अमेरिका–मेक्सिको सीमामा राष्ट्रिय आपतकाल

  • ८ माघ २०८१, मंगलवार १०:१९ मा प्रकाशित
  • अमेरिकाको ४७ औं राष्ट्रपतिको शपथ खाएलगत्तै डोनाल्ड ट्रम्पले अमेरिका–मेक्सिको सीमामा राष्ट्रिय संकटकाल घोषणा गर्ने बताएका छन् । यस सम्बन्धमा कार्यकारी आदेशमा हस्ताक्षर हुने उनले जानकारी दिए ।

    ट्रम्पले अवैध प्रवेश तुरुन्तै रोकिने र सरकारले लाखौं ‘अवैध’ आप्रवासीलाई उनीहरूको देशमा निर्वासन गर्ने प्रक्रिया सुरु गर्ने बताए ।

    विशेषगरी ‘मेक्सिकोमा रहनुहोस्’ नीतिलाई पुनः लागू गर्ने र सीमामा थप सेना र स्रोतहरू तैनाथ गर्ने योजना पनि उल्लेख गरिएको छ ।

    यसका साथै उनले छिट्टै ‘मेक्सिको खाडी’को नाम फेरेर‘अमेरिका खाडी’ राखिने बताए ।