुई दर्जन बढी व्यक्ति तथा संस्थाहरू विभिन्न सम्मानले सम्मानित पनि भएका छन् ।
विमोचित पुस्तकहरूमा ‘छन्दाहार’ संयुक्त टुक्का कवितासङ्ग्रह, ताराप्रसाद चापागाईंको ‘आवाजका रेखाहरू’ टुक्का कवितासङ्ग्रह, बाबुराम पाण्डेको ‘पत्थर’ टुक्का कवितासङ्ग्रह, दीपा गुरुङ समभावको ‘कल्पनाका छालहरू’ टुक्का कवितासङ्ग्रह, बेदु न्यौपानेको ‘मौन तरङ्गहरू’ टुक्का कवितासङ्ग्रह, पुष्पा राईको ‘बह’ टुक्का कवितासङ्ग्रह र चूडा निर्भीकको ‘छन्द व्यञ्जना’ टुक्का कवितासङ्ग्रह रहेका छन् ।
कार्यक्रममा प्रदान गरिएका विभिन्न सम्मानहरू मध्ये ‘वर्ष उत्कृष्ट टुक्काकार सम्मान-२०८१” पुरुष तर्फ दाङका सुरेशकुमार पाण्डे र महिला तर्फ बाँकेकी पुष्पा सुवेदी आचार्यलाई प्रदान गरिएको छ ।
त्यस्तै ऎतिहासिक रेकर्ड राख्ने ३ जना साहित्यकारलाई ऐतिहासिक प्रबल टुक्का साहित्य सम्मान २०८१ बाट सम्मान गरिएको थियो। सम्मान पाउनेमा पुष्पा राई (खाेटाङ), इन्दु श्रेष्ठ (चितवन) र चूडा निर्भीक (गाेरखा) हुनुहुन्छ ।
साथै टुक्का साहित्य समृद्धि सम्मान २०८१ बाट ५ जना स्रष्टाहरूलाई सम्मान गरिएको थियो । सम्मान पाउनेमा रामशरण न्याैपाने (भक्तपुर), ज्ञान बहादुर छेत्री (अर्घाखाँची), बाबुराम पाण्डे (अर्घाखाँची) दीपा गुरुङ समभाव (खाेटाङ) र वेदु न्याैपाने (काठमाडाैँ) हुनुहुन्छ ।
त्यस्तै टुक्का साहित्य प्रवर्धन सम्मान २०८१ बाट ३ जना साहित्यकारलाई सम्मान गरिएको थियो । जसमा हन्नाह छेत्री (दार्जिलिङ), प्रेम थापा “मन” (बागलुङ) र अच्युत घिमिरे (भुटान) हुनुहुन्छ ।
साथै टुक्का साहित्य प्रवर्धन सम्मान २०८१ (संस्थागत) २ वटा सञ्चार गृहलाई प्रदान गरिने भने तापनि काेटगढी साप्ताहिकलाई मात्र प्रदान गरिएको थियो ।
त्यस्तै टुक्काश्री साहित्य सम्मान २०८१ बाट छन्दाहार संयुक्त टुक्का कवितासङ्ग्रहमा समावेश हुनुभएका सम्पूर्ण टुक्काकारहरूलाई ( नदोहरिने गरी ) प्रदान गरिएको थियोे । सम्मान पाउनेहरूमा ललिता “दाेषी”, सुस्मिता अधिकारी, तारा घिमिरे स्वेच्छा, पद्मा काश्यप पाण्डे, विवश पारदर्शी, नेत्रबहादुर श्रेष्ठ, प्रमोद नेपाल, अमृता रामदाम, वासुदेव ठकुरी, कृष्ण बजगाई, नवराज भट्ट, नवराज न्याैपाने ‘माैन’,वविकास छेत्री अञ्जान, शान्ति भुजेल र शालिक राम दाहाल हुनुहुन्छ ।
शुभकामना मन्तव्य दिनुहुँदै प्रमुख अतिथि एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले साहित्य जनतासँग जोडिएपछि उसको अतिरिक्त मोहतिर ध्यान जान नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अक्षरको खेती गर्नेहरूले अतिरिक्त मोहमा ध्यान दिँदैन । साहित्य लेख्ने मान्छेले गलत काम गर्दैन र गलत काम गर्ने मान्छेले साहित्यकार नै हुँदैन ।”
“टुक्का साहित्य अभियानले दुईटा काम गरेको छ, पहिलो यसले कवितालाई जनतासँग जोड्ने काम गरेको छ । अर्को यसले अतिरिक्त लोभ/मोहबाट जोगाउने काम गरेको छ ।”
कार्यक्रमका विशिष्ट अतिथि एवम् चारु साहित्य प्रतिष्ठानका अध्यक्ष डा. देवी पन्थीले शुभकामना मन्तव्य दिनुहुँदै “पछिल्लो समय नेपालमा नै प्रार्दुभाव भएका टुक्का, झिल्का, उदक, चारु लगायत थुप्रै काव्य विधाहरू रहेका छन् । ती मध्ये टुक्काले अग्रणी स्थान हासिल गरेको छ ।” भन्नुभयो । साथै उहाँले कविता लेख्दा अत्यन्त सजग भएर लेख्नुपर्ने बताउनुभयो । साथै कवितामा व्याकरणीय अशुद्धी, वचन, काल दोष नहोस् भन्ने तर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा संस्थापक सल्लाहकार अरुण नदी खत्री, सल्लाहकार/सम्पादक रामशरण न्यौपाने, ज्ञान बहादुर क्षत्री लगायतले आफ्नो शुभकामना मन्तव्य दिनुभएको थियोे ।
टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईं विदेशी भूमि रहनुभएका कारण आउन नसक्दा उहाँले पठाउनुभएको शुभकामना मन्तव्य चापागाईंका सुपुत्र रिजन चापागाईंले वाचन गरेर सुनाउनु भएको थियो । त्यस्तै दार्जिलिङ टुक्का साहित्यिक संस्थाकी संयोजक हन्नाह छेत्रीले पठाउनुभएको शुभकामना सन्देश कार्यक्रमका उद्घोषक एवम् टुसासका महासचिव चूडा निर्भीकले पढेर सुनाउनुभएको थियोे ।
कार्यक्रममा ललिता दोषी, डा.देवी पन्थी, पुष्पा राई, चूडा निर्भीक, बाबुराम पाण्डे, अरुण नदी खत्री, रश्मी रिमाल, कमला देवकोटा, रमादेवी बानियाँ, दीपा गुरुङ, शोभा आचार्य लगायतले टुक्का कविता वाचन गर्नुभएको थियोे ।
कार्यक्रममा टुक्का साहित्य समाजकी सचिव जमुना आचार्य कोइरालाले आफ्नो मन्तव्य द्वारा स्वागत गर्नुभएको थियोे ।
कार्यक्रममा राष्ट्रिय गानको समाप्तिसँगै दिवङ्गत टुक्काकार अम्बिका अधिकारीको स्मृतिमा १ मिनेट मौनधारण गरिएको थियोे ।
कार्यक्रममा विभिन्न विधाका प्रवर्तक/अध्यक्ष, संस्थापक सल्लाहकार, वर्तमान सल्लाहकार, संस्थापक पदाधिकारी, पत्रकार, टुक्काकार, टुक्का अभियन्ता, पाठक लगायत सयौँ शुभ चिन्तकहरूको सहभागीता रहेकोे थियोे ।
टुक्का साहित्य समाजका का.वा.अध्यक्ष वसन्त अनुभवको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने महासचिव चूडा निर्भीकले गर्नुभएको थियोे ।