“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयआठऔमा हामी पुगेका छौं।
लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
मिति:- २०८१/०८/२७गते
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १०८[एकसयआठऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
सोमनाथ लुइटेल “रवि पाल्पाली
गुणनिधि घिमिरे
सुशीला पाैडेल
चित्र संकलन

सुशीला पाैडेल
संकलन
सुशीला पौडेल
दुर्गा रिजाल आचार्य
शुद्धीकरण
भवानी घिमिरे
जमुना आचार्य
पशपती राई
पुष्पा नेपाल (सुवेदी )
संरचना
अनुप्रास :- आफू खुसी
स्थायी :- आफू खुसी
अक्षर :- बराबरी
समायोजक
सोमनाथ लुइटेल “रवि पाल्पाली”
तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]~~~~~
पञ्चाङ्ग:०१
आँखाबाट आँसु झरेको छ।
भाग्यले अन्याय गरेको छ।
जिन्दगी कसरी बिताउने,
हृदयमा चोट परेको छ।
बसाई अन्यत्र सरेको छ।
सुशीला पौडेल
पञ्चाङ्ग:०२
यो जिन्दगीले सबैलाई हँसाएर छोड्यो
कसैले त आँखाको आँसु खसाएर छोड्यो
माल पाई चाल नपाउनेलाई के थाहा ?
आँखाबाट झरी गालामा घसाएर छोड्यो
मर्म नबुझी नयाँ घर बसाएर छोड्यो ।
-धनमाया चौधरी कैलाली
पञ्चाङ्ग:०३
मुस्कान छ ओठमा परेलीमा आँसु
तिर्खाएको मन छ बरेलीमा आँसु
हाँसो छ आधा,आधा बोल्दछ रोदन
बसेकी छिन् प्यासले तरेलीमा आँसु
नदि वेग झरेका करेलीमा आँसु।
होमप्रसाद नेउपाने
धरान,सुनसरी ।
पञ्चाङ्ग:०४
आँखाबाट आँसु झरिरहेछ किन
यो मनमा पिर परिरहेछ किन
जति मन बुझाउँदा पनि नबुझ्ने
धैर्यता र शान्ति हरिरहेछ किन
अशान्तिले डेरा गरिरहेछ किन।
शोभा आचार्य गौतम
काठमाडौँ
पञ्चाङ्ग:०५
जिन्दगी कहिले नुहेर बित्ने रहेछ,
आँसुले परेली चुहेर बित्ने रहेछ।
मनमा आदि हाँसो छ आदि रोदन छ,
किन सबै सामु तुहेर बित्ने रहेछ ?
अन्ध विश्वासले कुहेर बित्ने रहेछ।
दुर्गा आचार्य
मोरङ
पञ्चाङ्ग :०६
आँखाबाट बलिन्द्र आँसु झरेकाे पत्तो भएन
भाग्यले जीवनमा दुःख छरेकाे पत्ताे भएन
जिन्दगीमा जिउँन सजिलो कहाँ छ र त्यत्तिकै
हृदयकाे भित्रमा चाेट परेकाे पत्तो भएन
उकाली र ओरालीहरू गरेको पत्तो भएन
नाम केसर बाेहरा ( सङ्घर्ष )
सुदूरपश्चिम अछाम ।
हाल भारतबाट ।
ॐ
पञ्चाङ्ग:०७
जीवन आँसु र हाँसाेकाे पाेका रहेछ प्रिया
याैवन आखिर प्रेमकाे ढाेका रहेछ प्रिया
सुख र दु:ख जीवनकाे एउटा चक्र रैछ
अल्लारेपन जीवनकाे धाेका रहेछ प्रिया
जिन्दगी अनन्त मान्छेकाे खाेका रहेछ प्रिया ।
प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे ।
,पञ्चाङ्ग:०८
आँसु खसालि समाधान गर्ने आश्वासन
एकोहोरो मायाले मुटु भर्ने आश्वासन
त्यो भावनासरि आँसुको मूल्य नबुझ्दा
पीडित भइ बाँच्ने आशा मर्ने आश्वासन
कति टिक्ला र पर-पर सर्ने आश्वासन ।
✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
पञ्चाङ्ग-०९
तिम्रो आँखाको नानीमै म त बसेको थिएँ
बेला मौका हेरि मनभित्रै पसेको थिएँ
भागी नजाउ है भन्दाभन्दै पनि तिमीले
तिम्रो त्यो आँसुको थोपासँगै खसेको थिएँ
तिम्रो मायालाई त मुटुमै कसेको थिएँ।
-पशपती राई खोटाङ
पञ्चाङ्ग:१०
खै कहाँ के छाेयौ थाहा छैन मलाई ।
किन तिमी राेयौ थाहा छैन मलाई ।
बर्षाकाे मेघ झैँ आँखामा देख्छु आँसु ,
कुन पाप धाेयौ थाहा छैन मलाई ।
कस्तो पिडा फाेयौ थाहा छैन मलाई ।
भवानी घिमिरे
सर्लाही ।